मेरो कथा यो सुन…

मेरो कथा यो सुन तिमिले जिन्दगीको तिमि सँगको नाता अनि सम्बन्धको माया बसेछ तिमि सँग यो समयमा निश्चल माया गर्छु तिमिलाई यो जगतमा साच्चै गंगाको पानि जस्तै चोखो छ तिम्रो मन तस्तै पवित्र होला तिमिसँगको साईनो झन् तिम्रो मेरो सम्बन्धको चर्चा फैलिएछ यो जगतमा दुस्खि मन खुसि हुन्छ मेरो प्रभातको समयमा तिमि थियौ जसले मलाई धेरै कुरा सिकायौ यो जगतमा संङघर्ष गरी बाच्न सिकायौ

मलाई माया गर्ने मान्छे…

मलाई माया गर्ने मान्छे सतायर नजाउ मलाई माया गर्ने मान्छे सतायर नजाउ बाटोमा तिमीसँग भेट होला तर्किएर नजाउ मलाई माया गर्ने मान्छे सतायर नजाउ जिन्दगीका अनेक यात्राहरु पार गर्नैपर्छ सुख, दुःखका सबै पलहरु स्वीकार गर्नैपर्छ मेरा यी हातहरुले पौरख गरि खान देउ मलाई माया गर्ने मान्छे सतायर नजाउ बाटोमा तिमीसँग भेट होला तर्किएर नजाउ मलाई माया गर्ने मान्छे सतायर नजाउ गोबिन्द राज ओझा (राजन) दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

मलाई सेतोदेखि डर लाग्छ

तपाईं कालोदेखि डराउनुहुन्छ कालो झन्डा मन पराउनुहुन्न सेतो विचार बोक्नुस् न सेतो देखाएर कालो कर्ममा रमाउनुहुन्छ मलाई त अचेल सेतोदेखि डर लाग्छ ।। सेताहरुले शोषण गरेको पढेको छु सेताहरुले शासन गरेको सुनेको छु।। सेता हात्ती पाल्न गाह्रो परिरहेछ देशलाई काला विचार बोकेर सेता प्रचार गर्नेहरु द्वैध चरित्र भएका ए सेता ब्वाँसाहरु हो मलाई सेतोदेखि डर लाग्छ ।। सेतै कपडामा बेरेर जब बालाई घाट पुर्‍याइयो सेतै वस्त्रमा फर्काइयो रुवाउदै घाटबाट मलाई सेतै वस्त्रमा जब आमाको मुर्झाएको मुहार र शिथिल तन देखेँ पहिलो पटक मलाई सेतोदेखि डर लाग्न थालेको हो यसपछि ।। विद्यालय जान सेतो सट लगाइदिँदै गर्दा छोरो रुन्छ अचेल ज्ञान आर्जनका निम्ति रमाउँदै जानुपर्ने हो स्कुल हामीले स्कुलका नाममा जेल बनायौँ सायद छोराछोरी सेतोमा सजिएर स्कुल जान मन गर्दैनन् गह्रौं झोलाजस्तै मन लिएर जान्छन् उनीहरु जब लेखिएका काला अक्षरहरु मेटाएर सेतोले आफ्नो प्रभुत्व जमायो अर्कै लेख्न मिल्ने बनाइदियो मलाई सेतोदेखि डर लाग्छ अचेल ।। सेता परेवाहरु मन पर्छन् सेता फूलहरु मन पर्छन् सेता किताबका पानाहरु मन पर्छन् सेतो हिमाल मन पर्छ सेतै फुलेको काँस मन पर्छ बाच्छाले चप्पचप्प दूध चुस्दा उसको मुखका निस्केको सेतो फिँज मन पर्छ तर मन पर्दैनन् सेता झन्डामुनि बसेर कालो बारुदको अहङ्कार प्रदर्शन गर्नेहरु । सेता दन्तलहर देखाएर सेतै पहिरनमा सजिएकी तिमीले सेतै गुलाफ दिएको केही दिनपछि तिमी बेखबर भयौ अचेल मलाई सेतोदेखि डर लाग्छ ।। सेतो चामल,सेतै पिठो सेतो चिनीको असर जब सुने तब कालो खाद्यान्नको फ्यान बढ्दै छन् सर्वत्र छलछाम छैन कालोसँग जस्तो हो उस्तै देखिन्छ मात्र कालोमाथि अनेक लाञ्छना लगाइएका हुन् सेता सपनाको पछि लाग्दा सेतै पर्दा पछाडि, सेतै विस्तारामा लुटिएकी हो ऊ सेता सपना देखाएर सेता बिटाले कालाधन्दा गर्नेहरु देखेपछि सर्वत्र मलाई सेतोदेखि डर लाग्छ ।।