काठमाडाैं उपत्यकामा ६ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ५ र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए ।
नेपालमा थप ३ सय १५ जनामा कोरोना पुष्टि, ९३ जना निको भए
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय १४ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ८६ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन् भने आजसम्म ३ लाख ८२ हजार ४ सय २ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ९३ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
२४ घण्टामा थप २ सय २४ जनामा काेराेना पुष्टि, मृतकको संख्या ५६ पुग्यो
काठमाडाैं । पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा नमूना परीक्षण गर्दा २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १९ हजार ७७१ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या १४ हजार ३९९ पुगेको छ । उनका अनुसार १२ हजार १११ जना क्वारेन्टिनमा र पाँच हजार ३१६ जना आइसोलेशनमा रहेका छन् । मुलुकभर पाँच हजार ३१६ सक्रिय सङ्क्रमित छन् । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेका संख्या ५६ जनापुगेको छ । पछिल्लो २४ घण्टामा थप चार जना सङ्क्रमितको मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए ।