हामीले गाउँपालिकामा बालमैत्री शासन लागू गरेका छौं- अध्यक्ष सिलवालसँगको कुराकानी

नेपालको बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाँउपालिका हो सिद्धलेक गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक किसिमको विशेषता बोक्न सफल पनि छ । ७ ओटा वडा रहेको यो गाउँपालिका १ सय ६ दशमलव ९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । गाउँपालिकाको पूर्वतर्फ निलकण्ठ नगरपालिका र गल्छी गाउँपालिका, पश्चिममा गोरखा जिल्ला, उत्तरमा ज्वालामुखी गाउँपालिका र निलकण्ठ नगरपालिका एवं दक्षिणमा गजुरी र बेनिघाट रोराङ गाउँपालिका रहेका छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ? गाउँपालिकाकै ठुलो योजनाका रूपमा खानेपानीको योजना रहेको छ । गाउँपालिकामा ८ ओटा डिप बोरीेङ पनि सञ्चालनमा आएका छन् । गैर सरकारी निकाय र गाउँपालिकाको साझेदारीमा खानेपानीको काम भएको छ । डिप बोरिङ खानेपानी योजनामा १४ करोड रुपैयाँ बराबरको बजेट खर्च भएको छ । गाउँपालिकाको सडकको स्तरोन्नती गरेर ७० किलोमिटर सडकलाई पिच गर्न सुरु पनि गरेका छौं । ३ ओटा साविकको गाविस मिलेर हाम्रो गाउँपालिका बनेको छ । ३ ओटा सडकको स्तरोन्नती गर्नको लागि १२ करोड रुपैयाँ खर्च भएको छ । गाउँपालिकाको वडामा मात्र नभएर टोल टोलमा पनि सडक पुगेको छ । गाउँपालिकाको थोरै घर वाहेक बिजुली पनि पुगि सकेको छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । कृषि प्याकेजका कार्यक्रमहरु पनि संघ र प्रदेशबाट परेको छ । कृषि गर्ने कृषकको लागि ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर पनि वितरण गर्दै आएका छौं । अहिलेसम्म हामीले करिब ३ सय ओटा हाते ट्«याक्टरहरु वितरण गरिसकेका छौं । किसानलाई मौरीका घार पनि वितरण गरेका छौं । भँैसी पालन गर्न कृषकको लागि नगद अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । कृषक महिला समुह पनि गाउँपालिकामा गठन भएको छ । समुहगत रूपमा ४० हजार बाख्रा महिला समूहले पालन गरेका छन् । महिलाहरुले दशैँमा मात्र ८ हजार खसी बिक्री गर्ने गरेका छन् । हाम्रो गाउँपालिकामा कृषि उपज सङ्कलन केन्द्र पनि स्थापना भएको छ । कुखुरापालन पनि गाउँपालिकामा उत्साहजनक छ । व्यवसायिक रूपमा गाउँपालिकामा कृषि खेतीको पनि सुरुवात भएको छ । गाउँपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क र धेरैजसो ५० प्रतिशत अनुदानको बिउ वितरण गर्दै आएका छौं । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं । आधुनिक कृषि प्रणालीलाई पनि हामीले विशेष जोड दिएका छौं । कृषकलाई कृषि सम्बन्धी तालिमको पनि व्यवस्था मिलाएका छौं । गाउँपालिकामा मकै ब्लक क्षेत्र पनि छुट्याएका छौं । वडा नं. ६ लाई बाख्रा ब्लक क्षेत्रको रूपमा छुट्याएका छौं । भँैसीपालन गर्नको लागि २५ लाख रुपैयाँ प्रदेश र संघबाट आएको बजेट वडा नं ३ र ४ लाई छुट्याएका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँको नागरिकहरु वैदेशिक रोजगारीको लागि पनि गएका छन् । प्रतिशतमै भन्नुपर्दा करिब ७५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । यो वर्षबाट कृषकलाई अनुदानको रूपमा नगद पुरस्कार दिने पनि भनेका छौं । साना किसान सहकारीलाई पनि गाउँपालिकाले प्रवद्र्धन गराउने र सहकारीले उत्पादनको आधारमा नगद दिने व्यवस्था मिलाएको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । वडा नं. २ मा सिद्धबाबाको मन्दिर रहेको छ । सिद्धबाबाको नाम बाट नै हाम्रो गाउँपालिकाको नाम सिद्धलेक राखिएको हो । यहाँ बेला बेलामा मेला पनि लाग्ने गरेको छ । शिवरात्रीको समयमा सिद्धबाबा भएको ठाउँमा हजारौं मानिसको उपस्थिती रहेको थियो । हाम्रो गाउँपालिका बुढिगण्डकी आयोजना सफल भएको खण्डमा पर्यटकीय क्षेत्रको लागि ठुलो महत्वपुर्ण पनि हुन सक्छ । गाउँपालिकाको वडा नं ५ मा होमस्टे पनि सञ्चालन भएको छ । पर्यटकका लागि गाउँपालिकामा खानेबस्ने सुविधासहितका होटलहरु पनि सञ्चालनमा छन् । गाउँपालिकामा कफि डाँडा पनि रहेको छ जहाँ अर्गानिक कफि खान पनि पाइन्छ । पर्यटन विकासका लागि पर्यटन सम्बन्धि योजनाहरु पनि तयार पारेका छौं । हामीले गाउँपालिकाको पर्यटन पूर्वाधारमा पनि विशेष जोड दिईरहेका छौं । नेचरक्याम पनि गाउँपालिकामा सञ्चालन भएको छ । स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? आधारभुत स्वास्थ्य चौकीहरु गाउँपालिकाको सबै वडामा छन् । गाउँपालिकामा ३ ओटा स्वास्थ्य चौकी, ४ ओटा आधारभूत स्वास्थ्य चौकी तथा ५ ओटा स्वास्थ्य विन्दुहरु रहेका छन् । कोभिडको प्रभाव फेरी प¥यो भने कोभिड नियन्त्रण गर्ने सामान्य व्यवस्था पनि मिलाएका छौं । गाउँपालिकामा आवश्यकता अनुसार स्वास्थ्य भवनहरु रहेका छन् । स्वास्थ्यसम्बन्धी जानकारी पनि स्वास्थ्यकर्मीहरुले दिइरहनुभएको छ । यसै वर्षबाट हामीले ६० वर्ष पुगेका बृद्ध बाआमालाई स्वास्थ्य स्याहारसुसार गर्नको लागि समिति पनि गठन गरेका छौं । गाउँपालिकाका स्वास्थ्यकर्मीहरू परिचालन गरी बृद्ध बाआमाको जानकारी लिने काम पनि भएको छ । बृद्ध बाआमाले बृद्ध भत्ता पनि पाइरहनुभएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलमा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँपालिकामा लागु भएको छ जस अन्तर्गत वडा नं २, ४ र १ मा १५ लाख रुपैयाँ बजेट छुट्याएका छौं । युवाहरुको व्यवसायलाई प्रवद्र्धन गर्नको लागि गाउँपालिकाले युवाले गर्न लागेको व्यवसायको पहिचान गरी युवाको आय दर्ता गरेको खण्डमा उनीहरुलाई सुलभ ऋण दिने व्यवस्था पनि मिलाएका छौं । कृषि व्यवसाय गर्न कृषकलाई धेरै ऋण दिनसक्ने अवस्था त छैन तर पनि गाउँपालिकाको सिफरिसमा कुमारी बैंकबाट युवाले ४ प्रतिशत व्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण पाउँछन् । युवाहरु मनोरञ्जन तिर बढि लागेको पाइन्छ । काम गर्ने तथा स्वारोजगार बन्ने युवाहरुको मानशिकता देखिँदैन । खेलकुद तर्फ पनि धेरै युवाहरु लागेका छन् । अहिलेको समयमा युवाहरु कुलतमा पनि फसेको पाइन्छ । बालमैत्री शासन पनि हामीले गाउँपालिकामा लागु गरेका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? हाम्रो गाउँपालिकामा १३ ओटा माध्यमिक विद्यालय र ३४ ओटा आधारभूत प्राथमिक विद्यालयहरू रहेका छन् । ५ कक्षासम्म मात्र भएका विद्यालयहरुमा एक दरबन्दी अनुदानको रूपमा थपेका छौं । ५ कक्षासम्मको विद्यार्थीहरुलाई हामीले ड्रेसको पनि व्यवस्था मिलाएका छौं । शिक्षकले लगाउने ड्रेस पनि नेपाल सरकारले तोकेकोभन्दा फरक र भिन्न बनाएका छौं । विद्यालयको भवनहरू निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । प्राविधिक शिक्षाको लागि पनि विशेष जोड दिएका छौं । जो–जो सरकारी कर्मचारी, जनप्रतिनिधि, शिक्षक हुनुहुन्छ ती सबैका बालबच्चा सामुदायिक विद्यालयमा पढाउनु पर्ने तथा निजी विद्यालयमा पढाउन नपाइने निर्णय पनि गरेका छौं । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताईदिनुस् न पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । पहिला कर्मचारीहरूले चलाइरहनुभएको थियो । हाल देखिने खालका कामहरू पनि धेरै भएका छन् । संरचना पनि बनेका छन् । अहिले गाउँपालिका भित्र सडकको विकास भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । जनताको आवश्यकता पुरा गर्नमा हामी खटिरहेका छौं । हाल गाउँपालिकाको कुनै पनि सेवा प्रवाहमा समस्या रहेको छैन । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रहरु रहेका छन् । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम अगाडि बढिरहेको छ । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि हामीले खेलकुद समितिको गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रम कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका हुन्छौं । गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । खेल मैदानको व्यवस्था पनि हामीले गरिरहेका छौं । यस अवधिमा बजेट के कति खर्च भयो ? खर्च अनुसार उपलब्धि प्राप्त भएको छ ? पहिलो वर्षमा गाउँपालिकामा ३२ करोड रुपैयाँ बजेट आएको थियो । विकास बजेट भनेर १७ करोड रुपैयाँ आउने गरेको छ । बाढी, पहिरो गएर गाउँपालिकामा सडक बाटो आदि तहसनसह भएका थिए । यसको स्तरोन्नती गर्नको लागि २ करोड ५० लाख रुपैयाँ लाग्यो । विकास गरे अनुसारको खर्च हुने गरेको छ । खर्च गरे अनुसार उपलब्धि पनि राम्रो नै भएको छ । खानेपानीको काम भइरहेको छ । कच्चि सडकहरु पिच हुन थालेका छन् । परिवर्तन भनेको जनताले महशुस गर्ने कुरा पनि हो । गाउँपालिकामा विकास निर्माणको कामहरूको अनुगमन पनि हामी गरिरहेका हुन्छौं । केन्द्र र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? समन्वय गरेरै काम गर्ने गरेका छौं । प्रदेश र केन्द्र सरकारले व्यवस्था गरेका प्रतिनिधिका कुराहरू अवलम्बन गर्नुपर्छ । विकास निर्माणको कुरामा पनि हाम्रो समन्वय भएको छ । ठुला–ठुला योजनाहरू हामीले प्रदेश र केन्द्र सरकारसँग माग गर्छौं र विकास निर्माणको काम अगाडि बढाउँछौं । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? हाम्रो गाउँपालिकामा ठुला उद्योगहरु त छैनन् नै । उद्योग सञ्चालन गर्नको लागि गाउँपालिको क्षमताले भ्याउँदैन । गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योग भने केही मात्रामा छन् । पालिकामा बरु कृषि उद्योग धेरै संख्यामा छन् । कृषकहरूले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायतका काम गर्दै आएका छन् । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ त ? हामीले सुरु गरेका योजनाहरू सम्पन्न गर्ने हो । बनिरहेका सडक तथा पुलका संरचनाहरू पूरा गर्ने पनि योजना रहेको छ । ४५ सय धरधुरीलाई ‘एक घर एक धारा’ पुगिसकेको छ । बाँकि ठाउँमा पनि पुर्याउने मेरो योजना छ । खानेपानीलाई दिगो बनाउनको लागि खानेपानी परियोजना सञ्चालन गरेर वैकल्पिक व्यवस्थापन गर्ने हो । शिक्षा तथा स्वास्थ्यलाई गुणस्तरीय बनाउने योजना बनाएको छु । कृषिमा कृषकहरुलाई आत्मनिर्भर बनाउने पनि योजना बनाएको छु ।

गाउँपालिकामा ७० प्रतिशत जति विकास निर्माणको काम पूरा भइसकेको छ – अध्यक्ष तामाङ

म्यागङ गाउँपालिका नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोट जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित छ । ९७ दशमलब ८३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यस गाउँपालिकामा २०६८ को जनगणना अनुसार १३ हजार ४ सय ७९ जनाको बसोबास रहेको छ । ६ ओटा वडा रहेको यस गाउँपालिकामा विभिन्न जातिहरू एकआपसमा मिलेर बसिरहेका छन् । विभिन्न प्रजातीका रुखहरु, चिलाउने, सल्ला, उत्तिस, वकाइनो साल आदि यहाँ पाइन्छन् । जडिबुटि उत्पादनको सम्भावना रहेको यस गाउँपालिका भित्र विभिन्न औषधीजन्य जडिबुटिका साथै टिम्मुर, चिराइतो, धुपि आदि पाइन्छन् । गरिवी निवारणका लागि साना घरेलु उद्योग, नगदे वालीतर्फ आकर्षण, तरकारी खेतीको व्यवसाय, होमस्टे, पर्यटकियस्थल पहिचान तथा व्यवस्थापन सहकारीको विकास, पशुपालन आदिबाट म्यागङ गाउँपालिकाको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष आशा तामाङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । सर्वप्रथम कृषिकै कुराबाट सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशील भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशानै अँगालेका छन् । निर्वाहमुखी कृषकलाई व्यावसायिक बनाउने काम हामिले गर्दै आएका छौं । हाम्रो गाउँपालिकामा मकै, कोदो, धान, गहँु आदि उत्पादन हुने गरेको छ । तरकारी बालीमा आलु उत्पादन हुन्छ भने नगदे वालीमा चिया, अलंैची, भुईंस्याउ, सुन्तला, तोरी, किवी आदि उत्पादन हुने गरेको छ । गाउँपालिकाको वडा नं २ र ४ लाई चिया पकेट क्षेत्रको रुपमा छुट्याएका छौं । तरकारी तथा फलफुका विउ ५० प्रतिशत अनुदानमा वितरण गर्दै आइरहेका छौं । कृषि औजारहरु पनि अनुदानको रूपमा वितरण गर्दै आएका छौं । काउली तथा गोलभेडा खेती गर्ने कृषकलाई गाउँपालिकाले प्लास्टिक टनेलहरू ५० प्रतिशत अनुदानमा दिने गरेको छ । पशुपालनका कार्यक्रमहरू पनि अघि सारेका छौं । आधुनिक कृषि प्रणालीलाई पनि विशेष जोड दिएका छौं । कृषि विकासको लागि ४० लाख रुपैयाँ बजेट छुट्याएका छौं । कृषकलाई कृषि सम्बन्धि तालिमको पनि व्यवस्था मिलाएका छौं । लघु उद्यम कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । गाउँपालिकाका कति नागरिकहरु कृषि पेशामा आवद्ध छन् होला ? यहाँका धेरैजसो नागरिकहरु कृषि पेशामा नै आवद्ध छन् । यहाँका नागरिकहरुको मुख्य पेशा कृषि नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ९५ प्रतिशत मानिसहरु कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ? ठुला योजनाको रूपमा गाउँपालिकामा सडक निर्माणको काम रहेको छ । ७० प्रतिशत जति विकास निर्माणको काम पनि गरिसकेका छौं । खानेपानीको योजना पनि गाउँपालिकामा रहेको छ । यहाँका सम्पूर्ण वडामा सडक पुगिसकेको छ भने सबै वडामा बिजुली बाल्न पनि सफल भएका छौं । वडा नं. १, ५, ६ र २ मा आउने आर्थिक वर्षमा वडा भवनको निर्माण गर्ने योजना बनाएका छौं । गाउँपालिकाको भवन निर्माण गर्नको लागि ६ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएका छौं । भवनको काम पनि डीपीआर प्रक्रिया बाट अगाडि बढिरहेको छ । स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकी रहेका छन् । पहिलो प्राथमिकताको रुपमा पनि स्वास्थ्य क्षेत्रलाई नै राखेका छौं । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएको छ । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । गाउँपालिकामा एम्बुलेन्स सेवा नभए पनि बिरामी परेका नागरिकलाई एम्बुलेन्सको व्यवस्था मिलाएका छौं । अहिले हामीले गाउँपालिकाका सबै वडामा अधारभुत स्वास्थ्य चौकीको स्थापना गरेका छौं । सबै रोगको उपचार गर्नसक्ने अवस्था त छैन तर पनि प्राथमिक स्वास्थ्य सेवासम्म गाउँपालिकाको सबै नागरिकहरूको पहुँच पुगेको छ । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताईदिनुस् न पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । देखिने खालका कामहरू पनि धेरै भएका छन् । संरचना पनि बनेका छन् । अहिले गाउँपालिका भित्र सडकको विकास भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । जनताको आवश्यकता पुरा गर्नमा हामी खटिरहेका छौं । पहिलाको तुलनामा हाल ८० प्रतिशत जनताको आवश्यकता पुरा गरेको जस्तो हामीलाई लाग्छ । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रहरु रहेको छ । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम अगाडि बढिरहेको छ । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? हाम्रो गाउँपालिकामा खासै ठुला उद्योग छैनन् । बरु कृषि क्षेत्रका साना उद्योगहरु गाउँपालिकामा केही संख्यामा रहेका छन् । यद्यपी हाम्रो गाउँपालिका उद्योगको बढी सम्भावना बोकेको ठाउँ चाहिँ हो । हाल गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरू छन् । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? खेलकुद विकास गर्नको लागि भनेर हामीले खेल मैदानको व्यवस्था गरेका छौं । स्वस्थ रहन पनि खेल खेल्नु पर्छ भन्ने मान्यता र गाउँपालिकाको नाम पनि खेल बाटै चिनाउनु पर्छ भनेर जोड दिएका छौं । गाउँपालिकामा युवा क्लबहरु पनि गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । अहिलेसम्मको आफ्नो काम गराईबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ? अहिलेसम्मको काम गराईबाट म सन्तुष्ट नै छु । नागरिकको सन्तुष्टी नै हाम्रो सन्तुष्टी हो । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिरहेकै छौं । गाउँपालिकामा पर्यटन पूर्वधारको पनि विकास गरेका छौं । पर्यटन सम्बन्धी व्यवसायमा पनि हामीले जोड दिएका छौं । पर्यटन स्थलको रूपमा मेघाङ डाँडा, नाउर, लाम्डापाङ, क्रईपङ्ग, फइसिंमने, पोखरीगङ्ग, कल्लेरीगङ्ग, पासम्चोक, उरग्यान्पो, ताक्पा गाङ, लिङगरचो, कतोल्हा टुँडी डाँडा, वेकरनेन डाँडा पनेरा भन्ज्याङ डाँडा, थाङमाचोत, ग्युरमाने, थलागाङ, च्यारगाङ डाँडा, उचेनडाँडा, गोम्वोगाङ आदि रहेका छन् । पर्यटन विकासको लागि हामीले केही बजेट पनि छुट्याएका छौं । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । गाउँपालिकामा धार्मिक स्थलहरू पनि रहेका छन् । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? हाम्रो गाउँपालिकामा २२ ओटा सामुदायिक विद्यालयहरू रहेका छन् । विद्यालय भवन निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । प्राविधिक शिक्षाको लागि पनि विशेष जोड दिएका छौं । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवा रोजगारीको लागि गाउँपालिकामा जिविकोपार्जन सम्बन्धी कार्यक्रम सञ्चालन गरेका छौं । विदेशमा गएर अरूको काम गर्नुभन्दा आफ्नै ठाउँमा बसेर आफैं काम गर्ने, आफैं साहु भएर युवाहरुले काम गर्ने हो भने हाम्रो गाउँपालिका समृद्ध हुनेछ । युवा रोजगारको लागि ५० लाख रुपैयाँ बजेट पनि छुट्याएका छौं । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा लागु भएको छ । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? पहिलो कुरा त सभ्य समाजको निर्माण गर्ने कल्पना छ । सबै नागरिकलाई शिक्षाको पहुँचबाट टाढा हुन नदिने, सकारात्मक सोचको विकास गर्ने हो । कृषिलाई कसरी पकेट क्षेत्र बनाउने, पर्यटन विकास कसरी गर्ने भन्ने योजना पनि बनाएको छु । यसका साथै स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई पनि राम्रो बनाउने योजना छ । कृषिलाई आधुनिकीकरण गर्ने योजना पनि बनाएको छु । यसका साथै पूर्वाधार विकासको काममा पनि जोड दिएको छु । गाउँपालिकामा नागरिकहरू प्रायः कस्ता समस्या लिएर आउने गरेका छन् नि ? धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । कोही भने शिक्षा क्षेत्रका समस्या लिएर आउँछन् भने कोही चाहीँ विकास निर्माणको समस्या लिएर आउँछन् । विकास कहिले पनि गरेर सकिने रहेनछ । तरपनि त्यस्ता समस्याहरूलाई समाधान गरेर मात्र हामी अगाडि बढ्ने गरेका छौं ।

५० मुरी धान उत्पादन गर्नेलाई ५० हजारसम्मको गोरु दिएका छौं- गाउँपालिका अध्यक्ष थत्लुङ

नेपालको प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो मैवाखोला गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । गाउँपालिकाको पूर्वतर्फ आठराई त्रिवेणी गाउँपालिका, पश्चिममा संखुवासभा जिल्लाको पञ्चखपन नगरपालिका र चैनपुर नगरपालिका, उत्तरमा ताप्लेजुङ जिल्लाकै मिरिङदेन गाउँपालिका एवं दक्षिणमा तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिका रहेका छन् । ६ ओटा वडा रहेको यो गाउँपालिका १ सय ३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २ हजार २९ घरधुरी रहेको यस गाउँपालिकामा १२ हजार ८९ जनाको बसोबास रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष राजन कुमार थत्लुङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । यहाँका धेरै नागरिकहरू कृषि पेशामै आधरित छन् । हामीले उन्नत जातका बाख्रा कृषकलाई वितरण गरेका छौं । गाउँपालिकाले अनुदान दिएर गाईपालनको काम पनि सुरु भएको छ । ५० मुरी धान उत्पादन गर्ने कृषकलाई ५० हजार रुपैयाँसम्म पर्ने गोरु पनि वितरण गर्दै आएका छौं । राम्रो धान उत्पादन गर्ने कृषकलाई पनि अनुदानको व्यवस्था मिलाएका छौं । हामीले किसानको माग अनुसारको बिउ उपलब्ध गराएका छौं । गाउँपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क र धेरैजसो ५० प्रतिशत अनुदानको बिउ वितरण गर्दै आएका छौं । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं । यो वर्षदेखि हामीले गाउँपालिकामा धान पकेट क्षेत्र पनि छुट्याएका छौं । धेरै आलु उत्पादन गर्ने कृषकलाई उत्पादन अनुसारको पैसा तथा कृषि सम्बन्धि औजारहरू दिने भनेका थियौं तर हामीले बनाएको मापदण्ड अनुसार कृषकले आलु उत्पादन गर्न सकेका छैनन् । हामीले मनग्ये कृषि उत्पादन गर्ने कृषकलाई कृषि औजारहरु पनि वितरण गर्दै आएका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ७५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक वा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । गाउँपालिकामा होमस्टे पनि सञ्चालन भएका छन् । पर्यटन विकासका लागि पर्यटक सम्बन्धि योजना पनि तयार पारेका छौं । झ्याउपोखरी, छाँगा, सिदुलमया झरना आदि यहाँको पर्यटकीय स्थलको रूपमा निक्कै चर्चित रहेका छन् । डीपीआर गरेर मठमन्दिरको निर्माण गर्ने काम पनि गरिरहेका छौं । पर्यटकीयस्थलमा सडक पुर्याउने काम पनि भएको छ । पर्यटन पूर्वाधारलाई हामीले विशेष जोड दिएका छौं । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् नि ? ठुला योजनाको रूपमा गाउँपालिकामा सडक निर्माणको काम नै रहेको छ । खानेपानीको योजना पनि गाउँपालिकामा रहेको छ । १० देखि १५ लाख रुपैयाँसम्मका खानेपानीका योजनाहरू गाउँपालिकामा रहेका छन् । हाम्रो पालिकाको सबै वडामा सडक पुगिसकेको छ । गाउँपालिकाको सबैभन्दा दुर्गम रहेको ६ नं. वडामा पनि सडक निर्माणको काम भइरहेको छ । संघ र गाउँपालिकाको साझेदारीमा वडा नं ६ मा ५९ लाख रुपैयाँ बराबरको स्वास्थ्य भवनको निर्माण भइरहेको छ । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? पढाईको गुणस्तरलाई राम्रो बनाउनको लागि विशेष जोड दिएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । हाम्रो गाउँपालिकामा २८ ओटा सामुदायिक विद्यालयहरू रहेका छन् । प्रधानाध्यापक र अभिभावकहरूलाई राखेर कसरी पढाईलाई गुणस्तरीय बनाउन सकिन्छ तथा विद्यालयको आवश्यकताको बारेमा पनि व्यापक छलफलहरू भएको छ । ५ कक्षा भन्दा मुनिका विद्यार्थीलाई ज्याकेट र झोला दिने काम भइरहेको छ । विद्यालयमा उत्कृष्ट पढाउने शिक्षकलाई पुरस्कृत गर्ने गरेका छौं भने गाउँपालिका भरीका सबै विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने पनि गरेका छौं । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि हामीले खेलकुद समितिको पनि गठन गरेका छौं । गाउँपालिकाकै सबैभन्दा ठुलो क्लबका रुपमा जलजले युवा क्लब रहेको छ । गाउँपालिकाको सबै वडामा युवा क्लबहरु गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । यो एक वर्ष कोरोनाको कारणले खेलकुदका सबै कार्यक्रमहरू स्थगित भएका थिए । खेलकुद आयोजना गर्ने वडाहरुलाई सहयोग गरेर खेलकुद विकास गर्ने भन्ने पनि हाम्रो योजना रहेको छ । ‘एक वडा एक रङ्गशाला’ भन्ने हाम्रो अभियान रहेको छ । ४२ रोपनीको जग्गामा खेल मैदानको निर्माण गरेका छौं । यसलाई हामीले व्यवस्थित गर्न सकेका छैनौं । १० लाख रुपैयाँको बजेटमा यस खेल मैदानको हामीले डीपीआर गरेका छौं । राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता पनि गाउँपालिकामा हुने गरेको छ । गाउँपालिकामा स्वास्थ्य क्षेत्रको विकासका लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासका लागि पनि हामीले धेरै काम गर्दै आएका छौं । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलमा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएको छ । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । स्वास्थ्य इकाईहरू गाउँपालिकाको सबै वडाहरूमा रहका छन् । हाम्रो पालिकामा स्वास्थ्य चौकीका भवनहरू कतै बनिसकेका छन् भने कतै बन्ने क्रममा रहेका छन् । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । साबिक गाविसहरुमा हामीले प्रजनन् केन्द्रको पनि स्थापना गरेका छौं । स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सम्बन्धि प्रचारप्रसार पनि गरिरहनु भएको छ । ठुलो रोगको उपचार गाउँपालिकामा हुन चाहिँ सकेको छैन । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरूलाई कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले भनिरहेका छांै । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । सामान्यतया हामीले यो वर्ष देखि युवालाई ऋण दिने कामको सुरुवात पनि गरेका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा लागु भएको छ । उद्यमशीलता विकासमा युवालाई लगाउनु पर्छ भनेर पनि हामीले जोड दिएका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताइदिनुस् न पहिलो कुरा त हामी संघीय संरचनामा रहेका छौं । पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । हामी आउँदा कसरी कार्यालय चलाउने भन्ने जस्ता समस्याहरू रहेको थियो । यस्ता समस्याहरूको समाधान गरेका छौं । देखिने खालका कामहरू पनि भएका छन् । भौतिक संरचनाहरूको निर्माण पनि भएका छन् । सडक पिच हुन नसके पनि सडकको विकास भएका छन् । खानेपानीको व्यवस्था हुन थालेको छ । वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयहरूका भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम पनि अगाडि बढाइरहेका छौं । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारिक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा खासै ठुला उद्योग त छैनन् । यद्यपी हाम्रो गाउँपालिका उद्योगको बढी सम्भावना बोकेको ठाउँ चाहिँ हो । गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरू धेरै नै छन् । पलिकामा बरु कृषि उद्योग धेरै संख्यामा रहेको छ । कृषकहरूले कुखुरापालन तथा भैँसीपालन लगायतका काम पनि गर्दै आएका छन् । गाउँपालिकामा ६ ओटा हाइड्रोपावर सञ्चालन भएका छन् । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन् हो नि ? गाउँपालिकामा ठुलो उद्योगहरू नभइसकेपछि धेरै कर तिर्ने कम्पनी पनि हुने कुरै भएन । तरपनि सामान्य व्यवसायहरूबाट कर सङ्कलन हुने गरेको छ । तपाईंले चाहेर पनि गर्न नसकेका विकास निर्माणका कामहरू के–के होलान् नि ? हामीले यहाँ ठुला योजनाहरूतर्फ काम गर्न सकेका छैनौं । गाउँपालिका समृद्ध हुने खालको योजना त बनायौं तर वार्षिक बजेटले एउटा योजनालाई पनि राम्रोसँग काम गर्न पुग्दैन । गाउँपालिकाका सडकहरूलाई आवश्यकताअनुसार ग्राबेल अथवा पिच गर्न चाहिँ हामीले चाहेर पनि सकेका छैनौं । होमस्टेको पनि राम्रो व्यवस्था गर्न सकेका छैनौं । अहिलेसम्मको आफ्नो काम गराईबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ? अहिलेसम्मको काम गराईबाट म सन्तुष्टनै छु । मैले गरेको काममा जनताको गुनासो आउने गरेको छैन । नागरिकको सन्तुटिलाई नै म आफ्नो सन्तुष्टि ठान्दछु । अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? हाम्रो कार्यअवधी ५ वर्षको हुन्छ । गाउँपालिकासम्म जाने सडक ग्राबेल गर्ने योजना बनाएको छु । एम्बुलेन्स खरिद गर्ने योजना पनि रहेको छ । पालिकामा रोलर र जेसिभि पनि रहेको छ । स्वास्थ्य, शिक्षा, खेलकुद लगायतको विकास गर्ने योजना बनाएको छु । हामीले दीर्घकालीन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको हामी अन्तिम चरणमा पुगेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । पूर्वाधार विकासको कुरामा पनि हामी अगाडि बढी रहेका छौं ।