आज नेपालमा थप ४ सय ८४ जनामा काेराेना पुष्टि, ८ जनाकाे मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकैदिन ८ जनाले काराेनाकाे कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ८४ जनामा कोराेना भाइरस देखिएको र ८ जनाले ज्यान गुमाएकाे बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २४ हजार ४ सय ३२ जना पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे छ । हाल क्वारेन्टिनमा १४ हजार ८ सय ४६ जना रहेका छन् भने आजसम्म ४ लाख ७३ हजार १ सय ७९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।
प्रचण्ड निवासका थप दुई जनामा कोरोना देखियो
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण देखिएकाे छ । प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेका छन् । गत साता मात्रै प्रचण्ड निवासका ५ जना सुरक्षाकर्मीलाई काेराेना देखिएकाे थियाे ।
काठमाडाैं उपत्यकामा एकैदिन १३४ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १३४ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ११०, ललितपुरकाे ८ र भक्तपुरकाे १६ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १०५८ ललितपुरमा १५१ र भक्तपुरमा १०५ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १३०६ पुगेको छ । आज देशभर ६३८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।