काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना देखियाे

काठमाडौं । काठमाडौंमा १४ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै पाटन अस्पतालको प्रयोगशालामा भक्तपुर ४ जना, काठमाडौं १२ जना, ललितपुरका १० जनामा कोरोना संक्रमण भएको छ। यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।

थप २ सय ४ जनामा काेराेना देखियाे

काठमाडाैं । पछिल्लो २४ घण्टा यता थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ४ जनामा कोराेना भाइरस देखिएको बताए । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।

कोरोना संक्रमित पत्रकारले अस्पतालको चौथो तलाबाट हाम फाले

काठमाडाैं । भारतमा एक जना काेराेना संक्रमित पत्रकारले अस्पतालकाे चाैथाे तलाबाट हाम फालेकाे जनाइएकाे छ । दिल्लीमा अखिल भारतीय आयुर्विज्ञान संस्थानमा कोरोना भाइरसको उपचार गराइरहेका एक ३७ वर्षीय पत्रकारले सोमबार दिउँसो अस्पतालको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेकाे भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उनी  एक हिन्दी पत्रिकाका लागि काम गर्थे । अस्पतालबाट हाम फालेपछि उनलाई तत्काल आइसीयूमा राखिएपनि उनको ज्यान बचाउन नसकिएको बताइएकाे छ ।