गण्डकी प्रदेशमा ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय १३
काठमाडौं । आइतबार विहानै गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ३८ जना पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ सय १३ पुगेकाे छ । संक्रमित हुनेहरुमा स्याङ्जा वालिङ नगरपालिका निवासी १३ जना र भिरकोट नगरपालिका निवासी १ जना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै बाग्लुङ बडिगाड गाँउपालिका ९ जना पुरुष र ढोरपाटन गाँउपालिका निवासी १ जना पुरुष सहित बाग्लुङ्मा एकैचोटी १० जनामा कोरोना पुष्टि भएको छ । यता गोरखा जिल्लाको पालुङटार नगरपालिकामा १ र गण्डकी नगरपालिका ९ जनामा कोरोना देखिएको छ । भने नवलपरासी वर्दघाट सुस पूर्वको हुप्सेकोट गाँउपालिका ४ जनामा कोरोना पुष्टि भएको निर्देशक डा. शर्माले जानकारी दिए । हाल सबै संक्रमितहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भइरहेको जनाएका छन् ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६९ लाख ६६ हजार ४ सय १२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख १ हजार ६ सय ७ जनाको मृत्यु भइसकेको छ भने ३४ लाख ४ हजार ४ सय १५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १२ हजार ९६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १९ लाख ८८ हजार ४ सय ६१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ भने अहिलेसम्म ६ हजार ९ सय ४६ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३ हजार २ सय ३५ जना संक्रमित भएका छन् भने १३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३६५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार: वल्डोमिटर)
शनिबार उपत्यकामा मात्र थप ५ जनामा कोरोना पुष्टि
काठमाडौं । शनिवार काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरमा १ जना र काठमाडौंमा ४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए । राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौं महानगरपालिका निवासी ३१, ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुर कमलविनायककी ३१ वर्षीया महिला रहेको मन्त्रालयले जानकारी दिएको छ । आजमात्र ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा ३ हजार २ सय ३५ जना कोरोना संक्रमित छन् भने ३ सय ६५ जना उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै १३ जनाको मृत्यु भइसकेको छ ।