गाउँपालिका अध्यक्ष भन्छन्- पालिकामा पैसा भएर पनि स्वास्थ्य सामाग्री किन्न नपाइने अवस्था छ

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । दिन प्रतिदिन कोरोनाबाट प्रभावित बनिरहेको भएपनि गाउँपालिका सङ्कटलाई परास्त गर्नमा लागि परेको छ । धेरै ग्रामीण क्षेत्र रहेको यो पालिकाका सम्पूर्ण कामकाजमा कोरोनाले ठुलो असर पुर्याएको छ । गाउँपालिकामा फाट्टफुट्ट रूपमा संक्रमितहरु देखापर्ने क्रम जारी नै छ भने त्यति हुँदाहुँदै पनि कोभिड न्यूनीकरणका लागी गाउँपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी पाइएको छ । गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागी कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईसँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् : कोभिडको प्रभाव पालिकामा पनि बढ्दो छ, कोभिड–१९ को महामारीसँग जुध्नको लागी पालिकाले कस्तो प्रयास गरिरहेको छ ? तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका त छैनन् । यो महामारी पालिकामा यसरी फैलिन्छ भन्ने हामीले सोचेका थिएनौं । एकाएक पालिकामा कोभिड–१९ को प्रभाव तीव्र गतिमा बढ्दै गयो । यस महामारीलाई न्यूनिकरण गर्नको लागि आइसोलेसन तथा अक्सिजनको व्यवस्था गरेका छौं । एक ठाउँको मानिस अर्को ठाउँमा जान नदिने र महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने ठहर गरी पालिकामा लकडाउन पनि जारी गरेका छौं । पालिकामा उपचार हुन नसक्ने अवस्था आयो भने कोभिडका बिरामीहरूलाई एम्बुलेन्स मार्फत बिराटनगरसम्म लैजाने व्यवस्था मिलाएका छौं । कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी एन्टिजेन्ट परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । हामीले मास्क क्वारेन्टिन भन्दा होम क्वारेन्टिनलाई जोड दिएका छौं भने होम आइसोलेसनमा पनि कोभिडका बिरामीहरू बसेका छन् । होम आइसोलेसन बसेका कोभिडका बिरामीहरूलाई सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले फोन मार्फत उनीहरूको स्वास्थ्य अवस्था बारे बुझिरहनु भएको छ । होम आइसोलेसनमा बसेका कोभिड बिरामीलाई सामान्य औषधी स्वास्थ्यकर्मीहरुले वितरण गर्नु भएको छ । जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकतामा राखेर काम गरेका छौं । अस्पतालको क्षमता बढाउने र संक्रमणको दर घटाउने कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नु आजको आवश्यकता छ । पालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागी सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेको छ । यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । पालिकामा हालसम्म ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने केही नागरिकहरू निको भएर घर पनि गएका छन् । यस महामारी नियन्त्रणको लागी स्वास्थ्य शाखा कार्यालयको टिम खटिरहनु भएको छ । पालिकामा संक्रमितको संख्या पछिल्लो समयमा केही कमि भएको भन्ने आभाष छ । हाम्रो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने पालिकामा हामीले लकडाउनको घोषणा गरेका छौं । गाउँपालिकामा अक्सिजनको अभाव छ कि छैन ? पालिकामा अक्सिजन भएता पनि पर्याप्त मात्रमा चाहिँ छैन । हाल कोभिडका बिरामीलाई अक्सिजन दिएर राख्नु परेको छैन भने धेरै कोभिडका बिरामीहरू होम आइसोलेसनमा बसेका छन् । त्यसै गरी स्वास्थ्य जनशक्तिको पनि अभाव छ । हामीले एन्टिजेन्ट परीक्षण गर्ने मेशिन पनि खरिद गरेका छौं । पालिकाको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण गरेका छौं । पालिकामा ५ ओटा अक्सिजन सिलिन्डर रहेको छ । आइसोलेसन बेड पालिकामा कति छ, आइसोलेसन कक्षको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? पालिकामा अक्सिजन सहितको ५ बेड आइसोलेसन कक्ष छ । पालिकाकै एउटा विद्यालयमा पनि आइसोलेसन सेन्टर बनाएका छौं । यो महामारी नियन्त्रण गर्ने भन्न चाहीँ सजिलो छ, तर स्थानीय तहमा आइसोलेसन कक्ष र स्वास्थ्य सामाग्री जुटाउनको लागी समस्या छ । यो रोग नियन्त्रणका लागि तयारी पुगेकाे छैन जस्ताे मलाई लाग्छ । हाम्रो पालिकाको अस्पतालमा दरबन्दीका डाक्टर नै छैनन् । पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ? पीसीआर गर्नको लागी पालिकामा ल्याब छैन । पीसीआर गरे पछि चेक गर्नको लागी अन्य ठाउँ लानु पर्छ, रिपोर्ट आउन पनि धेरै समय लाग्ने गरेको छ । बर्खाको समयमा यातायात सञ्चालन हुन पनि समस्या छ । स्वाब सङ्कलनसम्म हाम्रो पालिकामा हुने सक्छ तर हामीले पीसीआर चाहिँ गरेका छैनौं । हाम्रो जस्तो दुर्गम स्थानमा पीसीआर गर्न पनि समस्या छ । एन्टिजेन्ट परीक्षण छिटो हुने भएकाले यस मार्फत कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरीकको परीक्षण गर्दै आएका छौं । एन्टिजेन परीक्षणलाई पालिकामा थप प्रभावकारी र व्यवस्थित बनाउनका लागी पनि जोड दिइरहेका छौं । एन्टिजेन परीक्षण गर्ने मेशिन पनि खरिद गरेका छौं । कोरोनासँग अन्तसम्बन्धित लक्षण देखिएका नागरिकहरूको एन्टिजेन परीक्षण गर्दै आएका छौं । जिल्लामा निषेधाज्ञा छ, पालिकामा लकडाउन छ, नागरिकले हाल लकडाउनलाई कसरी लिएका छन् अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ? नागरिकहरूले लकडाउनलाई सामान्य रूपमा लिएका छन् । निषेधाज्ञा भनेको केही होइन भन्ने मानिसहरुकाे साेचाइ छ । कार्यालयहरु बन्द भएको कारणले मानिसलाई सामान्य पिडा चाहिँ परेको छ । विस्तारै कोरोना लाग्यो भने समस्या हुँदो रहेछ भन्ने जनतामा चेतनाको विकास हुँदैछ । लकडाउन प्रति त्यति नराम्रो प्रतिक्रिया आएको छैन । निषेधाज्ञामा गाउँका मानिसहरू विभिन्न कृषिका कामहरू गरिरहेका हुन्छन् । हाम्रो जस्तो ठाउँमा निषेधाज्ञाको कुनै अर्थ पनि हुँदैन । यहाँका धेरै नागरिकहरू कृषिमा आवद्ध भएको कारण यो समयमा खेतमा काम गरिरहेका छन् । मानिसहरूलाई हामीले सकेसम्म भिडभाड नगरौं भनेका छौं । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाे र मृतकको संख्या पनि बढ्दो भएका समाचार तथा सूचनाले नागरिकहरू पनि त्रसित अवस्थामा छन् । निषेधाज्ञा भनेकाे जटिल कुरा हो तर यहाँका नागरिकहले बुझदैनन् । लकडाउनमा चाहिँ हिड्न नहुने रहेछ भने बुझ्ने भएकोले पालिकाले छुट्टै निर्णय गरी २२ गतेसम्मको लागी लकडाउन जारी गरेको छ भने जिल्लाले २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागी के कस्तो सहयोग मिलेको छ नि ? हामी संघीयतमा गए पछि प्रदेश, केन्द्र र स्थानीय तहको बिचको समन्वय अभाव देखेको छु । केन्द्र र प्रदेशमा स्वास्थ्य सामाग्री आयो भन्ने सुनिन्छ तर स्थानीय तहमा आइपुगेको छैन । प्रदेश र केन्द्रबाट सहयोग नै आएको छैन भनौं भने केही कुरा आउने त प्रदेश र केन्द्र देखि नै हो । एन्टिजेन्ट परीक्षण गर्ने मेशिन पनि हामी आफै खरिद गरिरहेका छौं । केही समय अगाडि एन्टिजेन परीक्षण गर्ने मेशिन नभएर परीक्षणको दायरा बढाउन सकेनौं तर यो नभए पनि आतङ्क चाहिँ भई हालेकाे थिएन । हाल परीक्षण गर्ने मेशिन पनि आइसकेको छ । यो ३ ओटा सरकार बिचको अन्तरसम्बन्ध राम्रो हुन आवश्यक छ । जिल्लामा कुरा गर्याे भने स्थानीय तह आफैंले स्वास्थ्य सामग्री जुटाउने भन्ने सुनिन्छ । केन्द्र र प्रदेश सरकारको यति बेला जुन खालको सक्रियता हुुनुपर्ने थियो त्यति चाहिँ नभएको महशुस गरेको छु । जोखिम न्युनिकरण गर्नको लागी पालिकामा बजेट अभाव छ कि छैन ? प्रदेश र केन्द्रबाट जोखिम न्यूनिकराण गर्नको लागी माथिबाट कुनै पनि बजेट पठाएकाे जानकारी छैन । हामी आफैंले गत साल पनि केही बजेटहरू छुट्याएका थियौं । कोरोना रोकथाम र नियन्त्रणको लागी जति बजेट हुर्नुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छौं । पालिकामा भएको विकास बजेटहरू पनि सबै तिरबाट आइरहेको छैन । बिकास निर्माणको कामलाई रोकेर भए पनि सकेसम्म स्वास्थ्य सामाग्री खरिद गर्ने भनेका छौं । यो समयमा स्वास्थ्य सामाग्री खरिद गर्न पनि सक्ने अवस्था छैन । ५ सय एन्टिजेन परीक्षण गर्ने किट किन्नको लागी हामीले २ महिना पर्खिनु पर्याे। किन्न पाइयो भने पनि स्वास्थ्य सामाग्री बेच्ने मानिसले बढि दाम भन्छ । बढि दामको बिल स्वास्थ्य सामाग्री बेच्ने मानिसले दिन मान्दैन भने कम दामको बिल उसले दिन्छ । यो खालको प्रक्रियाले गर्दा अत्यतै समस्या छ । यो एक स्वास्थ्य सम्बन्धि क्षेत्रमा भएको समस्या पनि हो । पालिकासँग पैसा भएर पनि स्वास्थ्य सामाग्री किन्न नपाइने अवस्था छ । हामीले अक्सिजनका सिलिन्डर त किन्नै पाएनौं । यो बेला स्वास्थ्य सामाग्रिको मूल्य पनि बढि छ । बढि मूल्य भएको सामाग्री खरिद गर्याे भने समस्या पनि हुन्छ । कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ । विकास निर्माणको कामहरू सबै ठप्प भएका छन् । एक ठाउँबाट अर्काे ठाउँमा नजाऊ भनिएको छ । विकास निर्माणको काम त धेरै प्रभाव परेको छ । ८/९ जना कर्मचारीहरू होम आइसोलेसनमा बसिरहनु भएको छ । मानविय क्षति हुनबाट बचाऔं भन्ने छ । टेन्डरका काम अनि सानासाना तालिमका कामहरू पनि रोकिएका छन् । लकडाउन भएको समयभर अतिआवश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ । कर्मचारी नै संक्रमित भएपछि समस्या चाहिँ छ । यस्तो समयमा पनि काम गर्नुपर्दा निकै चुनाैति छ, जनताहरू रिसाएका छन्, यो रोगदेखि डराएका छन् । यसरी नै यो भाइरस फैलिरह्यो भने अब भोक देखि डराउने बेला पनि हुन्छ । कोरोना महामारी सकियो भने आगामी दिनमा यत्तिको अप्ठ्याराे चाहिँ स्थानीय तहले भाेग्नुपर्दैन जस्ताे लाग्छ । भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, यो समयमा तपाईंले चुनावमा जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला र ? यो एक राजनैतिक मुद्दा हो । राजनैतिक र संवैधानिक हिसाबले विशिष्ट ढंगले आउने कुरा हो । चुनावभन्दा राज्यले पहिलो प्राथमिकता जनताको स्वास्थ्यमा राख्नु पर्ने हो । राजनैतिक मुद्दा भएको कारण प्रक्रियामा छिरिसके पछि यो पनि एउटा आवश्यकता हो । सधै हामीले कोरोना भन्दै बस्नु पर्ने अवस्था आउँदैन होला र यो महामारी सधै यसरी नै बढिरहन्छ भन्ने अपेक्षा पनि गरेका छैनौं । कोरोना महामारी नियन्त्रण भयो भने चुनाव पनि आवश्यक हो । पहिलो प्राथमिकता जनताको स्वास्थ्यको हो तर अहिले नै चुनाव हुँदैन भन्ने बेला हैन । त्यो बेलासम्म हामी अपेक्षा गरौं । यो कोरोनाको कहर नियन्त्रण हुँदै गयो भने र सहज वातावरण बन्दै गयो भने चुनाव पनि आवश्यकतै हो । यदि कोरोनाको संक्रमण नेपालमा पनि रहिरह्यो भने त्यो बेला विशिष्ट खालको एउटा राजनैतिक तथा संवैधानिक निर्णय होला । खाली संविधानको कुरालाई मात्र पढेर भएन । मान्छे गाउँगाउँमा मरिरहेका छन् । यो बेलामा चुनाव पहिलो प्राथमिकता होइन, पहिलो प्राथमिकता स्वास्थ्य हो । त्यसो भन्दैमा अहिले नै चुनाव हुँदैन भनिहाल्ने बेला होइन । त्यो बलासम्म अपेक्षा तथा आशा गरौं कोरोना नियन्त्रण हुँदै जाला । आर्थिक वर्ष ७७/७८ को बजेटमा मानिसको स्वास्थ्यमा ख्याल गरेर राज्यले धेरै बजेट ल्याएको पनि बुझेको छु । सबै जनतालाई कोरोना विरुद्धको खोप लगाएर जनतालाई सुरक्षित गरेर एउटा नियमित प्रक्रियाबाट जानुपर्ने हुन्छ । यो महामारीलाई नियन्त्रण गर्नमा सबै जना लागिपर्याैं भने यो अवश्य पनि नियन्त्रण हुन्छ । चुनाव भनेको दोस्रो पाटो हो । महामारी बढ्दै गयो भने चुनावलाई सार्नुपर्ने पनि हुन सक्छ । पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धित लक्षण देखिएको छ, तर पीसीआर गर्न ढिला भएको भन्ने सुनिन्छ, किन यस्तो भएको होला ? भाइरल ज्वरोको मौसम भएको कारणले पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धित लक्षण देखिएको हो । कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएकालाइ एन्टिजेन परीक्षण गर्दै आएका छौं भने पीसीआर गर्नको लागी पालिकामा ल्याब छैन । सबैलाई पीसीआर गर्न सक्ने अवस्था पनि छैन । पहिलो हामीसँग एन्टिजेन्ट परीक्षण गर्ने किट पनि थिएन । हामीले किट खरिद गरी एन्टिजेन्ट परीक्षणको लागी सुरुवात गरेका हौैं । एन्टिजेन्ट परीक्षण गर्ने मेशिन र किट खरिद गरी जो–जो मानिसलाई कोरोनासँग सम्बन्धित लक्षण देखिएको थियो उनीहरूको घर घरमा गएर परीक्षण पनि गर्यौं । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएता पनि जनचेतनाको अभावले कोरोना परीक्षण गर्न मानेका छैनन् । कोरोना देखियो भने मानिसले समाजले तिरस्कार गर्छ भन्ने नागरिकको मानसिकता छ । एन्टिजेन परीक्षण गर्ने किट आएपछि जेठ ४ गतेबाट परीक्षण अहिलेसम्म गरिरहेका छौं । संक्रमण फैलिएको बस्तीमा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाउने काम गरिरहेका छौं । सबै काम कोरोना रोकथाम नियन्त्रण गर्ने औषधी ल्याउने, परीक्षण गर्ने सबै काम जनप्रतिनिधि र २/४ जना स्वास्थ्यकर्मीले गर्नुपर्ने हो भन्ने छ । यो महामारी नियन्त्रण गर्नको लागी सबै जनप्रतिनिधि, कर्मचारी, नागरिकसमाज सबै राजनीतिक दल आदि लाग्नु पर्ने हो । तर, यो महामरी नियन्त्रण गर्नको लागि यस्तो खाल्को माहोल बनेन । सबै भन्दा बढि लकडाउन गरेर कोरोना संक्रमण धेरै हदसम्म रोक्न सफल भएको हाम्रो पालिका हो । कोरोना महामारीको समयमा बिवाह पनि भयो । मानिसहरुले जम्मा भएर भोज पनि खाए र धेरै ठाउँबाट मानिसहरू आउने र भेटघाट हुने माहोल बन्यो । त्यसैले जहाँजहाँ मानिसको जमघट धेरै भए त्यही ठाउँमा कोरोनाले बढी प्रभाव पार्यो । स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्दै आएको छ नि, यसमा तपाईंको धारणा के छ ? फेरी यस किसिमको महामारी आउँछ भनेर हामीले कल्पना गरेका थिएनौं । सबै पालिकामा ठुलो अस्पताल बनाउन सक्ने क्षमता हुँदैन । राम्रो स्वास्थ्यकर्मीको पनि स्थानीय तहमा अभाव छ । सरकारले पनि हाम्रो जस्ता ठाउँको स्वास्थ्य अवस्था बारे ख्याल गर्दैन । डाक्टरको अभावका कारण पालिकाले डाक्टरको तलब थपेरै भएपिन महामारी नियन्त्रण गर्नमा लागेका छौं । यो महामारी नियन्त्रण गर्नकोलागि प्रमुख जिम्मेवारी राज्यको हो । जबसम्म जनता सचेत रहँदैनन् तबसम्म स्थानीय तहको नेतृत्वले मात्र केही हुँदैन । सबै स्थानीय तहहरू समान खाल्का छैनन् । स्थानीय तहहरू सजग छन् तर स्रोत, साधन तथा उपकरण जुटाउने कुरामा सरकारले नयाँ खाले ढाँचा ल्याउनु पर्छ । किनभने यदि स्थानीय सरकार थिएन भने यो महामारी भयावह हुन सक्ने थियो । राज्यले पनि विकसितभन्दा कम विकसित भएको स्थानीय तहको विकास गर्नुपर्ने आवश्यकता छ । स्थानीय तहले गरेको कामले नै आज संक्रमण धेरै ठाउँमा फैलिन पाएकाे छैन । यो महामारी नियन्त्रण गर्नमा स्थानीय तहको ठुलो भूमिका रहेको छ । त्यसैले स्थानीय सरकारले नै कोभिड नियन्त्रण गर्नमा पहल गरेन भन्न पाइँदैन । स्वास्थ्य, शिक्षा र रोजगारीमा राज्यले जिम्मा लिनुपर्ने आवश्यकता छ । स्थानीय तहमा धेरै काम हुन्छन् । यो महामारी नियन्त्रण गर्नमा सक्दाे काम त हामी गरीरहेकै छौं ।

झापाका पालिकालाई सात अर्ब १८ करोड सङ्घीय बजेट, सबैभन्दा बढी मेचीनगरलाई

झापा । झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि चार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि  दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई ७६ करोड ५२ लाख बजेट छ । अर्जुनधारा नगरपालिकालाई ४७ करोड ७१ लाख, कन्काईलाई ५८ करोड १८ लाख, गौरादहलाई ४८ करोड ५१ लाख, दमकलाई ७० करोड १७ लाख, बिर्तामोडलाई ७० करोड १७ लाख, भद्रपुरलाई ५० करोड छ लाख र शिवसताक्षी नगरपालिकालाई ५७ करोड ९७ लाख बजेट विनियोजन भएको छ । यसैगरी गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख छुट्टिएको छ । गौरीगञ्जलाई ३४ करोड ८६ लाख, कचनकबललाई ३८ करोड ८७ लाख, झापालाई ३४ करोड ८४ लाख, बाह्रदशीलाई ३४ करोड १८ लाख, बुद्धशान्तिलाई ३५ करोड ७६ लाख र हल्दिवारी गाउँपालिकालाई ३२ करोड ३१ लाख बजेट विनियोजन भएको छ । रासस

प्रदेश र केन्द्रको राजनैतिक खिचातानीले गाउँमा जनताहरू मरिरहेका छन् – नगरप्रमुख खत्री

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट संखुवासभा जिल्लाको चैनपुर नगरपालिका पनि निक्कै प्रभावित भएको छ । कोरोनाको संक्रमण थप बढ्न नदिन तथा नियन्त्रण तथा रोकथाम गर्नकै लागि अहिले पनि देशमा कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ । चैनपुर नगरपालिकामा फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी नै छ भने त्यति हुँदाहुँदै पनि कोभिड न्यूनीकरणका लागि नगरको सक्रियता प्रशंसनीय एवं प्रभावकारी भूमिका खेलेको पाइएको छ । नगरपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो नगरपालिकाका नगरप्रमुख भरत कुमार खत्रीसँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् : नगरपालिकामा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ, तपाईं पनि बिरामी हुनु हुन्छ, जोखिम न्यूनिकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ? नगरमा कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेको छ । अन्य ठाउँमा जस्तै हाम्रो पालिकामा पनि कोरोनाको प्रभाव बढ्दो छ । नगरमा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर नै काम गरिरहेका छौं । कोभिडले पालिकाको समग्र विकास निर्माणका साथै विभिन्न क्षेत्रहरूमा प्रभाव पारेको छ । गत वर्ष हामीले क्वारेन्टिन र आइसोलेसनको बेग्लाबेगलै व्यवस्थापन गरेका थियौं । यो वर्ष आकास्मिक नगरमा पनि कोरोनाको प्रभाव परेसँगै होलथ्डेक्सको स्थापना गर्ने तयारी गर्दै गर्दा म आफू पनि बिरामी परेको कारणले काठमाडौं आएको छु । गत वर्ष कोरोना रोकथाम र नियन्त्रणमा राम्रो काम गरेकोले प्रदेश सरकारले पनि पुरस्कृत गरेको थियो । यो महामारी नियन्त्रण गर्नमा हाम्रो पनि व्यवस्थापनमा कहिन काही कमजोरी भएको महशुस गरेको छु । पछिल्लो समयमा समुदयिक स्तरमा संक्रमण फैलिए पछि म आफी बिरामी हुँदा हुँदै पनि यहीबाट प्रत्येक दिन नगरको अवस्थाबारे बुझी रहेको छु । पालिकामा स्वास्थ्य सामाग्रीको अभावका हुन नदिन पनि भिन्न निकायसँग समन्वय गरी यहीबाट नै स्वास्थ्य सामाग्रीको व्यवस्थापन बारे बुझी रहेको छु । कोरोनाबाट नागरिकहरु संक्रमित भए भने पालिकाले तयार गरेको आइसोलेसनमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एबुलेन्सको पनि व्यवस्था गरेका छौं । स्थानीय सरकार जुनसुकै परिस्थितमा पनि नागरिकको सुरक्षाको लागि उभिन्छ भनेर प्रत्याभूति दिलाउन चाहन्छौं । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागि सबै लागिपरेका छौं । नेपाली कंग्रस र नेकपा एमालेको पार्टी कार्यलको भवनमा आइसोलेसन कक्ष बनाएका छौं । कोभिडका संक्रिमित भएका एक सय जनासम्म मानिसलाई सेवा दिनसक्छौं भन्ने उद्देश्यले आइसोलेसनको पनि राम्रो तयारी गरेका छौं । कोभिडका धेरै स्वास्थ्य सामाग्री पोहोर नै जुटाएका थियौं र अहिले त्यही स्वास्थ्य सामाग्रीको प्रयोग गरिरहेका छौं । कोरोनाका बिरामीहरूको स्वास्थ्य अवस्था बारे बुझी रहेका हुन्छौं । म बिरामी परे पनि पालिकाको अवस्था बारे सधै बुझीरहेको हुन्छु । यो महामारीलाई नियन्त्रण गर्नको लागि स्वास्थ्यकर्मीको ठुलो भूमिको छ । पालिकामा उपचार हुन सकेन भने बिराटनगरमा रेफर गर्ने व्यवस्था मिलाएका छौं भने एम्बुलेन्सको व्यवस्था नगरले गरिदिँदै आएको छ । नगरले बनाएको आइसोलेसन कक्ष व्यवस्थित भएको कारण अन्य पालिकाका संक्रमित बिरामीहरुले पनि सेवा लिइरहेका छन् । हाम्रो नगरपालिका बिगतको सदरमुकाम भएको र अलिक बढी सेवा सुविधा भएको नाताले चैनपुरलाई सेन्टर बनाएर ४ ओटा पालिकाको एउटै आइसोलेसन सेन्टर बनाएका छौं । केही नागरिकहरूमा कोभिडसँग सम्बन्धित लक्षण देखिएको हुनाले उनीहरूको पीसीआर गरेका छौं । पालिकामा कोरोना महामारी फैलिन नदिनको लागि उच्च सतकर्ता अपनाएका छौं । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले जनचेतनामुखी कार्यक्रम र सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । पालिकामा भएका सबै स्वास्थ्यचौकी तथा शाखामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका छौं । विशेष गरी स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकहरूको लागि उच्च सतर्कता अपनाइएको छ । अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका बिरामीलाई सहज उपचारको वातावरण मिलाउन पालिकाले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य पनि गरिरहेको छ । जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकतामा राखेर काम गरेका छौं । संक्रमित भएको मानिसहरु भन्दा जोरो आएको नागरिको घर घरमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी जाने र परीक्षण गर्दै आउनु पनि भएको छ । अब चाहिँ कुनै पनि संक्रमितलाई होम आइसोलेसनमा बस्न नदिने उनिहरुलाई नगरले बनाएको आइसोलेसनमा कक्षयमा राख्ने व्यवस्था मिलाएका छौं । तर हामी स्थानीय सरकार भएको हिसाबले हरेक उपायहरू अपनाएर जनताको सुरक्षा गर्नमा लागि परेका छौं । जनतालाई कोरोनाबाट हामी सुरक्षित राख्न चाहन्छौं । नगरमा अक्सिजनको अभाव छ कि छैन नि ? नगरमा हालसम्म अक्सिजन अभाव भएको छैन । नगरमा अक्सिजन प्लान्ट तयार गर्ने योजना छ । हामीले अक्सिजनका सिलिण्डरहरू पनि प्रशस्त मात्रमा राखेका छौं । हामीले किनेर राखेको २० ओटा सिलिण्डर आइसोलेसन कक्षमा रहेको छ भने बाँकी २० ओटा चाहिँ अस्पतालमा छ । ५ जनाभन्दा बढि मानिसलाई अक्सिजन दिनुपर्ने अवस्था आएको छैन । नगरको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि सहजीकरण गर्दै आएका छौं । बाहिरी जिल्लामा हालसम्म कसैलाई पनि पठाउनुपर्ने अवस्था आएको छैन । नगरले स्वास्थ्य व्यवस्था राम्रो मिलाएको छ । यो समयमा स्वास्थ्य सेवा राम्रो बनाएको कारण जनताबाट पनि राम्रो प्रतिक्रया आएको बुझेको छु । नगरपालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ? पालिकामा पीसीआर गर्नका लागि ल्याब छैन । स्वाब सङ्कलन स्वास्थ्यकर्मीहरुले गर्दै आउनुभएको छ । स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि धनकुटा पठाउने गरेका छौं । पोहोर साल विराटनगर, घोपा लानुपर्ने अवस्था थियो । हाल पूर्वको ४ ओटा जिल्लाका पालिकाले पीसीआर परीक्षणको लागि धनकुटा लाने गरेका छन् । पीसीआर परीक्षणको लागि धनकुटा लैजाँदा ४ घण्टाको समय बचत भएको छ । कोरोनासँग अन्तर्सम्बन्धित लक्षण देखिएका नागरिकहरूको पीसीआर पनि गर्दै आएका छौं । नगरले निःशुल्क पीसीआर गर्दै आएको छ । पीसीआर गर्दा पोजेटिभ देखिएका नागरिकहरूलाई पालिकाले बनाएको आइसोलेसनमा राख्ने व्यवस्था मिलाएका छौं । राज्यले ल्याब टेस्टको लागि हरेक अस्पतालमा ल्याबको व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । स्वास्थ्यमा समस्या भयो भने अस्पताल पुर्याउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन गरेका छौं । पालिकाका ३ जना वडाध्यक्षलाई पनि कोरोना पुष्टि भएको छ । कोरोना महामारी नियन्त्रण गर्नमा राज्यको व्यवस्थापनमा समस्या देखिएको छ । आम नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन् अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ? पहिलो चरणमा कोरोनाको बारेमा कसैले पनि विश्वास नै गरेनन् तर पहिलाको तुलनाको हाल निषेधाज्ञा पूर्ण रूपमा जनताको सहयोग छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकाका धेरै मानिसहरूको स्वास्थ्यमा समस्या परेको छ । अहिलेको स्थितिमा सरकारलाई पूर्ण सहयोग गर्नुपर्छ भनेर आम नागरिकले निषेधाज्ञालाई पूर्ण पालना गरेको छन् । श्रम गरेर खाने मानिसहरूलाई समस्या भइको छ । मानिहरुलाई हामीले सकेसम्म भिडभाड नगरौं भनेका छौं । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै र मृतकको संख्या पनि बढ्दो समचार तथा सूचनाले नागरिकहरू पनि त्रसित अवस्थामा छन् । पालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं भने सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी अपिल गरेका छौं भने स्वास्थ्य मापदण्डको पनि पूर्ण पालना गर्न अनुरोध गरेका छौं । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण पालिका बासी सहित आम जनसमुदायबाट साथ, सहयोग मिलेको नै छ । यो मूलुकको विकास र समृद्ध बनाउने मानिसले नै भएकोले जनता बचाउनु आवश्यक छ । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि के कस्ता सहयोग मिलेको छ ? हालसम्म मैले थाहा पाए अनुसार प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि कुनै पनि सहयोग मिलेको छैन । प्रदेश र केन्द्रको राजनैतिक खिचातानीले जनताहरू गाउँमा मरिरहेका छन् । राज्यको पनि ठूलाठूला अस्पतालमा मात्र आँखा पुग्छ हाम्रो जस्तो स्थानीय तहका अस्पतालमा पुगेको छैन । जबसम्म स्थानीय सरकारलाई स्वास्थ्य तथा रोजगारीमा बलियो बनाउँदैन तबसम्म सिङ्गो प्रदेश र सङ्घले केही गर्न सक्दैन । प्रदेश सरकारले आजसम्म के समस्या छ भनेर अहिलेसम्म सोधेको छैन । पालिकाको साधना स्रोतले भ्याए जति महामारी नियन्त्रण गर्नमा लागि पारेका छौं । प्रदेश र केन्द्रबाट केही सहयोग मिल्छ र यो महामारीलाई नियन्त्रण गर्न सक्छौं भन्यौं भने महामारी भ्यवह हुन सक्ने अवस्था छ । हामीले हाम्रो तयारीका साथ अगाडि बढेका छौं । सङ्घीय सरकार पनि बिबादहरु परेको हुनाले राजनैतिक सर्थको कारण आज जनताहरू मरमाहिक भएका छन् । यो बेला कोभिड–१९ लाई नियन्त्रण गर्नमा सिङ्गो राष्ट्र लाग्नु पर्ने हो । एउटा राष्ट्रको प्रधानमन्त्रीले मात्र यो रोग नियन्त्रण गर्ने दायित्व होइन । यो विश्व महामारी जुन खालको मानव जातिलाई नै बिनाश गर्ने रोग आएको छ यसलाई नियन्त्रण गर्नको लागि सबै राजनीतिक दलहरूले विवेक पूर्ण तरिकाले सरकारलाई साथ दिएर दलहरूको कार्यकर्ता तथा नेताहरू पनि मैदानमा निकालिनु पर्ने र यी आफ्नै जनता हुन् सरकारका मात्र जनता होइन् भनेर जुट्नु पर्ने समय हो । भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, यो समयमा तपाईंले चुनावमा जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला र ? यो एक राजनैतिक मुद्दा हो । हामी लोकतन्त्रमा विश्वास गर्ने मान्छे हौं । हामी संसदिय व्यवस्थामा लागेका पार्टी र नेता हौं । राजनैतिक मुद्दा भएको कारण प्रक्रियामा छिरिसके पछि यो पनि एउटा आवश्यकता हो । हामीलाई चुनाव पनि आवश्यक छ । आज सरकारले जनताको विषय र जनताको ज्यू ज्यानसँग विवेकपूर्ण तरिकाले न्याय दिन सकिरहेको छैन । यो बास्तवमा सरकारको मात्र दोष होइन अरू राजनैतिक दलको पनि दोष छ । सरकारलाई यो समयमा सबै जना मिलेर यो विश्व महामारीको रूपमा फैलिएका कोभिडलाई रोक्न सहयोग गर्नु पर्छ । आर्थिक वर्ष ७७/७८ को बजेटमा मानिसको स्वास्थ्यमा ख्याल गरेर राज्यले धेरै बजेट ल्याएको पनि बुझेको छु । नेपालले कोरोना विरुद्धको खोप विभिन्न देशसँग आव्हान गर्दा खोप नेपालमा पनि आयो भने र स्थानीय तहका जनप्रतिनिधिलाई पनि सुरक्षाको साथ अगाडी बढ्नुहोस् भनेर राज्यले आदेश दियो भने हामी जनताको अगाडी मर्न पनि तयार छौं र जनतालाई सुरक्षा दिनको लागि सबै जनप्रतिनिधि लाग्छौं । चुनाव हुनेनै भयो भने हामी जनतालाई कोभिड–१९ बाट पनि बचाउछौं र चुनाब पनि ग¥छौं । यो महामारीलाई नियन्त्रण गर्नमा सबै जना लागि प¥यौं भने यो अवस्य नियन्त्रण हुन्छ । मलाई लाग्छ अब सरकारले बजेट पनि ल्याई सकेको छ यो महामारी नियन्त्रणको लागि सरकार अवश्य लाग्छ । कोभिड–१९ ले नेपालमा पनि महामारीको रूप लिएको हुँदा चुनाव अहिलेको आवश्यकता होइन भन्ने आवाज मात्र उठेको हो । यो पनि आफैमा नराम्रो होइन राम्रो हो । चुनाव हुने कि नहुने भनेर सर्वोच्च अदालतको निर्णय आउन बाँकी छ । अहिले नै चुनाव हुन्छ भन्ने पनि टुङ्गो भइसकेको छैन । त्यसैले अदालतले निर्णय गरेपछि मात्र यसको यकिन हुने हो । हाल नेपालमा कोरोनाको खोपको अभाव छ तर, यसमा सरकार लागेको हुनाले २ देखि ३ महिनामा यो महामारलाई नियन्त्रण गरेर सरकारले मङसिरमा चुनाव गरायो भने सक्छ र सफल हुन्छ । कोरोना नियन्त्रणमा सबै जुटि यस महामारीलाई नियन्त्रण गरी चुनाब पनि सफल बनाउनु पर्छ । कोरोना महामारीले नगरपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ । विकास निर्माणको कामहरू सबै ठप्प भएका छन् । एक ठाउँबाट अर्के ठाउँमा नजाऊ भनिएको छ । विकास निर्माणको काम त धेरै प्रभाव परेको छ तर पनि विकास भनेको कुरा दोस्रो पाटो हो । किन भने जनता बचाउन सकियो भने विकास केही वर्ष पछि गर्ने पनि सकिन्छ । मानविय क्षति हुन बाट बचाऔं भन्ने छ । टेन्डरका काम अनि सानासाना तालिमका कामहरू पनि रोकिएका छन् । बहु वर्षीय योजनाहरूमा कोरोनाको प्रभाव परेको छ । असारबाट पैसा फ्रिज भएर जानो अवस्था छ । गत वर्ष पनि लकडाउनको कारण केही रकम फ्रिज भएर गएको थियो भने यो वर्ष पनि यस्तै स्थिति छ । धेरै स्थानीय तह विकास निर्माणको कामहरू जति हुनुपर्थ्यो त्यति भएको छैन । स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्दै आएको छ नि, यसमा तपाईंको धारणा के छ ? फेरी यस किसिमको महामारी आउँछ भनेर हामीले कल्पना गरेका थिएनौं । हामीले गत वर्ष ४ ओटा पालिकाका २१ जना संक्रमितलाई मात्र राखेका थियौं भने १ सय ५० बेडको क्वारेन्टिन स्थापना गएका थियौं । यो समयमाको महामारीमा क्वारेन्टिन व्यवस्था नगरेका कारण समुदायस्तरमा यो भाइरस फैलिन पायो । जबसम्म जनता सचेत रहँदैनन् तबसम्म स्थानीय तहको नेतृत्वले मात्र केही हुँदैन । हामीले गरेको कुरामा नागरिकले चासो र समर्थन दिए भने काम गर्न पनि सजिलो हुन्छ । त्यसैले स्थानीय सरकारले नै कोभिड नियन्त्रण गर्नमा पहल गरेन भन्न पाइँदैन । किन भने यदि स्थानीय सरकार थिएन भने यो महामारी भ्यबह हुन सक्ने थियो । यदि सङ्घीय सरकारले प्रदेशमा मात्र आँखा ताकेर जनता बसको थियो भने स्थानीय तहले काम गरेको थिएन भने मृत्यु दर पनि बढ्दो हुन्थ्यो । स्थानीय तहले गरेको कामले नै आज संक्रमण धेरै ठाउँमा फैलिन पाएका छैन । स्थानीय तहको कारणले नै आज यो कोभिडलाई नियन्त्रण गर्नमा मूलभूत काम भएको छ । यो महामारी नियन्त्रण गर्नमा स्थानीय तह थिएन भने धेरै ठाउँमा यो भइरसले कब्जा जमाएर स्थिति भ्यवह हुन्थ्यो । यो महामारी नियन्त्रण गर्नमा स्थानीय तहको ठूलो भूमिका रहेको छ ।