युवाहरुलाई विना धितो १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाउँदै छौं- मेयर, मादी नगरपालिका
नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने संखुवासभा जिल्लामा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय नगरपालिका हो मादी नगरपालिका । बि.सं. २०६८ को जनगणना अनुसार यस नगरपालिकामा १४ हजार ४ सय ७० जनाको बसोबास रहेको छ । नगरपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । यो नगरपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रूपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । नगरपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा नगरपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो नगरपालिकाका मेयर बिदुर कुमार लिंथेपसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हामीले नगरपालिकामा कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । हाम्रो नगरपालिकामा ९ ओटा वडा रहेका छन् । त्यी सबै वडालाई हामीले पकेट क्षेत्रको रुपमा छुट्याएका छौं । हाल नगरपालिकामा १८ ओटा पकेट क्षेत्रहरू रहेका छन् । २१ सय ४३ घरधुरी समेटिने गरी १ सय ६ ओटा आमा समुहको गठन भएको छ । हाम्रो नगरपालिकामा ८६ ओटा कृषि समूहहरु पनि गठन भएका छन् । बन्दाकोबी, सुन्तला, कागती, किवी, बाख्रा आदिका पकेट क्षेत्रहरू पालिकामा छुट्याएका छौं । हामीले तरकारी फलफूल आदिको विउ पनि कृषकलाई वितरण गर्दै आएका छौं । प्रत्येक पकेट क्षेत्रमा ३ लाख रुपैयाँ बजेट पनि रहेको छ । यो रकम कृषकहरूको आवश्यकता अनुसार खर्च हुने गरेको छ । नगरपालिकाबाट कृषिका तालिमहरू सञ्चालन हुँदै आएका छन् । हामीले प्रत्येक वडामा २ जना कृषकलाई प्राङ्गारिक मल उत्पादनको लागि अनुदानको व्यवस्था मिलाएका छौं । एक कृषकले १ वडामा ७ सय ६५ बेरा प्राङ्गारिक मलको उत्पादन गर्ने गरेका छन् । ९ ओटा वडामा जम्मा १३ हजार ७ सय ७० बोरा प्राङ्गारिक मलको उत्पादन हुने गरेको छ । गत साल हामीले अनुदानमा गाई दिने व्यवस्था मिलाएका थियौं । यो वर्ष अनुदानमा भैँसी दिने व्यवस्था मिलाएका छौं । गत वर्ष हामीले ५४ ओटा गाई वितरण गरेका थियौं । हामीले कृषकहरूलाई कृषि औजार पनि अनुदानमा वितरण गर्दै आएका छौं । हामीले फलफूल र तरकारीको विउ पनि वितरण गर्दै आएका छौं । कृषि विकासका लागि विभिन्न किसिमका कार्यक्रमहरू पनि गर्दै आएका छौं । यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । कतिपय युवाहरू भने वैदेशिक रोजगारीमा गएका छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । नगरपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई यो वर्षबाट पुरस्कार दिने योजना पनि रहेको छ । गत वर्ष बन्दाकोबी पकेट क्षेत्रबाट ६ सय ६९ दसमलव ५९ टन बन्दाकोबी अन्य ठाउँमा पठायौं । ४७ टन सुन्तला पनि अन्य ठाउँ पठाएका थियौं । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्युनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? हालै हाम्रो पालिकाका नागरिकहरू कोरोनाका कारण त्रसित भइहाल्नुपर्ने अवस्था छैन । पहाडी भूभाग भएको कारण नगरपालिकामा धेरै बाक्लो बस्ती छैन । पहिला नै कोभिड अस्पताल भनेर ५ बेडको अस्पताल निर्माण गरेका थियौं । हाल कोभिडको पर्याप्त मात्रमा प्रचार प्रसार भएकै छ । पोहोर नगरपालिकामा कोरोनाको कारण धेरै नागरिकहरू त्रसित भएका थिए । विगतको कुरा गर्नुपर्दा मानिहरु आत्तिएर धेरै खर्च पनि भएको थियो । हामीले पनि कोरोना नियन्त्रणको लागि विभिन्न सुरक्षाका मापदण्ड अपनाएका थियौं । हामीले क्वारेन्टिन र आइसोलेसन कक्षको पनि स्थापना गरेका थियौं । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रूपमा जीवन यापन गरिरहेका छन् । नगरपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरू के–के छन् ? ठुला योजनाको रूपमा त सडक सञ्जाल नै रहेको छ । राम मन्दीर देखी ओखरबोटेसम्मको सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । २५ करोड रुपैयाँको बजेटमा कालोपत्रे गरिरहेका छौं । गाउँगाउँमा जानको लागि कच्ची सडकहरू खनिएका छन् । यो वर्ष कोल्डस्टोर बनाउने योजना रहेको छ । यसको लागि जग्गा पनि खोजिरहेका छौं । सुन्तला तथा बन्दाकोबी पकेट क्षेत्र भएका ठाउँमा कोल्डस्टोर बनाउने योजना छ । यो वर्ष सदरमुकाम केन्द्र र राजमार्ग जोड्ने सडक कालोपत्रे भइसक्छ । हाम्रो नगरपालिकाको प्रत्येक वडामा बस पुग्छ । यो वर्षबाट नगरपालिकामा डेरी सञ्चालन गर्ने योजना छ । हाम्रो नगरपालिकाको सबै वडामा बिजुली बाल्न पनि सफल भएका छौं । ७ ओटा वडामा हामीले काठका पोलहरु विस्थापित गरी फलामको पोल राखेका छौं । नगरपालिकामा खानेपानीको आयोजनाहरू पनि छन् । शैक्षिक विकासको लागि नगरपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? शैक्षिक क्षेत्रको विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरु डेरामा बस्नु नपरोस् भनेर मा.वि. विद्यालय पनि सञ्चालन ग¥यौं । हाल कक्षा ९ र १० मा पढ्ने विद्यार्र्थीहरु डेरा लिएर पढ्न बस्नु पर्ने अवस्था छैन । विद्यार्थीहरु घरबाट नै विद्यालय धाएर ९ र १० कक्षा अध्ययन गर्न सक्छन् । पहिला कतिपय विद्यालयहरूमा अविभावकहरुले दिएको चन्दा बाट शिक्षकलाई तलब दिइरहनु परेको थियो । हाल त्यसलाई विस्थापित गरी नगरपालिकाले नै व्यवस्थापन गरेको छ । नगरस्तरीय परिक्षा पालिकामा हुने गरेको छ । हामीले नगरपालिकामा एउटा विद्यालयलाई नमुना विद्यालय बनाउन सफल भएका छौं । हाल नगरपालिकामा २ ओटा उच्च माध्यमिक विद्यालय रहेका छन् र थप एउटा उच्च माध्यमिक विद्यालय बनाउने लक्ष्य राखेका छौं । नगरपालिकाको शैक्षिक गुणस्तरमा विशेष पहल गरिरहेका छौं । आधुनिक विद्यालयका भवनहरू पनि नगरपालिकामा बनिरहेका छन् । आधुनिक शिक्षा प्रणालीलाई पनि हामीले ध्यान दिइरहेका छौं । शिक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामीले प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । बेलाबेलामा विभिन्न क्षेत्रका विज्ञहरूबाट शिक्षकहरूलाई तालिम पनि दिँदै आएका छौं । शैक्षिक क्षेत्रको विकासका लागि हामीले केही बजेट पनि छुट्याउँदै आएका छौं । नगरपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासको लागि पनि हामीले धेरै काम गर्दै आएका छौं । स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा राखेका छौं । नगरपालिकाको प्रत्येक वडमा स्वास्थ्य केन्द्रहरू रहेका छन् । नगरपालिकामा हाल १५ शैया बेडको अस्पताल निर्माण भइरहेको छ । अरू वडाहरूमा पनि स्वास्थ्यका भवनहरू बनिरहेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा हामीले विशेष जोड दिइरहेका छौं । नगरपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । हाम्रो स्रोत र साधनले भ्याएसम्म हामीले स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौं । सरकारले दिएका औषधीहरू नगरपालिकाका नागरिकलाई निःशुल्क रुपमै वितरण गर्ने गरेका छौं । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् नि ? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम लगभग सकिसकेका छौं । बुझिने गरेर घोषणापत्रमा पहिला ५ वर्ष पछि मादी नगरपालिका यस्तो हुनेछ भनेर २४ ओटा बुँदा लोखेको थिएँ । २४ ओटा बुँदामध्ये एउटा बुँदाको काम मात्र गर्न बाँकी छ । सबै गाउँमा पशुका डाक्टर उपलब्ध हुनेछन् भनेको थिएँ । सो काम चाहिँ भनेअनुसार गर्न सकिएको छैन । तर अबको बाँकी रहेको कार्यकालमा यो काम पनि पुरा गरिसक्छु । विकास निर्माणको कामहरूलाई पारदर्शी बनाउनको लागि के–कस्ता योजनाहरू अगाडि सार्नुभएको छ ? विकास निर्माणको कामहरू पारदर्शी बनाउनको लागि केही योजनाहरू अगाडि सारेका छौं । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य आदिको विकासको लागि केही कार्यक्रम बनाएका छौं । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर र गाढा रहेको छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता लिएको छ । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । कर्मचारीको सहयोगमा नै जनतालाई सेवा पनि प्रवाह गरिरहेका छौं । खेलकुद विकासका लागि नगरपालिकाले कस्ता योजनाहरू बनाएको छ ? हामीले खेलकुद विकासको लागि खेलकुद समितिको गठन गरेका छौं । नगरपालिकाको सबै वडामा युवा क्लबहरु गठन भएका छन् । पालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । खेलकुद विकासको लागि बजेट पनि छुट्याएका छौं । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू नगरपालिकामा आयोजना गर्ने गरिएको छ । खेलकुद आयोजना गर्ने वडाहरुलाई सहयोग गरेर खेलकुद विकास गर्ने भन्ने पनि हाम्रो योजना रहेको छ । नगरपालिकामा रङ्गशाला बनाउने तयारीमा पनि छौं । नगरपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? नगरपालिकाका धेरै युवाहरू कृषि पेशामा नै लागेका छन् । युवाको सिप विकास गर्नको लागि विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छौं । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । युवाहरूले व्यवसायिक कृषि खेतिको पनि सुरुवात गरेका छन् । कृषि र पशुफार्ममा काम गर्ने युवाहरूलाई प्रति रोपनी ५ हजार रुपैयाँ अनुदान दिएका छौं । त्यती हुँदाहुँदै पनि युवाहरु काम गर्न चाहँदैनन् । धेरै युवाहरूलाई विदेशको रहर छ । युवाहरुका लागि यो वर्षबाट विना धितो १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाउने तयारीमा छौं । यसको लागि हामी हिमालयन बैंकसँग कुराकानी चलिरहेको छ । यो प्रक्रिया नगरपालिकामा लागु भएको छैन तर अझै हामी छलफल प्रक्रियामा नै छौं । युवाहरूले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । कच्ची भएको सडकहरूको स्तरोन्ती गर्ने हो । विद्यालयहरूमा आधुनिक फर्निचरहरू थप्ने हो । कमिकमजोरी भएको ठाउँमा सच्याउने हो । त्यसका लागि जनताको चाहना र आवश्यकता पूरा गर्ने लक्ष्य बनाएको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामीले ध्यान दिइरहेका छौं ।
सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा दिने निती बनाएका छौं – फेदाप गाउँपालिकाका अध्यक्षसँगको कुराकानी
नेपालको प्रदेश १ अन्तर्गत तेह्रथुम जिल्लाको मध्यपूर्वी भागमा अवस्थित प्राकृतिक रूपमा सुन्दर एवं रमणीय गाउँपालिका हो फेदाप गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रूपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ११ दशमलव ८३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकामा ५ ओटा वडा रहेका छन् । बि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १७ हजार ६ सय जनाको बसोबास रहेको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष हरी प्रसाद चोङवाङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । कृषि केद्रबाट नै कृषिका कामहरू अगाडि बढाइरहेका छौं । कृषि विकासको लागि हामीले गाउँपालिकामा ब्लक र पकेट क्षेत्रहरू पनि छुट्याएका छौं । गाउँपालिकामा प्याज, लसुन आदि तरकारीको पकेट क्षेत्रहरू छुट्याएका छौं । हामीले कृषिमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । धेरैजसो विउहरु कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छौं । कृषकहरुले व्यवसायिक खेतिको पनि सुरुवात गरेका छन् । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । गाउँपालिकामा पशुपालन गर्ने किसानहरू पनि धेरै रहेका छन् । हामी कृषकलाई कृषि औजार वितरण गर्ने तयारीमा छौं । कृषकलाई बेला बेलामा कृषि सम्बन्धी तालिम पनि दिँदै आएका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा कृषक समुहहरुको गठन भएका छन् । किसानहरूले यहाँ गाई, भैँसी, बङगुर तथा कुखुराफर्महरू पनि सञ्चालन गर्दै आएका छन् । कृषि विकासका लागि हामीले विभिन्न किसिमका कार्यक्रमहरू पनि गर्दै आएका छौं । कृषिको लागि मलको व्यवस्थापन गर्ने काम हामीले गरिरहेका छौं । सिँचाई सम्बन्धी काम पनि गाउँपालिकामा भइरहको छ । कृषिका योजनाहरू पनि हामीले तयार पारेका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । कतिपय युवाहरु भने वैदेशिक रोजगारीमा गएका छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । प्रतिशतमै भन्नुपर्दा करिब ८५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरू के–के छन् ? ठुला योजनाको रुपमा त सडक सञ्जाल नै रहेको छ । सडक विकासको कामहरुमा नै धेरै बजेट पनि छुट्याएका छौं । सडक नै विकासको मूल आधार मानिएको कारण हमीले पनि सडकलाई नै प्राथमिकताको रूपमा राखेका छौं । गाउँपालिकामा केही गौरवका आयोजनाहरू पनि रहेका छन् । गाउँपालिकामा खानेपानीको आयोजनाहरू पनि रहेका छन् । कच्ची सडकहरु गाउँपालिकामा धेरै रहेका छन् । हाम्रो गाउँपालिकाको सबै वडामा सडक पुगिसकेको छ । गाउँपालिकाको सबै वडामा बिजुली पनि पुर्याएका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? शैक्षिक क्षेत्रतर्फ पनि गाउँपालिकाले धेरै काम गर्दै आएको छ । हाम्रो गाउँपालिका भित्र जम्मा ४२ ओटा विद्यालयहरू छन् । ८ ओटा माध्यमिक विद्यालयहरूमा हामीले कम्प्युटर शिक्षकहरू राखेका छौं । विद्यालयलाई व्यवस्थित गर्ने तर्फ पनि जोड दिइरहेका छौं । यहाँका विद्यालयहरूको शैक्षिक तथा भौतिक सुधारको कार्यक्रमहरु पनि हामीले गरिरहेका छौं । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकाका लागि छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । गाउँपालिकाले गुणस्तर र प्रविधि शिक्षामा हामीले विशेष जोड दिएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि समय–समयमा छलफल पनि गरिरहेका हुन्छौं । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरुलाई कृषि क्षेत्रमा जोडिनको लागि आग्रह गरेका छौं । केही युवाहरु गाईपालन, बाख्रापालन, कुखुरापालन लगायत गर्दै आएका छन् । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । १ सयजना युवाहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी पाएका छन् । युवाहरुको सिप विकासको लागि तालिम पनि दिँदै आएका छौं । दलित महिलाहरुलाई मुढा बुनाई, ढाका टोपि, कपडा बुनाई, सिलाईकटाई आदिको पनि तालिम दिँदै आएका छौं । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् नि ? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम लगभग सकिसकेका छौं । फेदापको सदरमुकामदेखि मध्य पहाडीको बाटो जोड्ने भन्ने हाम्रो घोषणापत्रमा थियो । निर्वाचित भएर आएपछि यो काम पनि हामीले पुरा ग¥यौं । हाम्रो गाउँपालिकाका सुख्खा क्षेत्रहरुमा खानेपानी पुर्याउने भन्ने योजना रहेको थियो । सुख्खा क्षेत्रमा खानेपानी पुर्याउनको लागि डीपीआर गरेर ठेक्का प्रक्रियामा अगाडि बढ्ने र उपभोक्ताले पनि केही काम गर्ने भनेर बजेट विनियोजन भएको छ । यो काम पनि निरन्तर प्रक्रियामा अगाडि बढिरहेको छ । सुख्खा क्षेत्रहरूमा तम्मबर खोला बाट लिफ्ट सिस्टमले पानी ल्याउने काम गरिरहेका छौं । ३३ करोड रुपैयाँ बराबरको बजेटमा लिफ्ट सिस्टम योजनाको सर्भे भएको छ । २ ओटा डिप बोरिङ खानेपानी आयोजना पनि गाउँपालिकामा रहेको छ । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, कोरोना संक्रमण दरलाई न्युनिकरण गर्नको लागि के–कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? हालै हाम्रो पालिकाका नागरिकहरू कोरोनाका कारण त्रसित हुनु पर्ने अवस्था छैन । पहाडी भुभाग भएको कारण गाउँपालिकामा धेरै बाक्लो बस्ती छैन । हाम्रो गाउँपालिकामा एउटा वडामा जोगी समुदायको मानिसहरूको बढि मात्रामा बसोबास रहेको छ । चैत्र र वैशाख यस समुदायका मानिसहरू चाडपर्व मनाउन भारत जाने गरेका छन् । उनीहरूलाई कोरोना संक्रमण हुन सक्ने खतरा पनि छ । पोहोर गाउँपालिकामा कोरोनाको कारण धेरै नागरिकहरू त्रसित भएका थिए । हामीले पनि कोरोना नियन्त्रणको लागि विभिन्न सुरक्षाका मापदण्ड अपनाएको थियौं । हामीले क्वारेन्टिनमा र आइसोलेसन कक्षको पनि स्थापना गरेका थियौं । पोहेरनै हामीले कोरोना नियन्त्रणको लागि केही सामानहरु खरीद गरेर राखेका छौं । गाउँपालिकामा कोरोनाको संक्रमण बढ्न थाल्यो भने त्यसको व्यवस्थामा पनि हामी लागि पर्ने नै छौं । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरू पनि सामान्य रुपमा जीवन यापन गरिरहेका छन् । गाउँपालिकालाई समृद्ध बनाउनको लागि के–कस्ता योजनाहरू अगाडि बढाउनु भएको छ ? गाउँपालिकालाई समृद्ध बनाउनको लागि केही योजनाहरू अगाडि सारेका छौं । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य आदिको विकासको लागि केही कार्यक्रहरु बनाएका छौं । राज्यले निर्णय गर्नुभन्दा अगाडिनै पालिका भित्र हामीले खरको छानो अन्त्य गर्ने भनेर घोषणा गरेका थियौं । हामीले ३ वर्ष अगाडि देखि टिनको छानो वितरण गर्दै आएका हौं । तर अहिले त राज्यले नै दिँदै आएको छ । त्यसैले हामीले गाउँपालिकालाई समृद्ध बनाउनको लागि जोड दिइरहेका छौं । सामाजिक विकृतीलाई नियन्त्रण गर्नको लागि के–कस्तो भुमिका खेल्दै हुनुहुन्छ ? सामाजिक विकृतीलाई नियन्त्रण गर्नको लागि पनि हामीले विशेष जोड दिएका छौं । अहिले बढि मात्रामा युवाहरू कुलतमा फसेका छन् । बालविवाह पनि समाजमा धेरै बढिरहेको छ । सामाजिक विकृती नियन्त्रणको लागि सबै मिलेर कम्मर कस्नु पर्छ । सरकारले पनि विकृती नियन्त्रण गर्न ठुलो भूमिका खेल्नु पर्छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि पनि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपुर्ण मानिन्छ । हाम्रो गाउँपालिकाबाट कुम्भकर्ण हिमालको दृष्य पनि देख्न सकिन्छ । ह्यात्रुङ झरना पनि पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण रहेको छ । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले पनि हाम्रो गाउँपालिका निक्कै सुन्दर रहेको छ । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् भने विदेशी नगरिकहरुको पनि उपस्थिति रहेको पाइन्छ । धार्मिक हिसाबले पनि हाम्रो गाउँपालिका निक्कै महत्वपूर्ण रहेको छ । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर र गाडा रहेको छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता लिएको छ । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । म जनप्रतिनिधि भएको हिसाबले मैले कर्मचारीहरुलाई नेपाल सरकारले दिएको सबै सुविधाहरू लिनुहोस् तर जनताको काम भने राम्रो हुनुपर्छ भनेको छु । हामीले मुस्कान सहितको सेवा भनेर नीति तथा कार्यक्रम राखेका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । यहाँका नागरिकले भोलिका दिनमा पनि मलाई खराब काम नगर्ने र एकदमै इमान्दार प्रतिनिधीको रूपमा सम्झिरहुन् भन्ने चाहेको छु । त्यसका लागि जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य बनाएको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामीले ध्यान दिइरहेका छौं ।
बाँकी रहेको कार्यकालमा फिक्कललाई समृद्ध गाउँपालिकाको रुपमा चिनाउन चाहन्छु- अध्यक्ष कार्की
फिक्कल गाउँपालिका बागमती प्रदेशको सिन्धुली जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणिय गाउँपालिका हो । कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यका रूपमा चर्चित फिक्कल गाउँपालिका प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष धन बहादुर कार्कीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के-के छन् ? ‘सडक, शिक्षा, बिजुली फिक्कल विकासका पूर्वाधार, कृषि, जडिबुटी वन र पर्यटन समृद्धिको मूल आधार’ भन्ने नारा तयार गरेका छौं । यो आर्थिक वर्षको कामहरू लगभग ७० प्रतिशत सम्पन्नहुन लागेका छन् । गाउँपालिकामा कृषि आयोजनाका कामहरू पनि रहेका छन् । कृषिको लागि बजेट पनि छुट्याएका छौं । हाम्रो गाउँपालिकामा सडक निर्माणको काम पनि भइरहेको छ । सदरमुकामका बस्तीहरुमा सडक पुगेको छ । गाउँपालिकाको कुनै पनि सडक पिच हुन सकेको छैन । बिजुलीको काम पनि हामीले अगाडि बढाई रहेका छौं । यसपालि घरघरमा बिजुली बाल्ने योजना छ । तरपनि कतिपय ठाउँमा बिजुली पुर्याउन केही समय लाग्न सक्छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । हाम्रो गाउँपालिकामा पर्यटकहरूलाई भित्र्याउनका लागि ७ तलाको भ्युटावर निर्माण भइरहेको छ । भ्युटावरको काम अन्तिम चरणमा पुगिसकेको छ । ३ करोड रुपैयाँको लागतमा भ्युटावरको निर्माण भएको हो । यो हामीले गौरवको आयोजनाको रूपमा पनि राखेका छौं । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । हामी यस आर्थिक वर्षको अन्तिम चरणमा आइपुगेका छौं, यस अवधिमा बजेट के कति खर्च भयो ? खर्चअनुसार उपलब्धि प्राप्त भएको छ कि छैन होला ? हो हामी आर्थिक वर्षको अन्तिम चरणमा छौं । सडक पूर्वाधार, कृषि, पशुलगायतका क्षेत्रमा विकासका कामहरू राम्रो नै गरेका छौं । यो आर्थिक वर्षको कामहरू लगभग ७० प्रतिशत सम्पन्न हुन लागेका छन् भने बाँकी कामहरु पनि निरन्तर भइरहेको छ । हाल पनि हामीले विकास निर्माणका कामहरु अगाडि बढाइरहेका छौं । केही भुक्तानी हुन बाँकी नै छन् । विकास भएअनुसार खर्च पनि भइरहेको छ । हामीले गाउँपालिकामा बजेट विनियोजन गरेजति यो आर्थिक वर्ष भित्र खर्च हुन्छ होला भन्ने अनुमान गरेका छौं । जनताको आवश्यकता पुरा गर्नमा हामी खटिरहेका छौं । विकास निर्माणका कामहरू प्रभावकारी नै भइरहेको छ । विकास राम्रो भएकाले जनताहरू मसँग खुसी नै छन् जस्तो लाग्छ । विकास निर्माणको काम प्रभावकारी भएर जनताको आवश्यकता पुरा भयो भने त्यो नै मेरो लागि सन्तुष्टि पनि हो । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के-कति पुरा भए अनि कति बाँकी छन् नि ? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम लगभग सकिसकेका छौं । हामीले जनता सामु गरेका बाचा तथा प्रतिबद्धता धेरै पुरा गरी सकेका छौं । केही कामहरू बाँकी छन् तर ति पनि अब चाँडै पुरा हुँदैछन् । गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । हामीले गाउँपालिकाको सबै वडामा १ जना कृषि जेटिए राखेका छौं । हाम्रो गाउँपालिकामा कृषि शाखा पनि रहेको छ । कृषि शाखा मार्फत सबै वडाका कृषि सम्बन्धी कामहरु हुने गरेको छ । गाउँपालिकामा कृषि पकेट क्षेत्र पनि छुट्याएका छौं । वडा नं. १ लाई आलस पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । गाउँपालिकामा जुनार पकेट क्षेत्रहरू पनि रहेका छन् । विभिन्न पकेट क्षेत्र बनाउनको लागि हामी लागि परेका छौं । कृषकहरूलाई कृषिमा अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । धेरै विउविजनहरु हामीले ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएका छौं । सिन्धुली प्रदेश सरकारको सशर्त बजेट बाख्रा प्रवद्र्धन कार्यक्रम अन्तर्गत बाख्रा पालक कृषक तथा समूहहरूलाई निःशुल्क रुपमा क्रस ब्याडे बोका वितरण पनि गरेका थियौं । हामीले कृषकहरूलाई कृषि औजार पनि अनुदानमा वितरण गर्दै आएका छौं । हामीले फलफूल र तरकारीको विउ पनि वितरण गर्दै आएका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध छन् होला ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँका नागरिकहरूको मुख्य पेशा कृषि नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ८५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? हामी निर्वाचित भएर आइसकेपछि शिक्षा विकासका लागि भनेर शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधि तथा निर्देशिका बनाएका छौं । यो दायरा भित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड पनि दिएका छौं । गाउँपालिकामा दरबन्दी अत्यन्तै कम रहेको छ । हाम्रो गाउँपालिकामा मा.वि. १२ ओटा, नि.मा.वि. ६ ओटा संख्यामा रहेका छन् । शैक्षिक क्षेत्रमा ३ करोड रुपैयाँ खर्च भएको छ । पढाइको गुणस्तरलाई राम्रो बनाउनको लागि विशेष जोड दिएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक तथा समितिहरुसँग पनि छलफल गरिरहेका हुन्छौं । शिक्षकहरुलाई पनि हामीले बेला बेलामा तालिम दिँदै आएका छौं । गाउँपालिकामा हाल दरबन्दीको आवश्यकता भएको कारण शिक्षा मन्त्रालयलाई दरबन्दी पुरा गर्नको लागि माग पनि गरेका छौं । विकास निर्माणका कामहरुलाई पारदर्शी रुपमा अगाडी बढाउनको लागि के–कस्ता योजनाहरू अगाडि सार्नुभएको छ ? विकास निर्माणको कामहरू पारदर्शी बनाउनको लागि केही योजनाहरू छनोट गरेका छौं । आम भेला बाट समिति बन्छ । समिती बनिसकेपछि योजनामा छनोट भएका कामहरू अगाडि बढ्छन् । विकासका कामहरू प्राविधिकहरुले मुल्याङ्कन गर्ने र त्यसपछि हामीले पनि अनुगमन गर्ने गरेका छौं । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासको लागि पनि हामीले धेरै काम गर्दै आएका छौं । स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा राखेका छौं । हामी निर्वाचित हुनुभन्दा अगाडी सोल्पाथानामा प्रजनन् केन्द्रको स्थापना भएको थियो । हामी निर्वाचित भएर आइसकेपछि महादेव डाँडा, फ्याङ्सा आदि स्थानमा प्रजनन् केन्द्रको स्थापना ग¥यौं । प्रदेश सरकारसँग समन्वय गरेर सोल्पाथाना र महादेव डाँडामा स्वास्थ्य भवनहरु निर्माण भएका छन् । खोला गाउँमा पनि १५ शैया बेडको अस्पताल निर्माण भइरहेको छ । यो संघीय मन्त्रालय र स्वास्थ्य मन्त्रालयअन्तर्गत पर्छ । अरू वडाहरूमा पनि स्वास्थ्यका भवनहरू बनिरहेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा हामी विशेष जोड दिइरहेका छौं । हाम्रो गाउँपालिकामा पातला बस्ती अनि पहाडी भूभाग भएको कारण त्यस्ता स्थानमा पनि सेवा पुर्याउनको लागि खटिरहेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । हाम्रो स्रोत र साधनले भ्याएसम्म हामीले स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौं । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवा रोजगारका कार्यक्रमहरू हामीले सञ्चालन गर्न खोजेका छौं । स्थानीय तहमा थोरै रकम हुन्छ । थोरै रकमले धेरै काम गर्नुपर्ने हुन्छ । गाउँपालिकाका केही युवाहरू कृषि पेशामा नै लागेका छन् । युवाहरूले सिप विकास गरेर पालिका भित्रनै रोजगारी पाउन सक्छन् । काम गर्न चाहने युवाहरू खासै बेरोजगार हुनुपरेको छैन । कृषि पेशामा आबद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । स्रोत र साधनको परिचालन गरी युवालाई रोजगारी दिनको लागि पनि हामीले ध्यान दिएका छौं । केही युवाहरुलाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर र गाडा रहेको छ । कर्मचारी र हाम्रो सम्बन्ध राम्रो नै रहेको छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता लिएको छ । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अबको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई फिक्कल समृद्ध गाउँपालिका हो भनेर चिनाउन चाहन्छु । अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । बाँकीको कार्यकालमा नमुना फिक्कल गाउँपालिका बनाउने योजना रहेको छ । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन भन्ने चाहना छ । यहाँका नागरिकले भोलिका दिनमा पनि मलाई खराब काम नगर्ने र एकदमै इमान्दार प्रतिनिधीको रुपमा सम्झिरहुन् भन्ने चाहेको छु । त्यसका लागि जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य बनाएको छु । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दिर्घकालिन योजनाहरूको सुरुवात गरेका छौं । कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं ।