एकै दिनमा २ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभर एकदिनमै थप २ लाख ८ हजार ३ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली समय अनुसार शुक्रबार विहानसम्म १ करोड ९ लाख ७३ हजार ८ सय ६४ जना कोरोना संक्रमित पुगेका छन् ।  संसारभरी उपचार पछि निको हुनेको संख्या ११ लाख ९१ हजार नाघेको छ । संसारभर कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ५ लाख २३ हजार २ सय ३४ पुगेको छ । सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा संक्रमितको संख्या २८ लाख ३६ हजार ८ सय ४३ पुगेको छ । कोरोनाबाट १ लाख ३१ हजार ४ सय ८० जनाको मृत्यु भएको छ । ११ लाख ९१ हजारबढी उपचार पछि घर फर्किएका छन् । भारतमा पछिल्लो २४ घण्टा यता थप २१ हजार ९ सय ५० जना कोरोना संक्रमित भेटिएका छन् । हालसम्म १८ हजार २ सयभन्दा बढी मानिसको कोरोना संक्रमण कै कारणबाट मृत्यु भएको छ भने ६ लाख २७ हजार १ सय ६८ जना संक्रमित पुगेका छन् । नेपालमा हालसम्म १४ हजार ५ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाबाट ३१ जनाका्े ज्यान गरेको छ भने ५ हजार ३ सय २० जना उपचार पछि निको भइ घर फर्किएका छन् ।    (वल्डोमिटर)

टिचिङ अस्पतालमा काेराेनाकाे कारण ४५ दिने शिशुकाे निधन

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुकाे काेराेनाकाे कारण निधन भएकाे छ । उनको बुधबार साँझ मृत्यु भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले बताए । शिशु म्याग्दी जिल्ला धवालगिरी नगरपालिका वडा न‌ं ४ काे रहेकाे बताईएकाे छ । लामाे समयदेखि श्वासप्रश्वासमा समस्या रहेकाे उनलाई असार ९ गते अस्पताल भर्ना गरिएकाे थियाे । उनकाे पहिलने चरणकाे डायलासिस समेत भएकाे गाैतमले जानकारी दिए ।

काठमाडाैं उपत्यकामा एकैदिन थपिए ३२ जना कोरोना संक्रमित

काठमाडाैं । बिहिबार काठमाडौं उपत्यकामा एकैदिन ३२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३२ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ११ जना पुरुष र १७ महिला, ललितपुरकाे २ पुरुष  र भक्तपुरकाे २ पुरुष रहेकाे गाैतमले बताए । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।