नेपालमा पनि भेटियो कोरोना भाइरस, एक जना संक्रमित, ३ जना शंकामा
काठमाडौं । चीनबाट फैलिएको अनुमान गरिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि भेटिएको छ । एक नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको हो । यसअघि नेपालमा सो भाइरसको संक्रमण फेला परेको थिएन । चीनको हुवान प्रान्तबाट नेपाल आएका एक नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दियो । ती नेपाली ९ जनवरी (२४ पुस) मा चीनको हुवानबाट नेपाल आएका थिए । उनको उनमा कोरोनो भाइरस संक्रमणको लक्ष्यण देखापरेपछि स्वास्थ्य परीक्षण गरिएको थियो । उनको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्। टेकूमा स्वास्थ्य परीक्षण गर्दा संक्रमण भएको शंका गरिएको थियो । यस्तो शंका लागेपछि महाशाखाले २३ जनवरी (९ माघमा) परीक्षणका लागि हङकङको ल्यावमा नमुना पठाइएको थियो । यसरी नमुना परीक्षण गर्दा उनमा कारोना भाइरसको संक्रमण पुष्टी भएको हो । अन्य ३ जना नेपालीमा पनि कोरोना भाइरसको संक्रमण भएको शंका गरिएको मन्त्रालयले जानकारी दिएको छ । चिनियाँ भाइरस भनेर पनि चिनिने कोरोना भाइरसको संक्रमण चीन, कोरिया, जापानलगायत एसियाली देशमा फैलिएको छ । नेपालमा भने यो भाइरस पहिलो पटक देखिएको हो । सम्बन्धित सामग्री चिनियाँ भाइरसको त्रासमा एसियाः एयरपोर्टमा हेल्थ डेस्क राखेर सतर्कता अपनाउँदै नेपाल
कोरोना भाइरसको संक्रमण रोक्न चीन सरकारले लगायाे सार्वजनिक यातायातमा प्रतिबन्ध
बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणका कारण चीन सरकारले शुक्रबार यहाँका थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । सो भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेपछि शुक्रबार नौ ओटा शहरमा यातायातलगायतका सेवा र आवतजावत पनि बन्द गर्ने निर्णय सरकारले गरेको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । शुक्रबार बिहानसम्म यस भाइरसका कारण प्रभावित भएका भनिएका चीनका नौ ओटा शहरहरुमा सार्वजनिक यातायातको आवतजावत रोक्नुका साथै मानिसहरुका अत्यावश्यक बाहेकका सेवाहरु पनि रोकेको छ । अधिकारीहरुले यहाँका ३ करोड २० लाख व्यक्ति प्रभावित भएको चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । हुबेई प्रान्तमा जिङ्गजोउ अधिकारीहरुका अनुसार शहरबाट छुट्ने सबै रेल सेवाहरु शुक्रबार बिहानबाट बन्द भएका छन् । त्यसैगरी सार्वजनिक बस, यातायातका अन्य साधनहरु, पर्यटन बस, डुङ्गा आदिलाई अस्थायी रूपमा सञ्चालन पनि रोकिने बताइएको छ । यसरी सार्वजनिक सवारीमा लगाइएको यस किसीमको प्रतिबन्धबाट करिब ३ करोड २० लाख व्यक्ति पनि प्रभावित भएका प्राप्त समाचारमा जनाइएको छ । कोरोना भाइरस सङ्क्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियम गरिएको छ । वुहान शहरका हाल ८ सय ३० व्यक्ति यस भाइरसबाट सङ्क्रमित भएका राष्ट्रिय स्वास्थ्य विभागले जनाइएको छ । चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको सङ्क्रमण फैलिएको छ । तर बढी प्रभावित भएका भनिएका हुबेइ प्रान्तका नौ ओटा शहरमा यस्तो किसीमको प्रतिबन्धको घोषणा गरिएको बताइएको छ । ती शहरका स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको हो । यस भाइरसबाट हुबेई प्रान्तमा नै बढी व्यक्तिको ज्यान गएको छ । यस भाइरसबाट मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ । यो सङ्क्रमणको संख्यामा करिब पाँच हजार ९ सय जनालाई उपचारार्थ भर्ना गरिएको थियो । यी मध्ये १ सय ७७ व्यक्तिको अवस्था गम्भीर रहेको जनाइएको छ । यद्यपी यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । चीनको वुहानको जनसङ्ख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त सङ्क्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ । गत बुधबार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको सङ्क्रमण भेटिएको हो । त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् । दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस सङ्क्रमणका एक–एक जना भेटिएका छन् । चीनका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यस प्रकोपबाट अहिलेसम्ममा २६ जनाको ज्यान गएको बताएका छन् ।रासस
नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट, के के सेवामा पाउँछन् छुट ?
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकले चिरायु चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका हुन् । यससँगै बैंकका वैध कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरुले विभिन्न स्वास्थ्य सेवामा विशेष छुटको सुविधा पाउने छन् । अब बैंकका सबै कर्मचारीहरू, खाताधनीहरू र नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीहरूले चिरायु अस्पतालमा बेड शुल्क, अस्पतालभित्र गरिने परीक्षण, प्रक्रियागत शुल्क, शल्यक्रिया शुल्क र फार्मेसीमा छुट प्राप्त गर्नसक्ने छन् । चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युट (सीएनएचएमआई) ले आधुनिक सुविधाहरूसहित उत्कृष्ट प्रकारका साधारण था विशेषज्ञ चिकिसकीय सेवाहरू उपलब्ध गराउँदै आएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले हाल ८२ शाखा, १२४ एटीएम, १६ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५७ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।