विश्वभर १ करोड १७ लाखभन्दा बढी काेराेना संक्रमित, निको हुनेको संख्या ६६ लाख बढी

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड १७ लाख ३१ हजार ८ सय ३६ जना संक्रमित भइसकेका छन् । नेपाली समयअनुसार सोमबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ४० हजार १ सय १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ६६ लाख २२ हजारभन्दा बढी मानिस निको भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३० लाख ३९ हजार ९ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३२ हजार ९ सयभन्दा बढी रहेका छन् । उपचारपछि १३ लाख १० हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ७ लाख २० हजार ३ सय ४६ जना संक्रमित पुगेका छन् । २० हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ भने ४ लाख ४० हजार उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १५ हजार ९ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ६ हजार ८ सय ११ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)

सल्यान अस्पतालकाे सेवा आजदेखि पुनःसञ्चालन

सल्यान । सल्यान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि बन्द केही सेवा आजदेखि पुनःसञ्चालन भएको छ । यही असार ९ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि असार ११ गतेदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो । करीब डेढ हप्तादेखि अवरुद्ध काम आजदेखि पुनः सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए । असार २१ गते कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीसहित जिल्ला अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा बन्द भएकामा आजदेखि नियमित रुपमा पुनःसञ्चालन भएको अस्पतालले जनाएको छ । रासस

नेपालमा थप १ सय ८० जनामा कोरोना पुष्टि, सबैभन्दा बढी उपत्यकामा

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ८० जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १५ हजार ९ सय ६४ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ६८ सय ११ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ५५ हजार ७ सय २८ काे पिसिआर विधि र ३ लाख ११ हजार ७ सय ६४ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर २९ हजार २ सय १५ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार १ सय १८ जना आईसाेलेसनमा रहेका छन् । सम्बन्धित समाचारः काठमाडाैं उपत्यकामा एकैदिन थपिए ५४ जना कोरोना संक्रमित, अहिलेसम्मकै उच्च