बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना सङ्क्रमण, हालसम्म ६ जनाको मृत्यु

काठमाडौं । बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको सङ्क्रम भएको छ । बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । हालसम्म बेलायतमा ३ सय ८२ जनामा सङ्क्रमण भएको र ६ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संघले जनाएको छ । उनलाई के कसरी कोरोना भाइरसको सङ्क्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ । बेलायतमा अहिलेसम्म ३ सय ८२ जनामा सङ्क्रमण भएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अष्ट्रेलियामा भने सङ्क्रमितको सङ्ख्या ११२ पुगेको छ । स्वास्थ्य विभागले बुधबारसम्म थप १२ जना थपिएर सङ्क्रमितको सङ्ख्या ११२ पुगेको बताएको छ । मृत्यु हुनेको सङ्ख्या भने तीन मात्रै रहेको पनि विभागले उल्लेख गरेको छ । यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि १.५५ अर्व अमेरिकी डलर छुट्याइएको घोषणा गरे । उनले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिए । यसैगरी दक्षिण कोरियामा थप २ सय ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै देशभरी कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७ हजार ७ सय ७५ पुगेको छ । अष्ट्रेलियामा भने बुधबारमात्र १२ जना थपिएर सङ्क्रमितको सङ्ख्या १ सय १२ पुगेको बताएको छ । मृत्यु हुनेको सङ्ख्या भने ३ मात्रै रहेको रहेका छन् । त्यसैगरी थप ६ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट सङ्क्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् । जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार सङ्क्रमितको सङ्ख्या बढेर ५ सय ६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जनाइएका छन् । कोरोनाको सुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिनेक्रम घटेको छ । केही दिनअगाडिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा बुधबार थप २४ जना नयाँ बिरामी भेटिएका छन् । त्यसैगरी थप २२ जनाको मृत्यु भएको जनाइएको छ । उता अमेरिकामा सङ्क्रमितको सङ्ख्या १ हजार नाघेको छ । स्वास्थ्य अधिकारीका अनुसार कूल संक्रमितको सङख्या १ हजार १ पुगेको हो भने मृत्युहुनेको सङ्ख्या २८ पुगेको छ । त्यस्तै वासिङट्नमा २ सय ६०, न्यूयोर्कमा १ सय ७३, क्यालिफोर्नियामा १ सय ४४ जनामा कोरोना भाइरस सङ्क्रम भएको पुष्टी भएको जनाएको छन् । रासस/सिन्ह्वा

प्रधानमन्त्रीकी मृगौला दाता समिक्षा भइन् डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्रीकी मृगौला दाता समिक्षा  संग्रौला डिस्चार्ज भएकी छिन् । संग्रौला बुधबार डिस्चार्ज भएकी हुन् । प्रधानमन्त्री सल्लाहकार विष्णु रिमालले ट्वीटर मार्फत उनी डिस्चार्ज भएको जानकारी दिएका हुन् । गत बुधबार समीक्षाले प्रधानमन्त्रीलाई मृगौला दान गरेकी हुन् । उनले आफ्नो बायाँतर्फको म्रगौला ओलीलाई दिएकी हुन् ।

बेनी अस्पतालमा निःशुल्क डायलासिस सेवा

गलेश्वर । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा अब मिर्गौला रोगबाट पीडित बिरामीका लागि नियमित डायलासिस सेवा शुरु हुने भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरणसहित बजेट विनियोजन गरेपछि आगामी चैत १ गतेबाट मिर्गौला उपचारका लागि डायलासिस सेवा शुरु गर्न लागिएको हो । गण्डकी प्रदेशले उपलब्ध गराएको चार वटा मेशिन र प्रवासी म्याग्देलीले दिएको दुईवटा मेशिन रहेको अस्पतालमा हेमोडायलासिस युनिट स्थापना गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटवालले बताए । उनका अनुसार युनिटमा चिकित्सक, स्टाफ नर्ससहितको जनशक्तिसमेत व्यवस्थापन भइसकेको बताए । पहिलो चरणमा तीन वटा बेड सञ्चालनमा ल्याउने उनले बताएका छन् । छ वटा मेशिनबाट दुई सिफ्टमा १२ जना बिरामीलाई दैनिक सेवा दिने गरी व्यवस्था मिलाइएको अध्यक्ष कटुवालले बताए । सेवा शुरु भएको छ महिनापछि आवश्यकताअनुसार बिहान, दिउँसो र साँझसमेत सेवा दिने योजना रहेको उनको भनाइ छ । सेवाको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मिर्गौलापीडित बिरामी अधिकांशको न्यून आर्थिक अवस्थाका हुने भएकाले यातायात, खानबस्ने खर्चको अभावमा गाउँमै रोग पालेर बस्न बाध्य भएको अवस्थामा डायलासिस सेवाले सहज भएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका कार्यालय सचिव एवं मिर्गौला प्रत्यारोपण गरेका मङ्गला गाउँपालिका–१ कुहुँका डकबहादुर रोकाले बताए । मिर्गौलाका बिरामीले हप्ताको एकदेखि जटिलता हेरेर चार पटकसम्म डायलासिस गराउनुपर्ने हुन्छ । निजी अस्पतालमा एकपटक डायलासिस गराउँदा यातायात, खानाबस्नसहित गरी आठ हजारभन्दा बढीसम्म खर्च हुन्छ । कोरोना भाइरसको त्रास ः धार्मिक अनुष्ठान पनि स्थगित विश्वव्यापीरुपमा सन्त्रास फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्रले म्याग्दीको बेनीमा आयोजना गर्न लागेको श्रीमद्भागवत गीता ज्ञान महायज्ञ स्थगित गरेको छ । नेपाल सरकारको सचेतना, स्थानीय प्रशासनको अनुरोध एवं जनसमुदायको सुझावलाई उच्च सम्मान गर्दै बेनी शाखाले आगामी फागुन २९ गतेदेखि चैत ३ गतेसम्म बेनीमा सञ्चालनको तयारी गरेको महायज्ञ स्थगित गरेको बेनी शाखाकी प्रमुख ब्रह्माकुमारी रीनाले बताए । उनका अनुसार कोरोना भाइरसको त्रासका बीचमा आवतजावतमा समेत समस्या हुने भएकाले प्रशासनसँग समन्वय गरी महायज्ञ स्थगित गरिएको छ । व्यावहारिक एवं वैज्ञानिक प्रवचनमा म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका सम्पर्क कार्यालय तथा विभिन्न विद्यालय, सामाजिक सङ्घसंस्थाबाट समेत प्रतिनिधित्व हुने भएकाले केही दिनका लागि महायज्ञ स्थगित गरिएको उनले बताए । समाजमा नैतिक शिक्षा दिने संस्थाका रुपमा स्थापित यो संस्थाले केही दिनमा अर्को कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ । रासस