राष्ट्रिय परिवार योजना सम्मेलन यही चैत ४ र ५ मा हुँदै
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको आयोजनामा राष्ट्रिय परिवार योजना सम्मेलन हुने भएको छ। “पहुँचबाहिर परेकालाई समेट्ने” भन्ने मुल नाराको साथ सम्मेलन यही चैत ४ र ५ गते दर्बारमार्गको याक एन्ड यती होटलमा हुने कार्यक्रमको उद्घाटन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र् यादवले गर्ने रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको आयोजना र संयुक्त राष्ट्रसंघिय जनसंख्या तथा आड्राको सहयोगमा र परिवार योजना संघसंस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना हुन गईरहेको हो। कार्यक्रमको पहिलो दिन परिवार नियोजन सेवाको पुर्त तथा अपरिपुर्त माग, परिवार नियोजन सेवामा पहुँचबाहिर रहेकालाई समेट्ने, परिवार, परिवार नियोजनको साधनको माग सिर्जना र व्यवहार परिवर्तनको बिषयमा उपलब्धी प्रस्तुत हुने सम्मेलनका अध्यक्ष डा. आर पि बिछाले बताए। त्यस्तै कार्यक्रमको दोस्रो दिन नेपाली महिलाहरुको परिवार नियोजनका साधन, मात्री तथा नव शिशुको स्वास्थ्य आवश्यकता पुरा गर्न लागत र लाभको आर्थिक विश्लेषण आधारित हुनेछ।
एभरेष्ट बैंकले गरेको नि:शुल्क स्वास्थ्य जाँच शिविरमा २ सयले लिए सेवा
काठमाडौँ । एभरेष्ट बैंकले १०६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजमा योगदान पु¥याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर र आत्मरक्षा शिविर आयोजना गरेको छ । एभरेष्ट बैंकले नर्भिक हस्पिटलको सहकार्य र सभाव नेपालको सहयोगमा पाटन दरबार स्क्वायर स्थित आदर्श कन्या निकेतनमा ग्राहक वर्ग, सामान्य नागरिक र कलजेका विद्यार्थीका लागि निःशुल्क स्वास्थ्य जाँच शिविर र आत्म रक्षा शिविर सम्पन्न गरेको हो । निःशुल्क स्वास्थ्य शिविरबाट करिब २०० महिलाहरु लाभान्वित भएका थिए ।
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार बर्खास्त
काठमाडौं। प्रतिष्ठानमा अनियमितता गरेकाे आराेप लागेका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई पदबाट हटाईएको छ। प्रतिष्ठानका कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपकुलपति रहेका स्वास्थ्यमत्री उपेन्द्र यादवले उनलाई बिहीवार हटाएका हुन्। प्रतिष्ठानको सञ्चालक समितिको फागुन १६ र १७ गते बालुवाटारमा बसेको बैठकले रौनियारले हटाउन सिफारिस गरेको आधारमा मन्त्री यादवले रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।