इजरायलले पत्ता लगायो १ सेन्टमा कोरोना परीक्षण गर्ने विधि, ३० मिनेटमै नतिजा, मेसिनको मूल्य २ सय डलर

काठमाडौं । इजरायलको सबैभन्दा ठुलो मेडिकल सेन्टरले केही सेकेण्ड मै थुकबाट कोरोना भाईरसको संक्रमण पत्ता लगाउने नयाँ परीक्षण विधिको विकास गरेको जनाएको अन्तर्राष्ट्रिय संचार माध्यम राेयटर्सले उल्लेख गरेकाे छ । इजरायलको सेबा मेडिकल सेन्टरको सेन्टर फर जियोग्राफिक मेडिसिन एण्ड ट्रपिकल डिजिजले यो नयाँ र सजिलो परीक्षण विधिको विकास गरेको जनाएका हो । यस विधि अनुसार बिरामी व्यक्तिले नुन पानीले मुख सफा गरि एउटा भाँडामा थुक्नु पर्दछ । त्यसपछि त्यसलाई एउटा स्पेक्ट्रल डिभाईस अर्थात साधारण रुपमा भन्नुपर्दा उक्त नमुनामा केही लाईटको प्रयोग गरेर परीक्षण गरिन्छ । यस विधिको परीक्षणलाई नेतृत्व गरिरहेका एलि स्कवार्टजका अनुसार कोभिड १९ को परीक्षणको लागि प्रयोग हुने पिसिआर स्वाब परीक्षण भन्दा धेरै नै सजिलो रहेको छ । ‘हालसम्म हाम्रो परीक्षणको नतिजा निकै आशालाग्दो छ र यो निकै सजिलो र सस्तो विधि रहनेछ,’ उनले भने । सेन्टरका अनुसार सयौं व्यक्तिमा गरिएको उक्त विधिको सुरुवाती किल्निकल परीक्षणमा ९५ प्रतिशत सफल नतिजा प्राप्त गरेको पाइएको छ । जेरुसेलम हेबु्र युनिभर्सिटीका विज्ञ आणविक भाईरोलेजिष्ट एमोस प्यानेटले उक्त विधिमा अन्तिम निर्णय गर्नुअघि परीक्षणको थप धेरै डाटा र तुलनाहरु हेर्न चाहेको बताए । ‘मानिसमा जति धेरै बिरामी हुन्छ, उसको थुकमा भएको भाईरस झनै धेरै बढ्छ । यदि यस विधिले मान्यत पाउने हो भने यो एउटा परिवर्तनकर्ताको रुपमा रहनेछ’, उनले भने । सेबाले यस विधिलाई बजारमा ल्याउन चाहिने उपकरण बनाउन ईजरायली फर्म न्युसाईट ईमेजिङसँग सहकार्य गरेको छ । उक्त कम्पनीका अनुसार उनीहरु नियामकको स्विकृति लिने तयारीमा छन् । हरेक परीक्षण मात्र ०.०१ डलर र मेसिनको मात्र २०० डलर खर्च लाग्नेछ । र, यसको नतिजाको लागि ३० मिनेट मात्रै लाग्ने बताइएको छ ।

कोरोनाको हटस्पट बन्दै कुलेश्वर-कलंकी क्षेत्र, वडा नै सील गर्ने तयारी

काठमाडाै् । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाे छ । साे वडामा बिहीबार मात्रै थप १० जनामा कोरोना देखिएको छ । हिजाे साे वडामा २९ जनामा कोरोना पुष्टि भएको थियाे । कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरूमा कोरोना देखिएको छ। साथै बल्खुमा २ जना र लाम्पाटी क्षेत्रमा पनि कोरोना संक्रमित देखिएका छन्। उक्त वडामा सिल गर्ने तयारी भइरहेकाे बताइएकाे छ । वडा कार्यालयले तीन दिनदेखि सेवा दिन बन्द गरिसकेकाे छ । कलंकीमा रहेको मालपोत कार्यालयले बुधबारदेखि सेवा दिन बन्द गरेको छ । वडा कार्यालयले फलफूल र तरकारी विक्री वितरण बिहान ५ देखि ९ बजेसम्म मात्रै गर्न दिइएको छ। फुटपाथमा हुने व्यवसाय पूर्ण रूपमा रोक लगाएको छ ।

बिहिबार काठमाडाैं उपत्यकामा थपिए १ सय २७ जना कोरोना संक्रमित

काठमाडाैं । काठमाडौं उपत्यकामा १२७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १२७ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे १११, ललितपुरकाे ११ र भक्तपुरकाे ५ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ११७८ ललितपुरमा १८३ र भक्तपुरमा ११८ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १५७१ पुगेको छ । आज देशभर ५२५ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।