मलेसियामा एकैदिन भेटियाे १ सय ९० जनामा कोरोनाकाे संक्रमण
मलेसिया । मलेसियाले आईतबार १ सय ९० जनामा कोरोनाको संक्रमण रिपोर्ट गरेको छ। यसमा धेरै संक्रमण मस्जिदमा भएको धार्मिक कार्यक्रममा फैलिएका बताईएको छ । यो नयाँ केस सहित मलेसियामा संक्रमण संख्या ४ सय २८ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती मार्फत जनाएको छ । मन्त्रालयले सबै मस्जिदमा आएका मानिस र उनीहरुसँग सम्बन्धित मानिसहरुलाई १८ दिन क्वारेण्टाईनमा राख्ने बताएको छ । मलेसियन स्वास्थ्य अधिकारीहरुले फेब्रुअरी २७ तारिखको दिन भएको उक्त धार्मिक कार्यक्रममा १६ हजार मानिस सहभागी भएको जनाएको छ । यसमा १४ हजार ५ सय जना मलेसियन रहेको बताईएको छ ।
कोरोना पुष्टि भएपछिकाे सबै उपचार खर्च सरकारले बेहोर्ने
काठमाडौं । काेराेना भएको पुष्टिभएपछिकाे उपचार खर्च सबै सरकारले बेहोर्न भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले आईतबार बसेकाे राष्ट्रिय सभाको बैठकमा काेराेना भएको पुष्टिभएपछिकाे उपचार खर्च सबै सरकारले बेहोर्न बताएका हुन् । उनले यो स्वास्थ्य मन्त्रालयको मात्र नभएर समग्र नेपाल सरकारको निर्णय भएको बताएका छन् । कोरोना देखिहाले उपचार खर्च कसले बेहोर्छ भन्ने धेरै जनाको चाँसोको विषय थियाे । सरकारले तोकेको अस्पतालमा बिरामीले उपचार गर्न चाहेको अवस्थामा सबै खर्च सरकारले बेहोर्न स्वास्थ्य मन्त्रालयका सुचना अधिकारी गणेश श्रीभास्तभले पनि बताएका छन् । उनी भन्छन्, ‘सरकारले तोकेका बाहेका अन्य स्वास्थ्य संस्थामा गरिएको उपचार खर्च भने सरकारले बेर्होेदैन । ’ बैठकमा बोल्दै मन्त्री ढकालले देशभरमा २ सय ३५ शैया आइसियु कोरोनाका बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको पनि जानकारी दिए। उनका अनुसार उपत्यकामा १ सय २० र उपत्यकाबाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु तयारी गरिएको छ। कोरोनाले विश्वबजारमा पारेको प्रभावले मानिसहरु त्रसित छन् । विश्व स्वास्थ्य संगठनले यसलाई गतसाता महामारी घोषण गरिसकेको छ । नेपालमा भने हालसम्म १ जनामा कोरोना देखिएर निको भईसकेपछि दोस्रो व्यक्तिमा कोरोना देखिएको छैन । यधपी नेपालीहरुमा कोरोनाकाे त्रास बढ्दो छ । सरकारको तयारीमा मानिसहरु विश्वास गर्न सकिरहेका छैनन तर सरकारले कोरोना विरुद्धका आफ्नो रणनितिहरु भने शुक्रबार प्रस्तुत गरिसकेको छ । संसारभर यस महामारीबाट जम्मा १ लाख ५६ हजार ८ सय ८० जना संक्रमित भईसकेका छन् । यस्तै ५ हजार ८ सय ३९ जनाको मृत्यु भईसकेको छ भने ७५ हजार ९ सय ३७ जना निको भएर घर फर्किसकेका छन् ।
सावधान रहनुस्ः पैसाबाट पनि कोरोना सर्न सक्छ
काठमाडौं । पैसाको माध्यमबाट कोभिड–१९ ९कोरोना० भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो। यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ। न्यूयोर्क युनिभर्सिटिले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ। चिकित्सकहरुले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन्। पैसामा तीन हजार भन्दाबढी प्रकारका कीटाणु जस्तै भाइरस, व्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखा परेका छन्। त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका व्याक्टेरिया देखिएका थिए। अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ। विभिन्न किसिमका प्राणघातक सरुवा रोगको व्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ। संयुक्त राज्य अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेशनल’ले प्रमाणित गरिसकेको छ। हेपाटाइटिस सीको स्रोतका रुपमा कोकेनलाई लिइन्छ। यसैगरी दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक व्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ। मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवा भन्दा पैसा बढी फोहोर भएको परीक्षणका क्रमममा पाइएको थियो। कोरोना भाइरसले विश्वव्यापी रुपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ। पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन् ? विभिन्न कारणबाट पैसामा ब्याक्टेरियाका फैलावट हुने इन्जिनियर राम बाडे बताउँछन्। पैसाको प्रयोग गर्दा जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी व्याक्टेरिया भाइरस फैलने सम्भावना ज्यादा हुन्छ। ुदैनिक रुपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदानप्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्ने जस्तै होु, उनले भने, ुजति बढी पैसाको प्रयोग आउँछ उति नै बढी प्रदूषण फैलने सम्भावना हुन्छ।ु दैनिक रुपमा प्रयोगमा आएका पैसामा मानिसहरुको थुक, दिशा पिसाब, खोकी तथा हाच्छ्युँ आदिबाट समेत दूषित हुन्छ। नेपाली पैसाको प्रदूषण स्तर जाँच गर्दा प्रष्टै देखिने उनको भनाइ छ। कसरी कीटाणुनाशक बनाउने ? पैसामा भएको व्याक्टेरिया तथा भाइरसलाई विभिन्न तरिकाबाट हटाउन सकिने उनको भनाइ छ । ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ र ‘प्लाज्मा आयोन टेक्नोलोजी’ बाट सहज रुपमा कीटाणुनाशक बनाउन सकिन्छ। ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ बाट पैसालाई कीटाणुनाशक बनाउँदा मानव शरीरप्रति नकारात्मक प्रभाव पार्ने भएकाले ‘प्लाज्मा आयोन टेक्नोलोजी’ अहिलेको अत्याधुनिक प्रविधि भएको उनी बताउँछन्। संयुक्त राज्य अमेरिका, कोरिया, सिङ्गापुर, चीन, भारत, जापान, अस्ट्रेलिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, बेलायत, कुवेत र संयुक्त अरब इमिरेट्स ९युएई० लगायत कतिपय मुलुकका बैंक तथा वित्तीय संस्थाले पैसामा हुने प्राणघातक व्याक्टेरिया तथा भाइरसको कीटाणुनाशक बनाउने उपकरण प्रयोगमा ल्याएका छन्। नेपाली पैसामा के कस्ता प्राणघातक रोगको सुक्ष्म जीव छन् भनी अध्ययन अनुसन्धान गर्नु अपरिहार्य भइसकेको उनको भनाइ छ। ‘यस्तो प्राणघातक रोगबाट बच्ने के कस्तो उपाय छन् सोसम्बन्धी कीटाणुनाशक उपकरण लगाउने र जनचेतना जगाउने खालका कार्यक्रम ल्याउन जरुरी भइसकेको छु, उनले भने। पैसालाई कीटाणुनाशक बनाउन उपकरण प्रयोग गर्ने र पैसा प्रयोग गरिसकेपछि साबुन पानीले राम्रोसंग हात धुने गर्नुपर्छ। रासस