के तपाईंको नक्कली नङ लगाउने बानी छ ? हुनसक्छ क्यान्सर

काठमाडौैं । बेलायतकी ३५ वर्षीया लुसी थोमसलाई नक्कली नङ अर्थात एक्रिलिक नङ लगाउने बानी थियो । 

करिब दुई वर्षअघि उनले एक्रिलिक नङ हटाएपछि आफ्नो बूढी औंलाको नङमा कालो रेखा देखिन् । सुरुमा उनले नङमा चोट लागेको होला भनेर खासै ध्यान दिइनन् । तर साथीले डाक्टरलाई देखाउन सुझाव दिएपछि उनी जाँचका लागि गइन् ।

जाँचपछि डाक्टरहरूले नङमुनि हुने दुर्लभ प्रकारको छालाको क्यान्सर हुनसक्ने आशंका गरे । थप परीक्षण गर्दा नङमुनि क्यान्सर बन्नुअघि देखिने असामान्य कोषहरू भेटिए, जसलाई हटाउन उपचार गर्नुपर्यो ।

लुसीले आफ्नो अनुभव सुनाउँदै नक्कली नङ लगाउने मानिसहरूलाई नङमा देखिने असामान्य परिवर्तनलाई बेवास्ता नगर्न आग्रह गरेकी छन् । 

नङमा अचानक कालो वा खैरो धर्सा देखिनु, रंग परिवर्तन हुनु, नङको आकार बदलिनु वा लामो समयसम्म असामान्य देखिनु जस्ता समस्या देखिएमा आफै अनुमान नगरी स्वास्थ्यकर्मीलाई देखाउनु राम्रो हुन्छ ।

त्यसैगरी, नङ सजाउन प्रयोग हुने युभी बत्तीबाट हुने बारम्बारको सम्पर्कले पनि हातको छालामा असर पार्न सक्छ । त्यसैले सुन्दर देखिने मात्र होइन, आफ्नो स्वास्थ्यको पनि ख्याल राखौं ।  नङमा देखिएको सानो परिवर्तनलाई पनि बेवास्ता नगर्नूहोस् ।

Share News