कोरोना लागेको भन्दै कञ्चनपुरमा सातजनालाई घरबाट निकालियो
काठमाडौं । सूदुरपश्चिमको कञ्चनपुरमा कोरोना भाइरस लागेको भन्दै सातजनालाई घरबाट निकालिएको छ । जिल्लाको बेलडाँडी गाउँपालिकाको एक गाउँमा उनीहरुलाई कोरोना लागेको भन्दै घरबाट निकालिएको बताइएको छ । उनीहरु केहीदिन अघि मात्रै भारतबाट घर फर्केका थिए । भारतमा कोरोना संक्रमण फैलिएको र उनीहरुलाई पनि कोरोना लागेको हुन सक्छ भन्दै घरबाट निकालिएको बताइएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका १ कि खिमादेबी दमाईलगायत सात जना कोरोनाको त्रासका कारण भारतबाट आएर बेलडाँडी गाउँपालिका २ स्थित आफ्ना छोरी ज्वाँईका घरमा आएका थिए। तर, ज्वाँईका बुबाले उनीहरुलाई घरबाट निकालेका हुन् । खिमाका सम्धिसम्धिनीले कोरोना भाइरस (कोभिड(१९) ल्याएको भन्दै घरबाट निकालि दिएका थिए । उनीहरूदाई घरबाट निकलेपछि बेलडाँडी गाउँपालिका गन्यापधुरा गाउँपालिका प्रमुख नवल बहादुर मल्लसँग समन्वय गरेर घरसम्म नै पुर्याउने प्रबन्ध मिलाएको छ ।
लकडाउनको समयमा गर्भवतीलाई परामर्श चाहिए यी ३ नम्बरमा सम्पर्क गर्नुहोस्
काठमाडौं । लक डाउनको समयमा गर्भवतीहरुलाई मिडवाईफ सोसाईटी अफ नेपालले फोनमार्फत सेवा दिने घोषणा गरेको छ । सरकारले कोरोनाको त्रासलाई मध्यनजर गर्दै गरेको लकडाउनमा गर्भवती महिलालाई केही समस्या आइपरेको खण्डमा मिडवाईफ सोसाईटी अफ नेपालले फोनमार्फत सेवा दिने घोषण गरेका हो । कुनै पनि गर्भवती महिलाले परामर्श लिनको लागि रुकुमणी त्रिपाठीको नम्बर ९८४९२६३३५०, सबिता खड्काको नम्बर ९८४३२६६११५ र प्रशंसा बुढा लामाको नम्बर ९८२३०९८०३८ मा सम्पर्क गर्न सक्नेछन् ।
काठमाडौं महानगरले विदेशबाट फर्किएकाहरूकाे तथ्याङ्क संकलन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले गएको १८ फागुन पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क संकलन गर्ने भएको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण थप फैलन नदिन महानगरले तथ्याङ्क संकलन गर्ने भएकाे हो । नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले महानगरले तथ्याङ्क लिन ३२ यस्तै, महानगरले आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमित रूपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यक्रममा प्रहरीको समेत सहयोग लिई सहजीकरण गर्ने उल्लेख छ ।