एक सय २ जना काेराेना संक्रमित निकाे भएर घर फर्किए

काठमाडौं । आईतबार एक सय दुई जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार एक सय दुई जना काेराेना निकाे भएर घर फर्किएकाे जनाएकाे छ । याेसँगै नेपालमा काेराेना निकाे हुनेकाे संख्या ४ सय ६७ पुगेकाे छ भने संक्रमितकाे संख्या ३४ सय ४८ पुगेको छ जसमध्ये १३ जनाले ज्यान गुमाएका छन्

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमलाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका पुर्व निर्देशक रहेका गाैतमले आईतबार  प्रवक्ताको जिम्मेवारी पाएका हुन् । उनी भाेलीदेखि स्वास्थ्य मन्त्रालयकाे काेभिड १९ काे नियमित लाईभ मार्फत उपस्थित हुनेछन् ।उनलाई बिहिबार मन्त्रालय तानिएकाे थियाे र उनकाे जिम्मेवारी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रालाई दिइएको छ । यस्तै विकास देवकाेटालाई भने मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ।  

थप दुई सय १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३४ सय नाघ्याे

काठमाडौं । आईतबार थप दुई सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३४ सय नाघेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले थप दुई सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ। तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४ सय ६७ जना डिस्चार्ज भएका छन्।