विद्यालयहरुलाई चैत्र ५ गते अगाडि नै परीक्षा सक्न सरकारको आग्रह (सूचनासहित)

काठमाडौं । सरकारले विद्यालयहरुलाई चैत्र ५ गते अगाडि नै परीक्षा सक्न आग्रह गरेको छ । काेराेना भाइरसकाे संक्रमण र सन्त्रास बढ्दै गएको बेला सावधानी अपनाउनका लागि सरकारले यस्ताे  आग्रह गरेकाे हाे । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको हो । यसका साथै सरकारले विद्यालयमा सभा, समारोह तथा भेला हुने क्रियाकलाप नगर्न पनि आग्रह गरेको छ ।

बजारका मास्क संकलन गर्दै स्वास्थ्य मन्त्रालय, पहिलो दिनमै २५ हजार जम्मा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजारबाट संकलन गरि मास्कको भण्डारण शुरु गरेको छ । औषधी व्यवस्था विभागसँगकाे समन्वयमा मन्त्रालयले मास्क संकलन गरि भण्डारण शुर गरेको हो । मन्त्रलायले पहिलो दिन २५ हजार मास्क संकलन गरेको प्रवक्ता विकास देवकोटाले बताए ।संसारभरमा कोरोना (कोभिड–१९) को संक्रमण बढेसँगै मास्कको अभाव महसुुस भएपछि मन्त्रालयले मास्क भण्डारण सुरु गरेको उनले बताए । नेपालमा मास्क उत्पादन गर्न ३ वटा कम्पनि रहेको छ । नेपाल आफ्नै भने मास्क उत्पादन गर्न क्षमता एकदमै न्युन छ अझ त्यसमाथि मास्क बन्ने कच्चा पदार्थ पनि बाहिरबाट आउने भएकोले मास्क उत्पादन झनै कम भएको र बजारमा नदेखिएको देवकोटाले बताए । नेपालमा सबैभन्दा धेरै मास्क चीनबाट आउने मास्क व्यापारी रमा भण्डारी बताउँछिन् । उनी भन्छिन्, ‘मास्कको व्यापार नै ठप्प भएको छ । चीनबाट नेपालले सबैभन्दा धेरै मास्क आयत गर्दछ । भारतबाट पनि नेपालले मास्क आयत गर्दछ तर त्यहाँ पनि चीनबाट नै आयत हुने भएकोले सबैतर्फ नै समस्या नै छ । अझ भारतमा त १६ भारुमा बिक्रि भईरहेको छ अहिले । काेरेाना (कोभिड–१९) काे कारण बजारमा मास्कको अभाव प्रत्यक्ष रुपमा देखिएको छ । पाए पनि निकै कमले १० रुपैंयामा र धेरैले ३५ देखि ५० रुपैंयासम्म लिन गरेका छन् । मास्कको कालोबजारी गरेको पाईएमा कारबाही हुने तर के कारबाही गर्न भन्ने अहिलेसम्म तय नभएको देवकोटाले बताए ।

कोरोना भाइरस विशेषज्ञ डा.बास्तोला भन्छन्ः ‘कोरोना लाग्दैमा मान्छे मर्दैन’

  काठमाडौं । यतिखेर विश्वभर कोरोना (कोभिड–१९) को त्रास छ । चीनबाट सुरु भएको भनिएको कोरोना भएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभरका नागरिकरुमा डर त्रास र भयको वातावरण सिर्जना भएको छ । कोरोनाको संक्रमण भइसकेपछि मानिस मरिहाल्छ भन्ने मनासय मानिसहरुले बनाइसकेका छन् । यसले पनि उनीहरुमा त्रासको वातावरण बढी भएको हो । मानिसहरुमा कोरोनाको त्रास व्याप्त भइरहेको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाले कोरोना भाइरस लाग्दैमा मृत्यु भइहाल्ने कुरा गलत भएको बताएका छन् । मंगलबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै डा. बास्तोलाले कोरोना लाग्दैमा मान्छे मरिहाल्छ भन्नु भ्रम रहेको बताए । वैज्ञानिक तथ्यले कोरोना लागेका ८० देखि ८२ प्रतिशत मानिसहरु सामान्य रुघाखोकी लागेर केही दिनमै अस्पतालमा भर्ना नभई निको भएको देखाएको छ । अन्य व्यक्तिमा निमोनियाको लक्षणहरु देखा परी फोक्सोमा पानी जम्मा हुने, विभिन्न अंगहरुले काम गर्न छोड्ने भई मृत्यु हुने गरेको छ । प्रत्येक एक सय जना व्यक्तिमा कोरोनाको कारण २ देखि ३ जनाको मृत्यु भएको देखिएको डा. बास्तोला बताउँछन् । कोरोना लागेर मृत्यु हुने सबैभन्दा बढी ६० वर्षभन्दा माथिका दीर्घरोगी भएको र त्यसमा पनि मुटुरोग लागेकाहरु सबैभन्दा बढी भएको उनको भनाइ छ । त्यसपछि फोक्सोका रोगी, चिनि रोगी र क्यान्सर तथा अन्य रोगसँग लड्न सक्ने क्षमता कम भएका व्यक्तिहरुको मृत्य भएको बास्तोलाले बताए । ‘६० वर्षभन्दा कम उमेरका मृत्यु हुने मानिसहरु निकै कम रहेका छन्, कोरोना लाग्ने बित्तिकै मर्छन् भन्ने भ्रम मानिसहरुमा छ, यसबाट कसैले डराउनु पर्दन’, उनले भने । अहिलेसम्म नेपालमा एक व्यक्ति बाहेक अन्यमा कोरोनाको संक्रमण देखिएको छैन । एक व्यक्तिमा भएको कोरोना पनि आफै निको भई बाँकी जाँच भएकाहरु सबैमा नेगेटिभ देखिएको छ । यस्तै, शुक्रराज ट्रपिकल अस्पतालमा भएका ५ जना व्यक्तिहरुको नतिजा केही घण्टामै आउने डा. बास्तोलाले बताए । हालसम्म विश्वमा कोरोना भाइरस संक्रमणका कारण ३ हजार १ सय २० को मृत्यु भईसकेको छ । संसारभरमा कोरोनाको संक्रमणमा ९३ हजार भन्दा बढि मानिसहरु रहेका छन् । जसमा चीनमा ८० हजार ५२, दक्षिण कोरीयामा ५ हजार १ सय ८६, ईटालीमा २ हजार ३६, ईरानमा १ हजार ५ सय रहेका छन् । डायमन्ड प्रिन्सेन सिपमा ७ सय ६ जना, जापानमा २ सय ७४, फ्रान्समा १ सय ९१, जर्मनीमा १ सय ६५ र स्पेनमा १ सय २० जना संक्रमित भएका छन् । हाल सम्म ४८ हजार २ सय ५३ जना कारोना लागेर पनि निको भइसकेका छन् । संक्रमणबाट बच्न नेपाल सरकारले समेत पूर्व सावधानी अपनाइरहेको छ । विमानस्थलदेखि अन्तर्राष्ट्रिय सीमा-नाकासम्म चेकजाँचको प्रबन्ध मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी तयारी सँगसँगै सर्वसाधारण नेपालीले समेत कोरोना संक्रमणको त्रासबाट मुक्त हुन मानसिक तयारी गर्नुपर्ने डाक्टर बताउँछन् । डाटरहरुले कोरोनालाई लिएर बढी चिन्तित नहुन सुझाव दिएका छन् । जनस्वास्थ्य विज्ञ डा‍. रवीन्द्र पाण्डेको काेराेना हुन नदिन धेरै उपायहरु अपनाउन सकिने बताएका छन् । कसरी सावधानी अपनाउन सकिन्छ ? – कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घ रोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ । – कोरोना सर्योन भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन । – कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने । – कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ । तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन । – कोरोनाविरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि शहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ ९३ महिनाको जोहो गर्दा राम्रो हुन्छ । जस्तैः नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि । – शहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ । – विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दबाब झेल्नु पर्दैन । – बजारमा मास्कको अभाव छ । कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने गर्यो् भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्कभन्दा पंजा महत्त्वपूर्ण छ । – बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ । – कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ९टेन्ट० आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य संघ, विदेशी स्वयंसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् । – कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी शुरू भएको छ । तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ । – कोरोना भाइरसविरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ । – क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन । – यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, विना काम घर बाहिर नजाने गर्दा ९०५ रोकथाम हुन्छ ।