विश्वमा संक्रमितको १ करोड २१ लाख नाघ्यो, उपचारपछि निको भए ७० लाख बढी
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड २१ लाख ५५ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार विहीबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ५१ हजार १ सय ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७० लाख २५ हजारभन्दा बढी मानिस निको भएका छन् । पछिल्लो २४ घण्टा यता विश्वमा २ लाख १३ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ, भने ५ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा ३१ लाख ५८ हजार ७ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ८ सयभन्दा बढी रहेका छन् । उपचारपछि १३ लाख ९४ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टा यता अमेरिकामा करिब ९ सय जनाको कोरोनाबाट मृत्यु भएको छ । ब्राजिलमा करिब १२ सय जनाको एक दिनमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाले भयाहक स्थित पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६८ हजारभन्दा बढी रहेका छन् । ब्राजिलमा १७ लाख १६ हजार २ सय मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । निको हुनेको संख्या ११ लाख १७ हजार पुगेको छ । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ७ लाख ६९ हजारभन्दा बढी संक्रमित छन् । २१ हजार १ सय ४४ जनाको मृत्यु भइसकेको छ भने ४ लाख ७६ हजार उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १६ हजार ४ सय २३ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ७ हजार ७ सय ५२ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)
नेपालकाे पाँच जिल्ला काेराेना संक्रमित मुक्त
काठमाडाैं । नेपालकाे पाँच जिल्ला काेराेना संक्रमित मुक्त भएका छन् । बुधबार भएकाे मन्त्रालयकाे नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालकाे पाँच जिल्ला काेराेना संक्रमित मुक्त भएकाे बताएका हुन् । उनले धनकुटा, भाेजपुर, साेलुखुम्बु, मुस्ताङ र हुम्ला जिल्ला काेराेना संक्रमित मुक्त भएका बताए । बुधबार नेपालमा २ सय ५५ जना काेराेना संक्रमित थपिएका छन् भने २ सय ५३ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ४ सय २३ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ७७ सय ५२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।
काठमाडाैं उपत्यकामा थपिए २३ जना कोरोना संक्रमित
काठमाडाैं । बुधबार काठमाडौं उपत्यकामा एकैदिन २३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे १६ जना, ललितपुरकाे ७ जना रहेकाे गाैतमले बताए । बुधबार नेपालमा २ सय ५५ जना काेराेना संक्रमित थपिएका छन् भने २ सय ५३ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ४ सय २३ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ७७ सय ५२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।