विश्वमा १ करोड १३ लाखभन्दा बढी कोरोना संक्रमित, ६४ लाख बढि निकाे भए
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार ६ सय ४९ पुगेको छ । नेपाली समय अनुसार बुधबार विहान साढे ६ बजेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३२ हजार ८ सय ५६ जना रहेको छ । त्यस्तै ६४ लाख ३१ हजार १ सय ८५ जना उपचार पछि निको भएका छन् । सबैभन्दा बढी २९ लाख ३५ हजार ४ सय २७ जना कोरोना संक्रमित अमेरिका रहेका छन् जहाँ मृत्यु हुनेको संख्या १ लाख ३२ हजार ३ सय १३ पुगिसकेको छ । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजार ९ सय ४ रहेका छन् भने १९ हजार २ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा हालसम्म १५ हजार ४ सय ९१ जनामा कोरोना पुष्टि भएको छ भने ३४ जनाले कोरोना कै कारण ज्यान गुमाएका छन् । त्यस्तै ६ हजार ४ सय १५ जना उपचार पछि निको भएका छन् ।
काेराेनाबाट थप एक जनाकाे मृत्यु, मृतककाे संख्या ३४ पुग्याे
काठमाडाैं । शनिबार बिहान गोरखामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएकाे छ । गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । विदेशबाट फर्किएका ती पुरूषमा कोरोना पोजेटिभ पुष्टि भएपछि उपचारका लागि गएराति गाेरखा अस्पताल भर्ना गरिएको थियो । पालुङटार नगरपालिका वडा नम्वर ७ का पुरुषको कतारबाट आएका गत असार १६ गते नेपाल फर्किएका थिए । याेससँगै काेराेना संक्रमणबाट देशभर ३४ जनाकाे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
शनिवार थप २ सय ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ४ सय ९१
काठमाडौं । शनिबार थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप २ सय ३२ जना कोरोना संक्रमित भेटिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ हजार ४ सय ९१ पुगेकाे छ । काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ३४ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।