वादविवाद होइन, समस्या समाधानमा जोड दिऔँ : कार्यकारी निर्देशक पौडेल

काठमाडाै । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अहिले वादविवाद भन्दा पनि समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले निरन्तर घटिरहेको ब्याजदरले निक्षेपकर्तालाई मार पर्छ कि भन्ने विषयमा  राष्ट्र बैंक सजग रहेको बताए । राष्ट्र बैंकले ब्याजदर करिडोर २.७५ प्रतिशतको सिमा राखेको कारण सो भन्दा तल ब्याजदर झर्न दिएको छैन, उनले भने, ‘यदि उक्त सिमा पनि नतोकेको थियो भने ब्याजदर १ प्रतिशतमा झथ्र्यो ।’ कार्यकारी निर्देशक पौडेलका अनुसार ब्याजदर करिडोर राखेको कारण ठूलो लागत रास्ट्र बैंकले बेहोरेको छ । तर रास्ट्र बैंकले निक्षेपकर्ताको रक्षात्मक गरेको रूपमा जोड दिनुपर्ने हुन्छ  । अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्था बलियो नहुदा निजि क्षेत्र अग्रसर हुन नसक्ने उनको भनाई छ ।  तर बैंक तथा वित्तीय संस्थाहरु प्रुडेण्ट हुन जरुरी रहेको उनले औंल्याए । रास्ट्र बैंकले निक्षेपकर्ताको रक्षाका लागि भूमिका निर्वाह गर्दै आएको बताए ।    

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

बागमती । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडकखण्ड) मा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ ।      मकवानपुरका प्रमुुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले आज जारी गरेको सूचनामा असार १६ र १७ गते बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडकखण्ड) हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउन आग्रह गरिएको छ ।      नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी गरिएको ‘आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध’ सम्बन्धी सूचनाअनुसार विसं २०८३ असार १६ र १७ गते देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा हुने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, सडक अवरोध, गेग्रान बहाव, बाढी तथा नदीमा जलसतह बढ्ने सम्भावना रहेको प्रशासनको सूचनामा भनिएको छ ।      ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा सञ्चालन गर्ने, नदी तर्ने लगायतका जोखिमयुक्त गतिविधि नगर्न तथा नगराउन आग्रह गर्दै प्रशासनले पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार तथा भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न तथा विशेष सतर्कता अपनाउन भनेको छ । मौसम तथा सडकको अवस्थासम्बन्धी आधिकारिक सूचना तथा सुरक्षा निकायबाट जारी हुने निर्देशनको पालना गर्न तथा सुरक्षित भएपछि मात्र यात्रा गर्न तथा कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रको निशुल्क फोन नं ११४९ मा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।      वर्षात्को समयमा जोखिमको परिस्थितिको मूल्याङ्कनको आधारमा जिल्लाभित्रका कुनै पनि सडकमा सुरक्षाकर्मीद्वारा निश्चित समयको लागि आवागमन रोक्न सक्ने भएकाले सो कार्यमा सबैबाट सहयोग, समन्वयका लागि प्रशासनले सबैमा आग्रह गरेको छ ।     

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्याङ्ककाे प्रारम्भिक मूल्याङ्कन अनुसार गत हप्ता भेनेजुएलामा आएका शक्तिशाली दुई वटा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरूलाई क्षतिग्रस्त भएको उल्लेख गरिएको छ ।  भेनेजुएलामा गत हप्ता ७.२ र ७.५ म्याग्निच्युडको भूकम्पमा परी एक हजार ७०० जनाको मृत्यु भएको पुष्टि हुनुका साथै हजारौं अझै बेपत्ता  भएको बताइएको छ ।  ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता कोरी शेर र जामोन भान डेन होकका अनुसार भूकम्पको भोलिपल्ट जुन –२५ मा सङ्कलन गरिएको उपग्रह राडार तथ्याङ्को आधारमा “प्रभावित क्षेत्रमा लगभग ५८ हजार ८७० वटा भवनहरू क्षतिग्रस्त भएको जनाइएको हो । युरोपेली अन्तरिक्ष एजेन्सीको “उच्च–रिजोल्युसन राडार इमेजरी उपग्रह सेन्टिनेल–१” बाट तथ्याङ्क उद्धृत गरिरहेको जनाइएको छ । यो प्रारम्भिक तथाङ्क द्रुत मूल्याङ्कनले क्षतिसँग मिल्दोजुल्दो अवस्थालाई प्रतिबिम्बित गर्ने अनुसन्धानकर्ताहरूले जनाइएका छन् उनीहरुका अनुसार  यो तथ्याङ्  प्रमाणित हुने प्रक्रिया अझै बाँकी नै छ ।   नासाले उपग्रहहरूले “जमिनमा रहेका उद्धार टोलीहरूलाई प्रभावहरूको मूल्याङ्कन गर्न र प्रतिक्रिया प्रयासहरूलाई मार्ग–दर्शन गर्न मद्दत गर्नको लागि महत्वपूर्ण तथ्याङ्क उपलब्ध गराएको जनाएको छ ।