पेरिसमा एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त
पेरिस- प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन्। अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन्। पेरिसमा आयोजित एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिएकाे छ। एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो। उनलाई “लन्डन बिरामी” को उपनाम दिइएको छ। विगत १९ महिनादेखि उनको शरीरमा एचआईभी नपाइएको नेचर नामको जर्नलमा समाचार छ। दश वर्षअघि पनि यस्तै एक व्यक्तिलाई रोगमुक्त रहेको घोषणा गरिएको थियो। रगतको क्यान्सर उपचारका लागि बिरामीको हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण गरिएको थियो। एचआईभी सङ्क्रमण नहोस् भन्नका लागि दाताबाट प्राप्त मूल कोशिका (स्टेम सेल्स) लाई पनि जेनेटिक उपचार गरिएको थियो। “उपचार सफल देखिएकाले बर्लिन बिरामीको पनि सफल उपचार हुनेछ,” क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर एवं मुख्य लेखक रवीन्द्र गुप्ताले बताए। विश्वमा लाखौं मानिस एचआईभीबाट पीडित छन्। लाखौं बिरामीले एन्टीरेट्रोभाइरल थेरापी (एआरभी) औषधि सेवन गरिरहेका छन्, तर कुनै पनि बिरामी पूर्ण रुपमा निको हुन सकेका छैनन्। “अहिले, एचआईभीको उपचार गर्ने एकमात्र विधि औषधि सेवन मात्र हो जसले भाइरसको फैलावटलाई रोक्दछ । र यो औषधि बिरामीले आजीवन सेवन गर्नु पर्दछ”, गुप्ताले भने, “यसले विकासशील मुलुकहरुलाई ठूलै चुनौती सिर्जना गरिरहेको छ। यी देशमा अझै पनि धेरै मानिसले पर्याप्त उपचार प्राप्त गर्न सकेका छैनन्।” एक अनुमान अनुसार विश्वमा हाल ३ करोड ७० लाख मानिसमा एचआईभी छ, तर करिब ५९ प्रतिशतले मात्र एआरभी सेवन गर्न पाएका छन्। एचआईभीसँग सम्बन्धित कारणहरुबाट बर्सेनि झण्डै १० लाख मानिसको मृत्यु हुने गरेको छ। एचआईभीकै स्वरुपमा एउटा नयाँ औषधि–प्रतिरोधी परिस्थिति सिर्जना भइरहेको वैज्ञानिकहरुको भनाई छ। गुप्ता र उनको टोलीले हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण उपचार विधि एचआईभी उपचारका लागि उपयुक्त विकल्प नरहेको पनि बताएको छ। यो विधि निकै डरलाग्दो र पीडादायी हुने गर्दछ। तर यो प्रत्यारोपणले विज्ञानिकहरुलाई उपचारमा नयाँ खोज गर्न र सानोभन्दा सानो विधिबाट बिरामीको उपचार गर्न सकिने बाटो देखाउने गुप्ताको भनाई छ। एएफपी
सातौं फर्मा एक्स्पोमा ३० हजारले गरे अवलोकन, ५०० ले गरे मरणोप्रान्त अंगदान
काठमाडौं। नेपाल औषधी उत्पादक संघद्वारा संचालन गरिएको सातौं नेपाल फर्मा एक्स्पो आईतबार सम्पन्न भएको छ। चितवनमा सम्पन्न भएको एक्स्पोमा मरणोप्रान्त अंगदानको सामाजिक अभियान चलाइएको थियो। हरेक दुई बर्षमा हुने एक्स्पो करिब ३० हजार मानिसले अवलोकन गरेका छन्। एक्स्पो पहिलो पटक काठमाडौं बाहिर भएता पनि अवलोकन कर्ताहरुको राम्रो उपस्थिती भएको संघका अध्यक्ष दिपकप्रसाद दाहालले जानकारी दिए। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवद्वारा सुरु गरिएको उक्त एक्स्पोको दोस्रो दिन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मरणोप्रान्त अंगदान सामाजिक अभियान उद्घाटन गरेका थिए ।अभियानमा करिब ५ सयजनाले मरणोप्रान्त अंगदानका लागि मन्जुरीनामामा हस्ताक्षर गरेका छन् । एक्स्पोमा २०० भन्दा बढी स्टल रहेका थिए जसमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय कम्पनीहरुका साथै नीजि क्षेत्रका १० वटा अस्पतालको सहभागिता रहेको थियो।
२ महिनामा सिजनल इन्फ़्लुएन्जाको कारण १६ जनाको मृत्यु, ८२६ संक्रमित
काठमाडौं। काठमाडौँका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट प्राप्त तथ्यांक अनुसार ८२६ जना बिरामीहरुमा सिजनल इन्फ़्लुएन्जा भएको प्रमाणित भएको छ। २०७५ पौष १७ देखी फागुन १७ सम्म १६१५ जना बिरामीहरुको घाँटीको -यालको नमुना परिक्षण गरिएको मध्ये ६९६ जनामा ईन्फ्लुन्जा A H1N1 (pdm 09), ३१ जनामा ईन्फ्लुन्जा A/H3 र ९९ जनामा ईन्फ्लुन्जा B प्रमाणित भएको हो। महाशाखाको अनुसार गत पौष १५ देखी फागुन १७ (मार्च १) सम्ममा काठमाडौँका अस्पतालहरुमा सिजनल इन्फ़्लुएन्जा रोग प्रमाणित १६ जना व्यक्तिको जटिलता भई मृत्यु भईसकेको छ। महाशाखाले इन्फ़्लुएन्जाका बिरामीहरुको उपचारका लागि आवश्यक पर्ने Anti-viral औषधि Oseltamivir दैनिक रुपमा महाशाखाबाट विभिन्न सरकारी तथा निजी अस्पतालहरुलाई उपलब्ध गराउँदै आएको छ। त्यस्तै कुनैपनि विरामी औषधी पाउनबाट वञ्चित नभएको महाशाखाले जनाएको छ। ईन्फ्लुन्जाको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान, ललितपुरमा निशुल्क रुपमा भईरहेको छ। महाशाखाबाट विरामीहरुको उपचारको लागि औषधि वितरण गरिएको विभिन्न अस्पतालहरुको सूची :