पुरुषहरुमा देखिने प्रोष्टेट क्यान्सरको यस्ता छन् रोकथाम तथा आहार

काठमाडौं । प्रोष्टेट क्यान्सर विभिन्न क्यान्सर मध्ये दोश्रो उच्च जोखिम रहेको पाइएको छ । अमेरिकमा प्रत्येक नौ जना व्यक्ति मध्ये एक जना यस रोगको पिडित रहेको पाइएको अनुसन्धानले देखाएको छ । नेपालमा पनि दिनप्रतिदिन प्रोष्टेट क्यान्सरको संक्रमण बढ्दै गइरहेको छ । अहिले नेपालमा ७० देखि ७४ वर्षको जेष्ठ नागरिकहरुमा, पुरुष हरुमा ५९ देखि ६५ वर्ष को व्यक्तिमा समेत प्रोष्टेटको क्यान्सर भएको देखिएको छ । प्रोष्टेट क्यान्सर पुरुषहरुमा देखिने प्रमुख रोगहरु मध्ये एक हो । अव्यवस्थित रहनसहन, खानपान ,जीवनशैली, कम शारिरीक परिश्रम तथा उचित पोषणको कमीले गर्दा यो रोग लाग्ने गरेको पाइएको छ । धुम्रपान, मद्यपान, धेरै अरामदायी जीवन, बाहिरको खानाको अत्याधिक प्रयोग, बट्टा बन्द गरिएका खाना, जंकफुड तथा मैदाजन्य खानाको उपयोगले पनि प्रोष्टेटको समस्यालाई बढाउने गर्दछ । उचित मात्रामा स्वस्थकर र पोषिलो खानपान, शारिरीक व्यायाम, सन्तुलित भोजन, सकारात्मक सोचले यसको रोकथाम गर्न सकिन्छ । । के खाने ? रातो फलफूल तथा तरकारीः अमेरिकन इन्टिच्युट अफ क्यान्सर रिसर्चले हालसालै गरेको अनुसन्धान अनुसार रातो फलफूल तथा तरकारी जस्तै गोलभेडा, खरवुजा तथा रातो प्रकारका खाद्य पदार्थ जसमा रोग प्रतिरोधात्मक तत्व रहने भएकोले प्रोष्टेटको क्यान्सरको उच्च जोखिमलाई कम पुष्टि गरेको छ । फलफूल तथा हरियो सागपात र तरकारीहरुः हरियो सागपात तथा फलफूल रोगसँग लड्ने क्षमताले भरिपूर्ण गुणले प्रोष्टेट क्यान्सर हुनबाट जोगाउन मद्दत गर्दछ । फलफूलमा भएको यौगिक गुणले क्यान्सरसँग लड्ने क्षमता वृद्धि गर्दछ । यसमा रहेका यौगिक गुणले प्रोस्टेट क्यान्सरको प्रतिरक्षा गर्दछ । ब्रोकाउली, काउली, बन्दा ,सलगम यिनीहरूमा सल्फोराफाइन नामको रसायन हुन्छन् , जुन प्रोष्टेट क्यान्सर हुन बाट जोगाउने गर्दछन् । माछा तथा ओमेगा थ्रीः ओमेगा थ्री फ्याटी एसिडले प्रोष्टेट क्यान्सरको विरुद्धमा मूख्य भूमिका निर्वाह गरेको पाइएको छ । यो वनस्पती तथा जनावर दुवै प्रकारका पदार्थमा र विशेषगरी माछामा पाइन्छ । आलस, ओखर, वदाम तीलमा पनि ओमेगा थ्री पाइन्छ । यी खाद्य पदार्थको प्रयोगले पनि प्रोष्टेट क्यान्सरको जोखिमलाई न्युनीकरण गर्दछ । फोलिट एसिडयुक्त खानाः अमेरिकन क्यानसर समाजले सन् १९९० मा गरेको एक अनुसन्धानले शरीरमा फोलिट एसिडको कमी भएमा प्रोष्टेट क्याक्सरको खतरा बढी हुने देखाएको थियो । गेडागुडी, दालहरु, हरियो सागपात, ओट्समा फोलिट पाइने भएकोले यस्ता खानेकुराहरु खाने गर्नु पर्दछ । सोयाविन, तोफुमा पनि प्रोष्टेट क्यान्सरको जोखिम घटाउन तत्व रहेको हुन्छ । ग्रिन टी को सेवनः अन्य चिया, कफीको सट्टा ग्रीनटीको सेवन स्वस्थकर हुन्छ, सन् २०१४ मा गरिएको एउटा अध्ययनले ग्रिनटीको सेवन प्रोष्टेटको क्यान्सर न्युनीकरण गर्न सफल भएको देखाएको थियो । फलफूल तथा यसबाट बनेको कैन्डी ताजा तरकारी तथा यसबाट प्रशोधित पदार्थ । बदाम तथा बिउहरु । गोलभेडाः गोलभेडा, रातो फलफूल तरकारीमा लाइकोपेन नामको एनटी ओक्सिडेनट हुन्छ , जुन क्यान्सरसँग लड्न मद्दत गर्दछन् । त्यस्तै अनार, रातो भेन्डे खुर्सानी , अंगुर आदिको सेवन गर्नुपर्छ । टोफूः २०१८ मा गरिएको एउटा अनुसन्धानबाट टोफूको प्रयोगले यसको जोखिम कम भएको पुष्टि गरिएको थियो । सोयाबिनमा भएको आइसोफ्लाबिन तत्व जुन वनस्पतिजन्य योगिक तत्व फाइटोकेमिकल हुन्छ , त्यस्तै सिमि, मटरकोसा, रातो दाल, आदिको सेवन राम्रो मानिन्छ । के नखाने ? अत्याधिक तापक्रममा पकाएको मासुः मासु यसै पनि प्रोष्टेटको क्यान्सरको खतरा बढाउने खाना हो, त्यसमा पनि अत्याधिक तापक्रममा पकाइएको मासुले यसको जोखिम अझै बढाउँछ । जनावरबाट प्राप्त चिल्लो पदार्थः सन् २०१४ मा गरिएको एक अध्ययनले जनावरबाट उत्पादन गरिएको चिल्लो पदार्थको अत्याधिक प्रयोगले प्रोष्टेट क्यान्सरको उच्च जोखिम रहेको देखाएको छ । चिज, बटर, नौनी, रातो बोसोयक्त मासुको प्रयोग सकेसम्म कम गर्नु उपयुक्त हुन्छ । दुग्ध पदार्थः दुग्ध पदार्थको अत्याधिक प्रयोग पनि प्रोष्टेटको क्यान्सरको कारक बन्न सक्छ । चुरोट, विडी, खैनी आदिः धुम्रपानले धेरै रोगहरु निम्त्याउँछ । छाती तथा फोक्सोको रोगको साथै प्रोष्टेटको समस्या समेत चुरोट, विडी, खैनी जस्ता बस्तुको सेवनले बढाउने भएकोले यस्ता बस्तुको सेवन गर्नु हुदैन । धेरै मोटोपना तथा धेरै कम तौल हुनु पनि प्रोष्टेटको समस्याको आधार हुन सक्दछन् । त्यसैले आफ्नो तौल नियन्त्रणमा राख्नु पर्दछ । सहि तथा सन्तुलित, भोजन आदिको सेननले तन्दुरुस्त व्यक्तिलाई प्रोष्टेट तथा अन्य रोगहरुको समेत कम जोखिम हुने हुनाले शारिरीक व्यायाम तथा सन्तुलित आहारको प्रयोग गर्नु पर्दछ । पौडी खेल्नु, योग गर्नु, फटाफट हिंड्नु, दौडनु, साइकल चलाउनु, डोरी खेल्नु तन्दुरुस्त हुने सरल उपायहरु हुन्, यी उपायहरु अपनाएर प्रोष्टेट तथा अन्य रोगहरुबाट आाफूलाई बचाउन सकिन्छ । धेरै तारेको , फ्राइ, प्यााकेजको सामान, मैदाको खानेकुरा , अत्याधिक चिल्लो पदार्थको उपभोग राम्रो मानिदैन। सकरात्मक सोचाइ , सक्रिय जीवनशैली , समयमा सुत्ने , उठ्ने , एउटा सरल बानी आदिको संयोजनमा रोगहरुबाट बच्न सकिन्छ ।  

कोरोना भाइरस भित्रिन नदिन महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

महोत्तरी । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका भारतीय सीमावर्ती नाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, इटहर्वाकट्टी, कट्टी, सिसवाकटैया, बथनाहा, मरुवाही, भिठ्ठामोर र मटिहानीसहितका स्थानमा डेस्क सञ्चालनमा ल्याइएको वरिष्ठ स्वास्थ्य प्रशासक नागेन्द्रप्रसाद चौधरीले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय ती स्थानमा डेस्क स्थापना गरेको उनले बताए । उपकरणसहित दुई–दुई जना स्वास्थ्यकर्मी खटाइएका छ । नाका हुँदै नेपाल प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच गरिन थालिएको छ । आवश्यकताअनुसार जनशक्ति थप्ने र अनुगमनको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । रासस

बालबालिकामा ब्लड क्यान्सरको निको हुने दर ९० प्रतिशत, नेपालमा छैनन् विशेषज्ञ डाक्टर

यो एकदमै छिटो रक्तप्रवाहको माध्यमबाट स्वस्थ कोषहरुमा सर्दछ । यसले शरीरमा संक्रमणको साथै अन्य समस्याहरु निम्ताउने गर्दछ । बच्चालाई क्यान्सर हुन जति गाह्रो छ तर धेरै जसो बच्चा र किशोरकिशोरीलाई हुने ल्युकेमियाको सफलता पूर्वक उपचार गर्न सकिने विज्ञले बताएका छन् । किन हुन्छ ल्युकेमिया ? के कारणले ब्लड क्यान्सर हुन्छ भन्ने यकिन नभएको बालबालिका क्यान्सर रोग विशेषज्ञ डा. सुधीर सापकोटा बताउँछन् । ‘यही कारणले बालबालिकामा क्यान्सर हुन्छ भन्ने नदेखिए पनि केही यस्ता कारणहरु छन्, जसले ब्लड क्यान्सर हुने सम्भावन बढेर जान्छ । आमाले गर्भवती अवस्थामा धुम्रपान गर्नु, परिवारमा कसैलाई क्यान्सर हुनु यसका कारण हुन सक्छन्,’ डा. सापकोटाले भने । लक्षण ब्लड क्यान्सरको प्रारम्भिक अवस्थामा पहिचान गर्न सके यसको सफल उपचार हुन्छ । सामान्य लक्षणहरु –लामो समयसम्म ज्वरो आउनु –अत्याधिक थकान तथा कमजोर महसुुस हुनु –खोकी लाग्नु –सास फेर्न गाह्रो हुनु –सजिलै चोटपटक लाग्नु र रगत बग्न बन्द नहुनु अन्य लक्षणहरु –हाडजाेर्नी दुख्ने –अनुहार, हात, पेट सुन्निने –भोक नलाग्ने, ताैल घट्ने –वान्ता हुने विकसित देशमा निको हुने दर धेरै कुनै पनि विकसित देशमा जन्मिएको बालबालिकामा क्यान्सर निको हुने दर ८० प्रतिशत छ । अफ्रिका जस्तो देशमा जन्मिएका बालबालिकाको निको हुने दर २० प्रतिशत हुने विभिन्न अध्यनले देखाएकाे डा. सापकोटा बताउँछन् । नेपालमा यसको यकिन तथ्यांक नभए पनि निको हुने सम्भावना करिब ४० प्रतिशत रहेको उनको भनाइ छ । नेपालमा बालबालिकाको क्यान्सरको अवस्था सन् २०१८ मा विश्वभर थप ३ लाख बालबालिकामा क्यान्सर लागेकाे फेला पर्याे । याे तथ्यांक अनुसार प्रतिदिन ८ सयभन्दा बढी बालबालिकामा क्यान्सरका नयाँ केसहरु देखिन्छन् । नेपालमा १५ वर्षसम्मका बालबालिकाको संख्या कूल जनसंख्याको ३५ प्रतिशत छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययनले देखाए अनुसार नेपालमा पनि प्रत्येक वर्ष १५ सयदेखि २ हजार बालबालिकामा क्यान्सर लागेको हुन सक्ने भएपनि जम्मा ३ सय ५० बालबालिकामा क्यान्सर भएको फेला परेको छ । प्राथमिक तहमा क्यान्सर भए नभएको परीक्षण हुनै नसकेका कारण नेपालमा क्यान्सर पीडितको संख्या कम भएको हुन सक्ने विज्ञले बताए ।यसैकारण क्यान्सर भएको यकिन तथ्यांक नआउने र क्यान्सर भए नभएको पत्ता लगाउने दक्ष जनशक्ति र उपकरणको अभाव रहेको डाक्टरहरुको भनाइ छ । बालबालिकामा सबैभन्दा बढी ब्लड क्यान्सर सरकारी निकायसँग नेपालमा क्यान्सर पीडित बालबालिकाकाे यकिन तथ्यांक छैन । तर, ग्राण्डी अस्पतालको तथ्यांक अनुसार क्यान्सर भएकामध्ये ४५ प्रतिशत बालबालिकामा ब्लड क्यान्सर देखिएको छ, जुन अन्तराष्ट्रियस्तरको तथ्यांकसँग मिल्न जान्छ । यस्तै, १४ प्रतिशतमा आँखाको क्यान्सर (रेटिनोब्लास्ट), ११ प्रतिशतमा किड्नीको क्यान्सर (विल्मस ट्युमर), ९ प्रतिशतमा लिम्पलोमा क्यान्सर, ७ प्रतिशतमा न्युरोब्लास्टोमा, ४ प्रतिशत जेलसेल ट्युमर र बाँकी अन्य क्यान्सर रहेको छ । निको हुने दर ९० प्रतिशत अन्तराष्ट्रिय तथ्यांक हेर्दा बालबालिकामा देखिने क्यान्सर समग्रमा निको हुने दर ८८ प्रतिशत छ । यसमा सबैभन्दा धेरै होडकिन लिमफोमाको ९७ प्रतिशत छ । यस्तै, ब्लड क्यान्सरको निको हुने दर ९०.६ प्रतिशत छ । नेपालको अवस्थामा हेर्ने हो भने टाईफाईड जस्तो रोगको पनि निको हुने दर ९० प्रतिशतभन्दा माथि जाँदैन, जबकि क्यान्सर जस्तो भयावह मानिने यो रोग बालबालिकामा भने सजिलै निको हुन सक्ने डा. सापकोटा बताउँछन् । बच्चाले केमोथेरापी धान्दैन भन्नु गलत सानो उमेर भएकोले बालबालिकाको शरीरले केमोथेरापी धान्न सक्दैनन् भन्ने धेरैको बुझाई छ । तर, यो बुझाई गलत रहेको डा. सापकोटा बताउँछन् । ठुलो मानिसमा विभिन्न प्रकारको रोग हुने तर बालबालिकाहरुमा कुनै पनि प्रकारको रोग नभएको कारण उनीहरुले सजिलै केमोथेरापी लिन सक्ने र जसले उपचारको सम्भावना बढी हुने डा. सापकोटाले बताए । ३ वटा मात्रै सरकारी अस्पताल बालबालिकामा देखिने क्यान्सरको उपचार गर्न नेपालमा ३ वटा मात्रै सरकारी अस्पताल छन् । काठमाडौंको कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्र यसको उपचार हुन्छ । २ जना मात्रै विशेषज्ञ डाक्टर नेपालमा हाल सरकारीस्तरमा दुईजना मात्रै तालिम प्राप्त बालबालिका क्यान्सर रोग विशेषज्ञ छन् । यसबाहेक थोरै संख्यामा केही प्राईभेट अस्पतालमा रहेका छन् । यस्तै तालिम प्राप्त नर्स एक जना पनि छैनन् ।