घरमा बसेर कोरोना मात्रै यादमा आउँछ ? छिनमै भुल्ने विशेषज्ञ डाक्टरको सल्लाह यस्ताे छ

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढिरहँदा सबै यो देखेर त्रसित छन् । कतै मलाई पनि कोरोना लाग्ने त होइन भन्ने डर मानिसमा बढ्दै छ । सरकारले पनि कोरोनाको जोखिम न्युनिकरणका लागि देशैभर लकडाउनको घोषणा गरिसकेको छ । अहिले सबै मानिसहरु घरमा छन् । यो समय अरुभन्दा पनि कोरोनाको डरले कोरोना मात्रै यादमा आएको पनि हुन सक्छ । यदि तपाइलाई पनि यस्तै हुन्छ भने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले कोरोनालाई मनबाट हटाउन र घरमा बसेर निम्ललिखित कार्यहरु गर्न सकिन्छ भनेर सुझाव दिएका छन् । कोरोनाको संक्रमण रोक्न र भुल्न घरभित्र के गर्ने? ड्ड कोरोना भाइरस ओसिलो ठाउँ, फलाम, प्लास्टिक, घाम नलाग्ने कोठा तथा सवारीसाधनमा ४ घण्टादेखि १ हप्तासम्म बाँच्न सक्छ। यो लक डाउनको अवधिमा साबुन पानी वा स्प्रिट कपासले गाडी, ढोकाको ह्यान्डल, ग्रिल, टेबल, कुर्सि लगायतका सामान सफा गरौँ । -लगाउने तथा ओच्छ्यानका कपडा दैनिक घाममा सुकाउने गरौँ । – कोठामा घाम, हावा ओहोरदोहोर गर्ने व्यवस्था गरौँ । – आफूले लगाएका औंठी, सिक्री, डोरी, घडी, ब्रासलेट आदि सफा गरौँ । – परिवारका सबै सदस्यको लागि १÷१ वटा निजी साबुन र साना सफा टाबेलको व्यवस्था गरौँ । – घरमा रहेका ड्रम, बाल्टिन, मग, बाटादेखि अन्य भाँडाकुँडा माझेर घाममा सुकाउने गरौँ । – दैनिक नुहाउने र घाम ताप्ने गरौँ । – भर्यांङ तथा कौसीको रेलिङ सफा गरौँ । – आफ्ना निजी सामान जस्तै मोबाइल फोन, ब्याग आदिलाई सफा गरेर घाम सुकाऔं। – पटकपटक हात धुने गरौँ । – सफा गर्दा डेटोल, स्प्रिट, साबुन पानी प्रयोग गर्न सकिन्छ। – घरमा बस्दा स्यानिटाइजरको प्रयोग नगरौं। साबुनपानी नै हितकारी हुन्छ। – घरमा बसेर अध्ययनशील बनौं यी सबै कार्य गर्यो भने तपाई व्यस्त हुन सक्नुहुन्छ र तपाइलाई कोरोनाको याद आउँदैन । यी कार्य गर्दा काेराेनाबाट बच्न पनि सकिन्छ । जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डेको फेसबुक पेजबाट

कोरोना पुष्टि भएका बिरामीलाई टेकुबाट पाटन अस्पतालमा ‘सिफ्ट’ गरिने

काठमाडौं । कोरोना भाईरस भएको पुष्टि भएका बिरामीलाई पाटन अस्पतालमा स्तानतरण (सिफ्ट) गराई उपचार गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ । कोरोना भाइरससँग सम्बन्धित नियमित बिफ्रिङमा बुधबार मन्त्री ढकालले बिहान पाटन अस्पतालको निरीक्षण गर्ने क्रममा शुक्रराज ट्रपिकल अस्पतालबाट पाटन अस्पतालमा स्तानतरण गर्न विषयमा छलफल भएकाे बताएका हुन् । टेकु स्थित शुक्रराज ट्रपिकल अस्पताललाई परीक्षण र समाधान गर्न माध्यम अस्पताल बनाउने  मन्त्री ढकालले बताए ।

म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँ पनि घरमै बस्नुहोस् : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गरेका छन्। बुधबार प्रधानम्नत्री ओली ट्वीट गर्दै सबैलाई घरमा बस्न आग्रह गरेका हुन्। ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस्,’ओलीको सन्देशमा भनिएको छ । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को बुधबार दोस्रो दिन प्रधानमन्त्री ओलीले ट्वीट गरेका हुन् ।