नेपालमा थप एक जनालाई देखियो कोरोना
काठमाडाैं । नेपालमा थप एक जनालाई काेराेना देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एक जनामा काेराेना देखिएकाे बताएका हुन् । उनले साेमबारकाे पत्रकार सम्मेलनमा थप एक जनामा काेराेना देखिएकाे बताएका हुन् । फ्रान्सबाट कतार हुँदै आएकी ती महिलामा हिजाे साँझ मात्र काेराेना पाेजेटिभ देखिएकाे उनले बताए । अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए । १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए। फ्रान्समा पढ्न गएकी ती विद्यार्थीकाे नाम, ठेगाना खुलाउनु राम्राे नहुने मन्त्री ढकालले बताए । ‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन्? भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने। याेसँगै हालसम्म नेपालमा काेराेनाकाे दुई केस देखा परेका छन् । पहिलाे ससंक्रमित भने निकाे भएर घर गईसकेका छन् ।
सरकारकाे करोना कोषमा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनले १ करोड सहयोग गर्ने
काठमाडौं। सरकारद्वारा घोषणा गरिएको ‘कोरोना कोष’ मा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनले एक कराेड रूपैयाँ सहयोग गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको उक्त काेषमा फाउन्डेसनले साे मात्राकाे सहयाेग गर्न लागेकाे हाे । बसन्त चाैधरीले ट्विटर मार्फत उक्त रकम बराबरकाे सहयोग गर्ने घोषणा गरेका हुन् । ‘नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गर्दछौं।’ उनले ट्विटरमा लेखेका छन् । मन्त्रिपरिषद्को आइतबार साँझको बैठकले कोरोना संक्रमणका विरूद्ध ५० करोडको कोषको घोषणा गरेको थियो। सो कोषमा मन्त्रीहरूबाट एक महिनाको पारिश्रमिक योगदान गर्ने बताइएको थियो।
कोरोनासँग लड्न गृहमन्त्रालयले जारी गर्यो १९ बुँदे निर्देशन
काठमाडाैं । विश्वव्यापी महामारीको रुप लिएको काेराेना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गृहमन्त्रालयले १९ बुँदे निर्देशन सार्वजनिक गरेको छ । आइतवार अपराह्न एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले विश्व स्वास्थ्य संगठनको भनाई, छिमेकी देश भारतमा फैलिएको संक्रमण र खुला सीमानाका कारण नेपालमा उच्च जोखिम भएकाले थप सतर्कता अपनाउन निर्देशन जारी गरेका हुन् । विज्ञप्तिमा नागरिकलाई सरकारसँग हातेमालो गर्दै अघि बढ्न आग्रहसमेत गरिएको छ । यी हुन् गृहमन्त्रालयको १९ बुँदे निर्णयः [pdf id=202462]