तेस्रो लहरको संक्रमण आउनसक्ने तर्फ सचेत हुँदै अहिलेनै ५० लाख रुपैयाँ बजेट छुट्याइसकेका छौं – नगर उपप्रमुख सुल्तान
अहिले विश्व नै कोरोना महामारीको सङ्कटमा छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण प्रदेश २ अन्तर्गत सप्तरी जिल्लामा पर्ने खडक नगरपालिका पनि नराम्रोसँग प्रभावित बनेको छ भने महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नमा कम्मर कसेर जुटिरहेको छ । नेपालमा पनि सामाजिक स्तरमा कोरोना भाइरसको महामारी व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ । मुलुक निषेधाज्ञामा छ । तर, पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको आभाष छ । महामारी नियन्त्रणमा नगरपालिकाले कस्तो भूमिका खेल्दैछ, महामारी नियन्त्रणमा नगरले कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो नगरपालिकाकी उप–प्रमुख यासमिन सुल्तानसँग विकासन्युजका लागी राजिब न्यौपानेले कुराकानी गरेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी तपाईंको नगरपालिकाले के कस्ता कार्य गरिरहेको छ ? कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकामा यस महामारी न्यूनीकरण गर्नको लागी विभिन्न काम गरिरहेका छौं । नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । वडा नं. ९ मा आइसोलेसनको पनि स्थापना गरेका छौं । पालिकामा संक्रमितको संख्या पनि धेरै छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ भने सबै वडामा माइकिङ पनि गर्दै आएका छौं । कोरोनाबाट नागरिकहरू संक्रमित भए भने पालिकाले तयार गरेको आइसोलेसनमा ल्याई उपचार गर्छौँ । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं भने पालिकमा २ ओटा एम्बुलेन्स सेवा पनि छ । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागी सबै लागिपरेका छौं भने महामारीलाई नियन्त्रण गर्नको लागी स्वास्थ्यकर्मीको ठुलो भूमिको छ । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । पालिकामा भएका सबै स्वास्थ्यचौकी तथा शाखामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका छौं । होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनु भएको छ ? नगरमा संक्रमितको संख्या बढ्दै जादाँ हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । स्वास्थ्यकर्मीहरुले कोभिडको अन्तर सम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर वा एन्टिजेन परीक्षण गर्दै आउनु भएको छ । परीक्षण गरी सकेपछि कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागी आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले वा वडाध्यक्षले पनि बुझ्दै आउनु भएको छ । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्श दिइरहनु भएको छ । होम आइसोलेसनमा बसेकालाई औषधि इत्यादि उपलब्ध छौं । नगरपालिकाले गम्भीर खालका बिरामीलाई थप उपचारका लागि के व्यवस्था गरेको छ ? कोभिडका केही गम्भीर बिरामीहरूलाई नगरको अस्पतालमा ल्याई उपचार गछौं । पालिकमा आवश्यक स्वास्थ्य सामाग्री पनि खरिद गरेका छौं । १० ओटा अक्सिजन सिलिन्डर पनि खरिद गरेका छौं । पालिकाको एउटा अस्पतालमा अक्सिजन प्लान्ट पनि जडान भएको छ । हाल नै पालिकामा स्वास्थ्य सामाग्रीको अभाव छैन । नगरको अस्पतालमा उपचार हुन सकेन भने अन्य ठाउँमा पनि बिरामीलाई पठाउँछौँ । संक्रमण अझै बढ्न सक्छ भनेर नगरपालिकाले भावी योजना कस्तो बुन्दैछ ? यसको भावी योजना त पालिका स्तरबाट स्वास्थ्य सामाग्री र आइसोलेसनको व्यवस्थापन गर्ने हो । यसलाई नियन्त्रण गर्नका लागी पहिलो कुरा त हामी सबै सचेत हुनुपर्यो, मास्कहरू लगाउनुपर्यो । स्वास्थ्य मापदण्ड पुरा गरी भिडभाडमा जानु हुँदैन र नागरिक सचेत हुने हो भने केही हदसम्म कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ । संक्रमणको परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्छ । जहाँजहाँ कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिन्छ त्यहाँ तुरुन्तै कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमण फैलन नदिने र परीक्षणको दायरा पनि बढाएर अघि बढ्ने हो भने कोरोना नियन्त्रण अवश्य हुनेछ । आइसोलेसन र क्वारेन्टिन पनि थपेर चुस्त दुरुस्त रूपमा अघि बढ्ने योजना रहेको छ । दोस्रो लहरको पनि कोरोना आयो अब तेस्रो लहरको संक्रमण आउन सक्नेतर्फ सचेत हुँदै नगर सभाको बैठक बसी अहिलेनै ५० लाख रुपैयाँ बजेट छुट्याइसकेका छौं । निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ होला त ? यसबारे यकिनसँग भन्न त सकिँदैन । तराईमा धेरै समस्या हुन्छ, अब धान रोप्ने समय पनि हुन लाग्यो । नगर भित्र धेरै आँपको उत्पादन हुन्छ । आँपको समय भएको कारण आँप बचने बजरमा घुइँचो छ । निषेधाज्ञा गरेका छौं तर यसको पुन रूपमा पालन भएको छैन । संक्रमितको संख्या पनि बढि रहेको छ । निषेधाज्ञा नगरमा खुकुलो भए जस्तै छ । तर, नगरमा धेरै श्राम जीवी वर्गको बसोबास रहेको छ भने उनीहरूले दिन भर काम गरेर छाक टार्नु पर्ने हुन्छ । खेतीको समय भएको कारण केही किसानहरू खातीमा व्यस्त छन् । हुन त निषेधाज्ञा जारी गरेर वा पुरै लकडाउन गरेर समस्याको समाधान हुने त होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागी सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । स्वास्थ्य मापदण्ड पालनाको विकास अब नागरिकमा हुन आवश्यक छ । निषेधाज्ञा भए पनि खुद काम नगरी यहाँका नागरिकहरूलाई खान पुग्दैन । बैंकहरुलाई पनि हामीले हप्ताको २ दिनमात्र खोल्न दिएका छौं । कमजोर आर्थिक अवस्था भएकाहरूका लागी खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनु भएको छ ? निषेधाज्ञाले गर्दा धेरै नागरिकलाई समस्या त भएको छ । गत वर्ष चाहिँ विपन्न वर्गको लागी राहतका कार्यक्रमहरू ल्याएका थियौं । विभिन्न संघसंस्थाले पनि राहत बाँड्नको लागी सहयोग गरेका थिए । यो महामारीको समयमा चाहिँ राहत वितरण गर्नसकेका छैनौं । तर, विपन्न वर्गको लागी राहत वितरण गर्ने योजना चाहिँ पालिकामा भइरहेको छ । संक्रमण थप नफैलिओस् भन्नका लागी के उपाय अपनाउनुभएको छ ? स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै जना मिलेर टोल बस्तीमा गएर सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । बाहिरी जिल्लबाट आएका मानिसहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । कति संक्रमित धान्न सक्छ त अब नगरपालिकाले ? सिमित मात्रामा हामीले आइसोलेसन कक्ष तयार गरेका छौं । केही स्वास्थ्य सामाग्री पनि नगरले खरिद गरेको छ । यो रोगबाट पालिकाबासीहरू धेरै डराएका छन् । कतिपय मानिसहरूले त केहो कोरोना भाइरस भनेर नै बुझका छैनन् । यो भन्दा भयावह स्थिति आयो भने नगरपालिकाले बनाएको सिमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन । कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चाहनुहुन्छ त ? खडक नगरपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगर्दिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफू मात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा कोरोना भाइरस अवश्य नियन्त्रण हुन्छ । यस भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारीको संक्रमण झन् धेरै फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।
गाउँपालिकामा उपचार हुन नसक्ने अवस्थाका संक्रमितलाई काठमाडौं रेफर गर्ने व्यवस्था मिलाएका छौं – अध्यक्ष पौडेल
अहिले विश्व नै कोभिड १९ को महामारीको चपेटामा छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण प्रदेश १ अन्तर्गतको ओखलढुंगा जिल्लामा पर्ने लिखु गाउँपालिका पनि यस महामारीको रोकथाम तथा नियन्त्रण गर्नमा तथा संक्रमितको उपचारमा जुटिरहेको छ । नेपालमा पनि सामाजिकस्तरमा कोरोना भाइरसको महामारी व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ । मुलुक निषेधाज्ञामा छ । तर, पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको आभाष छ । महामारी नियन्त्रणमा गाउँपालिकाले कस्तो भूमिका खेल्दैछ, महामारी नियन्त्रणमा पालिकाले कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर पौडेलसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तपाईंको गाउँपालिकाले के कस्ता कार्य गरिरहेको छ ? कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकामा यस महामारी न्यूनीकरण गर्नको लागी विभिन्न काम गरिरहेका छौं । नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । गाउँपालिकामा संक्रमण नफैलियोस् भनेर हामीले थुप्रै प्रयासहरू गरिरहेका छौं । हालसम्म ६ सय ६६ जनाकोे पीसीआर परीक्षण गरेमध्ये २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकामा हाल १ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १ सय ३६ जनाले दोस्रो लहरको कोरोना जितेका छन् । कोभिडका २ जना बिरामीलाई उपचारको लागी काठमाडौं पठाएका थियौं भने उनीहरू पनि हाल निको भइसकेका छन् । कोभिडको महामारी नियन्त्रण गर्नको लागी आवश्यक जनचेतना नै देखियो । जनचेतना सामुदायिकस्तरमा व्यापकरूपमा प्रचारप्रसार गरिरहेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ भने ९ ओटै वडामा माइकिङ पनि गर्दै आएका छौं । सेवा समाजले पनि स्वास्थ्य सामाग्रीको सहयोग गरेको छ । कोरोनाबाट नागरिकहरू संक्रमित भए भने पालिकाले तयार गरेको आइसोलेसनमा ल्याई उपचार गर्छौँ । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागी सबै लागिपरेका छौं भने महामारीलाई नियन्त्रण गर्नको लागी स्वास्थ्यकर्मीको ठुलो भूमिको छ । पालिकामा उपचार हुन सकेन भने काठमाडौं रेफर गर्ने व्यवस्था मिलाएका छौं भने एम्बुलेन्सको व्यवस्था पालिकाले गरिदिँदै आएको छ । पालिकामा कोरोना महामारी फैलिन नदिनको लागी उच्च सतकर्ता अपनाएका छौं । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । पालिकामा भएका सबै स्वास्थ्यचौकी तथा शाखामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका छौं । कोरोनाको संक्रमण पालिकामा बढेसँगै विभिन्न स्वास्थ्य सामाग्रीको खरिद गरेका छौं । एन्टिजेन परीक्षण गर्ने ७ सय किट नेपाल सरकारबाट प्राप्त भएको छ । भिटियम ८ सय खरिद गरेका छौं भने २ सय सहयोग मिलेको छ । १७ सय जनालाई एन्टिजेन र पीसीआर परीक्षण गर्न सक्ने अवस्थामा छौं भने हामीले जम्मा ५७ जनाको एन्टिजेन परीक्षण गरेका छौं । पालिकामा ३२ बेडको क्वारेन्टिन पनि स्थापना गरेका छौं तर, यो क्वारेन्टिनमा कसैलाई पनि राख्नु पर्ने अवस्था आएको छैन । होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनु भएको छ ? हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । स्वास्थ्यकर्मीहरुले कोभिडको अन्तर सम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर वा एन्टिजेन परीक्षण गर्दै आउनु भएको छ । परीक्षण गरी सकेपछि कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागी आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले बुझ्दै आउनु भएको छ । पालिकामा स्वास्थ्य सञ्जाल पनि रहेको छ । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्श दिइरहनु भएको छ । औषधि इत्यादि उपलब्ध गराउनु हुन्छ । प्रत्येक वडामा स्वास्थ्यकर्मी हुनुहुन्छ । अहिले गाउँपालिकालाई मुख्य चुनौती के छ ? पालिकमा चुनौतीहरू धेरै छन् । हाम्रो अहिलेको चुनौती भनेको विश्वव्यापी चुनौतीको रुपमा रहेको कोरोना नै हो । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई विकसित देशहरूले पनि नियन्त्रण गर्ने नसकिरहेको अवस्थामा हाम्रो पालिकाले नियन्त्रण गर्न सक्ने कुरै भएन । पालिकामा बजेट पनि सिमित हुन्छ । पहाडि क्षेत्रमा आवश्यक स्वास्थ्यकर्मीहरू पाइँदैन । अक्सिजनको आपूर्ति, गम्भीर बिरामीलाई कसरी समयमै उपचारका लागि पुर्याउने भन्ने नै प्रमुख चुनौती रहेको छ । आवश्यक पर्ने स्वास्थ्य सामाग्री जुटाउनमा पनि चुनौती रहेको छ । तर, यी सबै चुनौतीको सामना गरी अगाडि बढिरहेका छौं । निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ? यसबारे यकिनसँग भन्न सकिँदैन । ठाउँ अनुसार हेर्ने हो भने निषेधाज्ञा जरुरी पालिकामा छैन । ठाउँ ठाउँमा मात्र कोरोना भाइरस फैलिएको छ । यो महामारी पालिकामा न्यूनीकरण हुँदै आएको छ । निषेधाज्ञा पालिकामा खुकुलो नै छ । स–साना विकास निर्माण र कृषिको कामहरू सञ्चालन भइरहेको छ । अनावश्यक बाहिर हिँड्न पनि मानिसहरूलाई दिएका छैनौं । कोरोनाको संक्रमण बढ्दै गयो भने निषेधाज्ञा बढाउनुपर्ने पनि हुन सक्छ । निषेधाज्ञा खुकुलो भयो भने संक्रमण फैलन सक्ने त्रास छ । हुन त निषेधाज्ञा जारी गरेर, पुरै लकडाउन गरेर समस्या समाधान हुने होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागी सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । कति संक्रमित धान्न सक्छ त अब गाउँपालिकाले ? पालिकामा ५ बेडको आइसोलेसन सहितको कोभिड अस्पताल छ । ५ जना भन्दा बढि सङ्क्रमितहरू भए भने रेफर गरेर काठमाडौंसम्म पुर्याउँछौं । जिल्लामा २० बेडको आइसोलेसन छ तर, यस आइसोलेसनको पनि धेरै ठुलो क्षमता छैन । यो भन्दा भयावह स्थिति आयो भने गाउँपालिकाले बनाएको सिमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन । कोरोना नियन्त्रणका लागी बजेटको प्रबन्ध कस्तो छ ? औषधी खरिदको लागि बजेट पालिकामा प्रर्याप्त छ । महामारी नियन्त्रण गर्नको लागी करोडौं रकम बजेट छुट्याउन हामी सक्दैनौं । हाल नै कोरोना महामारी नियन्त्रणको लागी पालिकामा बजेटको अभाव भएको छैन । गाउँपालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ कि छैन ? पालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ । विशेष गरी विकास निर्माणका काम गर्ने र बाहिरी जिल्लाबाट आउने धेरै नागरिकहरु कोरोनाबाट संक्रमित भएका छन् । पालिकाका सबै वडामा नै सङ्क्रमितहरू भोटिएको छ । पछिल्लो समयमा कोरोना महामारी पालिकामा धेरै न्यूनीकरण भएको छ । बजारी इलाकाहरूमा कोरोनाको संक्रमण बढि फैलिने सम्भावना देखिन्छ । कमजोर आर्थिक अवस्था भएकाहरूका लागि खाद्यान्न र राहातका कार्यक्रमहरू ल्याउनु भएको छ ? पालिकामा हालै राहातका कार्यत्रमहरु ल्याउनु पर्ने आवश्यकता छैन । किसानहरूलाई आफ्नो खोतीबाट खान पुगि रहेको छ भने सामान्य विकास निर्माणको काम पालिकामा चलिरहेको छ । क्वारेन्टिन र आइसोलेसनमा बसेका बिरामीहरूलाई हामी निःशुल्क खान खुवाउँदै आएका छौं । हाल राहातमा भन्दा कोभिड नियन्त्रणमै सबैको चिन्ता र चासो रहेको छ । पालिकामा भ्याक्सिन लगाउनेको संख्या के छ ? पहिलो डोज लगाएका मानिसले दोस्रो डोज लगाउनु भनेको थियो तर, दोस्रो डोजको खोप कम आएको थियो । ८० जनाले दोस्रो डोज लगाएका छन् । ६० देखी ६५ वर्ष सम्मकालाई खोप लगाउनको लागी खोप पालिकामा आएको छ । संक्रमण थप नफैलिओस् भन्नका लागि के उपाय अपनाउनुभएको छ ? स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबैजना मिलेर टोल बस्तीमा गएर सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । बाहिरी जिल्लबाट आएका मानिसहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी आग्रह गरेका छौं । पालिका भित्र प्रवेश गर्ने नाकामा हेल्थडेक्सको स्थापना गरेका छौं । संक्रमित छ भने होम आइसोलेसनमा बस्नेलाई स्वयंसेविका र स्वास्थ्यकर्मीमार्फत आवश्यक परामर्श दिन्छौं । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । कान्छी कोशी नदीमा पुल निर्माणको लागी बहिरी ठाउँबाट कामदारहरू आउने भएको कारण सहजता गर्नु परेको छ । पालिकामा २ ओटा हाइड्रोपावर प्रोजेक्टको काम पनि सञ्चालन हुने तयारीमा छ । अहिलेसम्म हामीले कोरोना रोकथाम र संक्रमितको उपचारमा सकेजति गरिरहेका छौं । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्यूनीकरण गर्नको लागी के कस्तो सहयोग मिलेको छ ? प्रदेश र केन्द्रबाट जोखिम न्यूनीकरण गर्नको लागी बजेट चाहिँ सहयोग मिलेको छैन तर, स्वास्थ्य सामाग्रीहरू प्राप्त भएको छ । यस महामारीको समयमा पनि स्वास्थ्य सामाग्रीको सहयोग मिलेको छ । कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चहनुहुन्छ त ? लिखु गाउँपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगरीदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफू मात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारी पालिकमा नियन्त्रण भएको छ तर फेरी यो संक्रमण पालिकामा फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।
आर्थिक अवस्था कमजोर भएका संक्रमितहरुलाई चामल, नुन र तेल वितरण गरेका छौं- गाउँपालिका उपाध्यक्ष केसी
कोरोना भाइरस (कोभिड–१९) ले अन्य मुलुकहरुमा झैं नेपालमा पनि नराम्रो असर पुर्याएको छ । यस भाइरसबाट म्याग्दी जिल्लाको मंगला गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । गतवर्ष कमै मात्रामा फैलिएको कोरोना भाइरसको संक्रमण यो वर्ष व्यापक छ । देशमा संक्रमण थप बढ्न नदिन तथा रोकथाम गर्नकै लागी अहिले पनि कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ । मंगला गाउँपालिकामा चाहिँ फाट्टफुट्ट संक्रमितहरु देखा पर्ने क्रम जारी रहेता पनि कोभिड न्यूनीकरणका लागी गाउँपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी पाइएको छ । गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । गाउँपालिकामा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ, जोखिम न्यूनीकरण गर्नको लागी के कसरी काम गर्दै हुनुहुन्छ ? तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । यस महामारीलाई न्यूनीकरण गर्नको लागी आइसोलेसन तथा अक्सिजनको व्यवस्था गरेका छौं । यो भाइरसबाट ३, ४ र ५ नं. वडाका धेरै नागरिकहरू संक्रमित भएका छन् । कोरोनाको समयमा पालिका भित्रका धेरै ठाउँमा पूजा तथा विवाहहरू भए । पूजाआजामा धेरै ठाउँबाट मानिसहरू आउने र भेटघाट हुने माहोल बन्यो, त्यसैले जहाँजहाँ मान्छेहरु धेरै भेला भए त्यही ठाउँमा कोरोनाले बढी प्रभाव पा¥यो । यो महामारी पालिकामा यसरी फैलिन्छ भन्ने हामीले सोचेका थिएनौं, यसलाई तुरुन्त नियन्त्रण गर्न सकिन्छ भन्ने आशा थियो । एकाएक पालिकामा कोभिड–१९ को प्रभाव तीव्र गतिमा बढ्यो र सुरुको चरणमा संक्रमण बढ्दै जाँदा यसलाई न्यूनीकरण गर्नको लागी समस्या पनि भयो । गत वर्षदेखि नै पालिकामा कोभिडको प्रभाव पर्न थालेपछि टोलटोलमा कोभिड न्यूनीकरण समिति गठन गरेका थियौं । त्यही समिति नै महामारी न्यूनीकरण गर्नको लागी यो वर्ष परिचालन गरेका छौं । यस महामारीको नियन्त्रणका लागी स्वास्थ्य शाखा, कार्यालयको टिम, जनप्रतिनिधिहरू दिनरात खटिरहनुभएको छ । पालिकामा संक्रमितहरुको संख्या पछिल्लो समयमा केही कम भएको हो कि भन्ने आभाष छ । पालिकाले पनि सबै नागरिकहरूलाई स्वास्थ्यका मापदण्ड अपनाउनको लागि अपिल गरेको छ । कोरोनासँग सम्बन्धित लक्षण देखिएका नागरिकहरूलाई टोलटोलमा गएर एन्टिजेन र पीसीआर परीक्षण गर्दै आएका छौं । कोभिडका बिरामीलाई उपचारका लागी अस्पतालसम्म पुर्याउने र उनीहरूलाई खान, बस्नका लागी निःशुल्क व्यवस्थापन पनि गरेका छौं । कोरोना संक्रमण दर बढ्न थालेपछि गाउँपालिकाको गाडीलाई पनि एम्बुलेन्सको रूपमा प्रयोग गरेका छौं । लक्षण देखिएका बिरामीलाई अस्पतालमा पनि राखेका छौं भने स्वास्थ्य अवस्था जटिल भएका बिरामीलाई पोखरासम्म उपचारका लागी पठाएका छौं । पालिकाका २ जना नागरिकको कोरोनाकै कारण मृत्यु भएको छ । कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । पालिकामा हाल सक्रिय संक्रमितको संख्या २२ रहेको छ भने उनीहरू सबैको स्वास्थ्य अवस्था पनि सामान्य छ । होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनु भएको छ ? हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मी तथा जनप्रतिनिधिहरू प्रत्येक २–२ दिनमा घरघरमा गई उनीहरूको स्वास्थ्य अवस्था बारे बुझ्दै आउनुभएको छ । होम आइसोलेसनमा बसेका कोभिडका बिरामीहरूलाई आवश्यक पर्ने किट घरमै उपलब्ध गराएका छौं । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र कोभिड अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमै सुरक्षित बस्नको लागी आग्रह गरेका छौं । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्ष दिइरहनु भएको छ । साथै औषधि पनि उपलब्ध गराउँदै हुनुहुन्छ । अहिले गाउँपालिकालाई मुख्य चुनौती के छ ? पालिकमा चुनौतीहरू धेरै छन् । बर्षायाम भएको कारण सडक बाटोघाटो भत्किएर बिरामीलाई तत्कालै उद्धार गर्न नसक्ने अवस्था छ । हाम्रो पालिका अलिक दुर्गम क्षेत्र पनि हो । अक्सिजन पालिकामा छ तर आवश्यक पर्याे भने पोखरा पुगेर ल्याउनुपर्ने हुन्छ । मुख्य चुनौती भनेको कोभिडको लहरलाई रोकथाम गर्न र उपचार गर्नुनै रहेको छ । अक्सिजनको आपूर्ति, गम्भीर बिरामीलाई कसरी समयमै उपचारका लागि पुर्याउने भन्ने नै प्रमुख चुनौती रहेको छ । स्वास्थ्यलाई प्रथमिकतामा राखेर बजेट बिनियोजन गर्ने हाम्रो योजना छ । पालिकामा १० शैया बेडको अस्पताल पनि निर्माण भइरहको छ । आवश्यक पर्ने स्वास्थ्य सामाग्री जुटाउनमा पनि चुनौती रहेको छ । तर, यी सबै चुनौतीको सामना गरी अगाडि बढिरहेका छौं । गाउँपालिकाले आफ्नो क्षेत्रमा राहतका प्याकेजहरू पनि ल्याएको छ कि ? हामीले पालिकामा राहत प्याकेजहरू ल्याएका छौं । गरिब र आर्थिक स्थिति कमजोर भएका परिवारलाई पालिकाबाट राहत वितरण गरिएको हो । कोरोना संक्रमित भएका विपन्न वर्गको लागी चामल, नुन, तेल आदि वितरण गरेका छौं भने अन्यलाई गरेका छैनौं । जो कोभिड प्रभावित छन्, जसले ज्याला मजदुरी गरेर परिवार पाल्छ, जसले यो समयमा कामै गर्ने सक्दैन, त्यस्तो व्यक्तिलाई मात्र हामीले राहत दिन्छौं । कोभिड बढ्दै गयो भने राहतको कार्यक्रमहरू ल्याउनु पर्ने अझ आवश्यक र अनिवार्य हुनेछ । कोरोना संक्रमण थप नफैलियोस् भन्नका लागी के रणनीति अपनाइएको छ ? हामी संक्रमण थप नफौलियोस भनेर पालिकामा गर्ने भनेको सचेतनाको कार्यक्रम नै हो । यस महामारी नियन्त्रण गर्नको लागी पालिका स्तरबाट स्वास्थ्य सामाग्री र आइसोलेसनको व्यवस्थापन गर्ने हो । यसलाई नियन्त्रण गर्नका लागी पहिलो कुरा त हामी सबै सचेत हुनुपर्यो, मास्कहरू लगाउनुपर्यो । स्वास्थ्य मापदण्ड पुरा गरी भिडभाडमा जानु हुँदैन र नागरिक सचेत हुने हो भने केही हदसम्म कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ । पीसीआर र कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्छ । जहाँजहाँ कोभिडको केसहरू देखिएका छन् त्यहाँ तुरुन्तै कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमण फैलन नदिने र परीक्षणको दायरा पनि बढाएर अघि बढ्ने हो भने कोरोना अवश्य नियन्त्रण हुनेछ । आइसोलेसन र क्वारेन्टिन पनि थपेर चुस्त दुरुस्त रूपमा अघि बढ्ने योजना रहेको छ । अबको वर्षको निति तथा कार्यक्रम पनि हामीले बनाउँदै छौं । यो महामारी नियन्त्रण गर्नको लागी के कस्ता कार्यक्रमहरू राख्दा ठिक हुन्छ भनेर छलफल पनि गरी रहेका छौं । पुरै पालिकावासीलाई भ्याक्सिन लगाउनेबारे के सोच्नु भएको छ ? कहिले लगाउन पाउँछन् पालिका बासीले भ्याक्सिन ? कोभिड विरुद्धको खोप ल्याउन र लगाउनको निमित्त हामीले नेपाल सरकारसँग पटकपटक आव्हान गरी रहेका छौं । विश्वमा नै खोपको चरम अभाव छ, यो समयमा खोप पाउन पनि समस्या छ । ६० देखी ६५ वर्ष सम्मकालाई खोप लगाउन सुरु गरेका छौं । यो महामारीको असर कम गर्न सङ्घीय सरकारले खोप किनेर दिनु पर्ने हो । तर, खोप अभाव विश्वमा नै भइरहेको समयमा हाम्रो पालिकाबासीले यो समयमा नै सबैले खोप लाउन सक्छन् भनेर अनुमान गर्न सकिँदैन । भ्याक्सिन पाए त अहिले पनि हामी पालिकावासीलाई लगाइदिन्छौँ । निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ? यसबारे यकिनसँग भन्न सकिँदैन । पालिकामा जेष्ठ ३१ गतेसम्मको लागी निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालयको बैठक बसेर ३१ गतेबाट खोल्ने या निषेधाज्ञा जारी गर्न भनेर टुङ्गो हुन्छ । ७ बजेदेखि १० बजेसम्म मात्र किराना पसललाई खोल्न दिएका छौं भने अन्य पहसलहरु बन्द गरेका छौं । कोरोनाको संक्रमण यहि अनुपातमा बढ्दै गयो भने निषेधाज्ञा बढाउनुपर्ने पनि हुन सक्छ । निषेधाज्ञा खुकुलो भयो भने संक्रमण फैलन सक्ने त्रास छ । हुन त निषेधाज्ञा जारी गरेर, पुरै लकडाउन गरेर समस्या समाधान हुने होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागी सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । नागरिकले पनि यो निषेधाज्ञा हाम्रै लागी गरिएको हो र यसलाई पूर्ण रूपमा परिपालना गरियो भने संक्रमित हुनबाट बच्न सकिन्छ भनेर यहाँका पालिकावासीहरूले बुझ्नु भएको छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । बिस्तारै निषेधाज्ञालाई खुकुलो बनाउने तयारी हुँदै छ । कति संक्रमित धान्न सक्छ त अब गाउँपालिकाले ? पालिकामा १० बेडको आइसोलेसन कक्ष छ । यो भन्दा भयावह स्थिति आयो भने गाउँपालिकाले बनाएको सिमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन । कोभिडका जटिल बिरामीहरूलाई आएभने जिल्ला अस्पतालमा उपचारको लागी पठाउने गरेका छौं । कोभिडका १० जना बिरामीलाई मात्र पालिकाको अस्पतालले धान्न सक्छ । कोरोना नियन्त्रणका लागी बजेटको प्रबन्ध कस्तो छ ? गत वर्ष पनि हामीले कोभिड नियन्त्रणको लागि बजेट छुट्याएका थियौं । प्रदेश सरकाबाट पनि यो महामारी नियन्त्रण गर्नको लागी ५ लाख रुपैयाँ सहयोग मिलेको छ । वडाहरूले पनि महामारी नियन्त्रण गर्नको लागी बजेट छुट्याएका छन् । बिदेशमा रहनु भएका पालिकाबासिले पनि पालिकालाई स्वास्थ्य सामाग्रीको उपलब्ध गराउनु भएको छ । महामारी नियन्त्रण गर्नको लागि जनप्रतिनिधि कर्मचारीहरूले पनि रकम सहयोग गर्नुभएको छ । हाल नै कोरोना महामारी नियन्त्रणको लागी पालिकामा बजेटको अभाव भएको छैन । बिकास निर्माणको बजेटबाट पनि महामारी नियन्त्रण र संक्रमितको उपचार गर्नको लागी खर्च गरेका छौं । गाउँपालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ कि छैन ? पालिकामा कोरोना फैलिन जोखिम क्षेत्रहरूको पहिचान भएको छ । २, ३, ४ र ५ नं. वडा कोरोनाबाट निकै प्रभावित भएका छन् । पछिल्लो समयमा कोरोना महामारी पालिकामा धेरै न्यूनीकरण भएको छ । बजारी इलाकाहरूमा कोरोनाको संक्रमण बढि फैलिने सम्भावना देखिन्छ तर खासै ठुलो बजारी क्षेत्र पनि पालिकामा छैन । पालिकाले गम्भीर खालका बिरामीलाई थप उपचारका लागि के व्यवस्था गरेको छ ? कोभिडका केही गम्भीर बिरामीहरू जिल्ला अस्पतालमा पुर्याउने व्यवस्था गरेका छौं । गरिब विपन्न आर्थिक कमजोर भएका नागरिकहरु संक्रमित भए भने उपचारको लागी १५ हजार रुपैयाँ दिने भनेर निर्णय गरेका छौं । कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चहनुहुन्छ त ? मंगला गाउँपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगरी दिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारी पालिकमा नियन्त्रण भएको छ तर फेरी यो संक्रमण पालिकामा फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।