श्रमिकको बीमा अनिवार्य गरिने

काठमाडाैं । सरकारले श्रमिकको बीमालाई अनिवार्य गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत श्रमिकको कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दाबी प्रणाली थप प्रभावकारी बनाइने भएको हाे ।   

लगानी एक्सप्रेस अवधारणा तीन महिनाभित्र कार्यान्वयन गर्ने घोषणा

काठमाडौं । सरकारले लगानी प्रक्रिया छिटो, पारदर्शी र झन्झटमुक्त बनाउन लगानी एक्सप्रेस अवधारणा कार्यान्वयन गर्ने घोषणा गरेको छ । शुक्रवार संघीय ससंदको दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को लागी बजेट पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लले उक्त घोषणा गरेका हुन् । आगामी तीन महिनाभित्र स्वचालित रुट प्रणाली लागू गर्दै कम्पनी तथा उद्योग दर्तादेखि कर प्रणाली, वित्तीय सेवा र भिसा आवेदनसम्मका सेवा एउटै डिजिटल संयन्त्रमा आवद्ध गरिने उनले बताए ।  लगानीकर्ताले सूचना प्राप्ति, अनुपालना प्रतिवेदन तथा जोखिममा आधारित निरीक्षण सेवा एउटै प्रणालीमार्फत पाउने व्यवस्या गरिने उनले जानकारी दिए ।  सरकारले लगानी बोर्डबाट स्वीकृत भएका परियोजनाले पुनः अन्य सरकारी निकायबाट छुट्टै स्वीकृति लिन नपर्ने कानुनी व्यवस्था गर्ने पनि घोषणा गरेको छ ।  त्यस्तै, स्वीकृत परियोजनासँग सम्बन्धित अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउने उनले बताए । सेयर हस्तान्तरण, कर चुक्ता, सम्पत्ति मूल्याङ्कन, ऋण भुक्तानी, लाभांश वितरण तथा लिक्विडेशन प्रक्रियालाई समेत सरल बनाइने सरकारको योजना छ ।  सरकारले यी सुधारमार्फत विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्दै लगानी र मुनाफा फिर्ता प्रक्रियालाई सहज बनाउने लक्ष्य लिएको छ ।

प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि ७० अर्ब विनियोजन

काठमाडौं । सरकारले निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन निर्माण कार्य सम्पन्न गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऊर्जा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए । उनका अनुसार विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउँदै उत्पादन भएको बिजुली प्रभावकारी रूपमा देशभित्रै खपत गर्न र निर्यात क्षमता विस्तार गर्न आवश्यक पूर्वाधार निर्माणमा बजेट केन्द्रित गरिनेछ ।