काठमाडौं । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक आँकलनअनुसार बाढीका कारण १ हजार ८०६ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
क्षतिग्रस्त जमिनमध्ये १ हजार ६६९ हेक्टर धानखेत र १३७ हेक्टर तरकारी खेती रहेको छ । बाढीका कारण कृषि उत्पादनमा मात्रै करिब ७ हजार ६८६ मेट्रिक टन क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
यस्तै, ४ हजार ७५० भन्दा बढी पशुचौपाया र ५४ हजार कुखुरा मरेका छन् भने करिब एक सय माछापोखरीमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।