नेपालमा कोरोना परीक्षण विश्वसनीय छ: डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरस अर्थात कोभिड-१९ को परीक्षण विश्वसनीय भएको बताएकाे छ ।  संगठनका नेपाल प्रतिनिधि कोस भ्यानडेलयरले नेपालमा कोरोना परीक्षणको अवस्था सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोभिड(१९ का आशंकित व्यक्तिहरुको जाँच प्रक्रिया विश्वसनीय भएको र प्रयोगशालामा कार्यरत चिकित्सकहरुले उच्चस्तरीय दक्षता प्रदर्शन गरिरहेको बताएका छन् । नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा डब्लूएचओ नेपालले नेपालमा डा. जोनाथन आशक्रोफ्टको नेतृत्वमा बेलायती जनस्वास्थ्य र्‍यापिड सपोर्ट टिम परिचालन गरिएकोसमेत जनाइएको छ । नेपालमा उक्त टोलीले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली १३ देखि २१ मार्च, २०२० सम्म सहयोग गरेको बताइएको छ ।

के हात धुन सबैले एउटै साबुन प्रयोग गर्दा किटाणु सर्छ ?

काठमाडौं । हातको फोहोर, किटाणुलाई सफा गर्नको लागि साबुन पानीलाई सबैभन्दा उपयुक्त सामाग्री मानिन्छ । खाना खानुअघि, खाईसकेपछि, चर्पी गईसकेकपछि जहिले पनि नियमित रुपमा साबुन पानीको प्रयोग गर्न विशेषज्ञहरु सल्लाह दिन्छन् । तर हामी सबैले एउटै साबुन प्रयोग गर्दा रोग त सर्दैन भन्ने हामी मध्ये धेरैको चाँसोको विषय हो । यस प्रश्नको उत्तर सन् १९६५ मा सार्वजनिक भएको थियो । उक्त अध्यन अनुसार एउटै साबुन प्रयोग गर्दा रोग नसर्न बताएको छ । वैज्ञानिकहरुले श्रखलावद्ध रुपमा ५ बिलियन ब्याक्टेरियाले हात फोहोर गरेका थिए । त्यो रोग लाग्ने ब्याक्टेरिया थियो । उनीहरुले एउटा साबुन प्रयोग गरेर हात धुए र सोही साबुन दोस्रो व्यक्तिलाई प्रयोग गर्नदिए । यसरी एउटै साबुन प्रयोग गर्दा उक्त ब्याक्टेरिया दोस्रो व्यक्तिमा सरेको पाईएन र उनीहरुले एउटै साबुन प्रयोग गर्दा किटाणुहरु नसर्ने पुष्टि गरे । यस्तै सन् १९८८ मा साबुन उत्पादनकर्ताले राखेका वैज्ञानिकहरुले https://www.ncbi.nlm.nih.gov/pubmed/?term=3402545 एउटै साबुन प्रयोग गर्दा किटाणुहरु नसर्न पुष्टि गरेको थियो । स्वास्थ्य विशेषज्ञहरु साबुन पानीले हात धुनु किटाणुको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय भएको बताउँछन् । त्यसैले मानिसहरुले किटाणुबाट बच्नलाई नगर्ने एक मात्र गल्ती भनेको साबुन पानीले हात नधुनु हो ।

नाकामा आइपुगेकाहरुको बारेमा साच्नेछौं, भीसा अवधि सकेकाको लम्ब्याइनेछः मन्त्री ज्ञवाली

काठमाडाैं । विश्वभर कोरोना भाइरसको संक्रमण र त्रास बढ्दै गएको छ । सरकरले यसको जोखिम न्युनिकरणका लागि विभिन्न प्रयासहरु पनि गरिरहेको छ । नेपालमा एक जना युवतीमा कोरोना पोजेटिभ देखिएसँगै आजदेखि एक हप्ताको लागि लक डाउन पनि घोषणा गरिसकेको छ । स्वदेशमा मात्र होइन विदेशमा पनि धेरै नेपालीहरु छन् । नेपालीहरु रहेको देशहरुमा कोरोनाको अवस्था र कोरोना भाइरसको संक्रमणबीच विदेशमा रहेका लाखौं नेपालीको हकमा सरकारले के गरिरहेको छ भन्ने विषयमा बिबिसीले परराष्ट्रमन्त्री प्रदिप प्रसाद ज्ञवालीसँग कूराकानी गरेको छ । त्यही कुराकानीमा आधारित भएर तयार पारेको योे सम्पादित अंश । नेपाली राजदुत र नियोग प्रमुखहरुसँग के-के विषयमा कुराकानी भयो ? पश्चिमी खाडी मुलुकलगायत अफ्रिकी देशहरुमा नेपालीहरुको संख्या ठूलो मात्रामा छ । प्रायः सबै मुलुकहरुमा कोरोनाको संक्रमण भएको अवस्था छ  । ती देशमा रहेका नेपालीहरुको स्वास्थ्यको चासो सरकारको उच्च प्राथमिकतामा हुने नै भयो । त्यसै कारणले पश्चिम एसिया र अफ्रिकामा रहेका हाम्रा नियोग प्रमुखहरुसँग छलफल गर्नका लागि यो बैठक आयोजना गरेका हौं । सबै राजदुतहरुले त्यहाँको अवस्थाको बारेमा जानकारी दिनुभयो । त्यसमा चारवटा कूराहरुमा निश्कर्ष निकालिएको छ । पहिलो, अहिलेसम्म युएईमा दुई जना बहराइनमा तीन जना गरेर पाँच जना नेपालीहरु संक्रमित छन् ।  अरु सबै सुरक्षित छन् । संक्रमितहरुको अवस्था पनि सामान्य नै छ । उनीहरु खतराभन्दा बाहिर नै हुनुहुन्छ । दोस्रो, त्यो क्षेत्रका सबै सरकारहरुले आफ्ना नागरिक र प्रवासीहरुलाई उपचारको विषयमा समान व्यवहार गरेको हुनाले हामीलाई तत्काल त्यस्तो ठूलो अप्ठ्यारो परेको छैन । उहाँहरुले आ आफ्ना नागरिकहरुलाई दिएजस्तै सुविधा दिइरहेका छन् । तेस्रो, ठूला कम्पनीहरुले पनि कामको बिदा र आफ्नै ठाउँबाट काम गर्ने सुविधा दिएका छन् । हाम्रा कामदारहरुको रोजगार खोसिएको र रोजगार बञ्चित पनि हुनु परेको अवस्था छैन । तर, साना कम्पनीमा त्यो समस्या आउँछ की भन्ने चिन्ता छ । र ,चौथो धेरै ठाउँमा लक डाउन गरिसकेका छन् । धेरै ठाउँ नेपालीलाई पनि क्वारेन्टाइनमा पनि राखिएको छ । त्यहाँ पनि उनीहरु सुरक्षित छन् । यीनै विषयमा आजको बैठक भएको हो । भीसा अवधि सकिएकोलाई नेपाल ल्याउने केही कुराकानी भयो ? हो, त्यो विषयमा पनि हामीले कूराकानी गरेका छौं । नियोग प्रमुख र सम्बन्धित राजदुतहरुले सम्बन्धित सरकारसँग कूराकानी गरिरहनु भएको छ । अहिले भीसा सकिएकै कारण सम्बन्धित मुलुक छोडी हाल्नु पर्ने अवस्था छैन । यो कठिन अवस्थालाई सम्बन्धित सरकारले लचकताका साथ निर्णय गर्ने विश्वास छ । भीसा सकिएकै कारण उनीहरुलाई आपतकालिन उद्धार गर्नु पर्ने र उनीहरु आँतिनु पर्ने अवस्था छैन । भनेपछि भीसा सकिसकेकाको बसाईँ लम्ब्याउन सकिन्छ ? उनीहरुको बसाई लम्ब्याउन सकिने गरेर अस्थाई बन्दोबस्त गर्ने कुराकानी भइरहेको छ । भारतका विभिन्न शहरबाट आउने नेपालीहरु नाकामा अड्किएको कुरा छ, त्यो विषयमा केही गर्ने कूरा भएको छ ? त्यो विषय सरकारको जानकारीमा छ । हामीले आज बिहान दश बजेदेखि लागु हुने गरी सबै सीमा नाकाहरुबाट नागरिकहरुको आगमन भयो । हामीले रोकेको सूचना थाहा नपाएर वा भारतमा संक्रमण बढ्दै गएको कारणले  नेपालीहरु सीमा क्षेत्रमा आइपुग्नु भएको हामीले जानकारी पाएका छौं । यसको बारेमा हामी निरन्तर  दिल्लीस्थित दुतावाससँग सम्पर्क गरिरहेका छौं । यो सम्बन्धमा सरकारले कसरी समस्याको समाधान गर्न सकिन्छ भन्ने बारेमा आन्तारिक छलफल भइरकेको छ । त्यसमा कति समय लाग्ला ? यो त आपतकालिन् अवस्था हो । पहिला त यथार्थमा कति संख्या छ भन्ने बारे रिपोर्ट लिइसकेपछि आवश्यक कदमहरु चाल्छौं । अन्त्यमा, जो भारतबाट आएर नाकामै छन, उनीहरुका विषयमा केही गर्नु पर्ने यहाँहरुले सोच्नु भएको छ ? अहिले तुरुन्तै त्यस बारे निर्णय भएको अवस्था छैन । वास्तवमा सरकारको निर्णय रोक्ने भन्ने नै हो । हामीले दुईटा कूरालाई सँसँगै हेर्नु पर्ने अवस्था छ । यता तिर नेपालीहरु आफ्नो देशभित्र फर्किन पाउने उहाँहरुको स्वभाविक चाहना हो । सँसँगै सरकारले गरेको निर्णय खास गरेर कोरोनाको संक्रमण देशभित्र नआओस् भन्नका लागि सरकारको पहिलो रणनीति हो । यी दुईटा कूराको बीचमा रहेर हामीले केही उपायहरु खोज्छौं । नेपालीहरुले धेरै दु.ख पाउनु नपरोस् भन्ने कूरामा सरकार सचेत छ । यो निर्णयको परिपेक्ष्यमा उहाँहरुलाई कसरी ल्याउन सकिन्छ भन्ने विषयमा सरकारले छिट्टै निर्णय गर्नेछ ।