काेभिड राेकथाम खर्च: अनियमितता भएकाे भन्दै सिराहा नगरपालिकामा अख्तियारद्वारा छानबिन
लहान । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका नाममा अनियमितता गरेको भन्दै स्थानीयवासीको व्यापक विरोधपछि आयोगले छानबिन शुरु गरेको हो । सो गाउँपालिकाले कोरोना नियन्त्रण, रोकथाम तथा राहतका लागि गरेको खर्चसम्बन्धी कागजात नियन्त्रणमा लिएर छानबिन शुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए । औरही गाउँपालिकाले कोरोना नियन्त्रणका लागि गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीय युवाले केही दिनअघि प्रदर्शन गरेका थिए । यसअघि अख्तियारले कोरोना नियन्त्रणका लागि भएको खर्चमा अनियमितता हुनसक्ने भन्दै केही दिनअघि सिरहा नगरपालिकाबाट समेत कागजात नियन्त्रण लिएको थियो ।
पाटन अस्पतालको निर्देशकमा डा. रवि शाक्य नियुक्त
काठमाडाैं । पाटन अस्पतालको निर्देशकमा डा. रवि शाक्य नियुक्त भएका छन्। यसअघि अस्पतालका निर्देशकमा डा विष्णुप्रसाद शर्मा थिए। उनको कार्यकाल शुक्रबारबाट सकिएसँगैं डा. शाक्य नियुक्त भएका हुन् । अस्पतालको मानसिक रोग विभागका प्रमुख डा. शाक्यलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदको बैठकले निर्देशक नियुक्त गरेको हो। उनकाे कार्यकाल ४ वर्षको हुन्छ।
वाणिज्य विभागले बनायो किराना पसलको लागि मापदण्ड, अब कसरी बेच्ने सामान ?
काठमाडौं । कोभिड-१९ को संक्रमणको जोखिम कम गर्नको लागि वाणिज्य तथा आपुर्ति मन्त्रालयले व्यवसायीहरुको लागि स्वास्थ्य एवंम सुरक्षा मापदण्ड तयार पारेको छ । मन्त्रालयले आईतबार एक विज्ञप्ती जारी गर्दै सबै व्यवसायीहरुको उक्त स्वास्थ्य मापदण्ड पालन गरी व्यवसाय गर्न आदेश दिएको छ । उक्त मापदण्ड पालना गरेको नगरेको सबै अनुगमन हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार व्यवसायिक स्थलमा आउने उपभोक्ताहरुको लागि व्यवसायीहरुले प्रवेश विन्दुमै ज्वारो नाप्ने थर्मल गनको प्रयोग गरी त्यसको आधारमा मात्र प्रवेश व्यवस्था गर्नु पर्नेछ । कोही पनि व्यक्ति लक्षण मिलेको पाएमा तुरुन्त परीक्षणको लागि पठाउनु पर्नेछ । यस्तै व्यवसायिक केन्द«मा सम्बन्धित कर्मचारी वा व्यवसायीहरुले पन्जा तथा मास्कको अनिवार्य प्रयोग गर्ने र हाललाई स्यानिटाईज गर्ने तथा न्युनतम दुई मिटरको सामाजिक दुरी कायम गरी कोरोवार संचालन गर्नुपर्नेछ । व्यवसायिक स्थलका कामदारहरुले यात्रापछि काममा फर्कनुपूर्व अनिवार्य रुपमा यात्राको विवरण व्यवस्थापनलाई बुझाउनु पर्नेछ । यस्तै कार्यस्थलमा रहँदा पुरै समय कर्मचारीहरुले अनिवार्य रुपमा पुरै शरीर ढाक्ने लुगा लगाउनु पर्दछ साथै अनलाईन माग संगलन र होम डेभिरीलाई प्राथमिकता दिई सकेसम्म विधुतिय माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न बताईएको छ । मापदण्ड अनुसार ग्राहकहरुलाई मार्के गरिएको घेरभित्र राखी पर्याप्त सामाजिक दुरी कायम गरेर सामान छनोट तथा बिल भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्नेछ । यति मात्र नभएर व्यवसायीहरुले पसलमा कोभिडको बेला गर्नु हुने र नहुने सुची तयार पारी सबैले देख्ने स्थानमा राख्नुपर्नेछ ।