कोशी अस्पताललाई ३२ लाखकाे आरएनए एक्स्ट्राक्सन मेसिन हस्तान्तरण
विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस परीक्षणका लागि आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताल विराटनगरलाई हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गरे । निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व्यक्ति मिलेर खरीद गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको सो मेसिनको मूल्य ३२ लाख रहेको सोही अवसरमा जानकारी दिइयो । यसले धेरैजानाको परीक्षणको रिपोर्ट चाँडो दिने अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा चुमनलाल दासले बताए । मेसिन सञ्चालनमा आएपछि २४ घण्टाका अवधिमा एक हजार पाँच सयको स्वाब परीक्षण गर्न मिल्ने छ । महानगरले यसअघि एक थान पिसिआर मेसिन अस्पताललाई प्रदान गरेको छ । महानगरपालिका प्रमुख पराजुलीले जनताको स्वास्थ्य सुरक्षामा सक्दो काम गर्ने बताउँदै प्राप्त मेसिनवाट नगरवासीले सहज र छिटो रिपोर्ट पाउनेछन् भने । रासस
विनोद चौधरीको अनुभवः कोरोना केही होइन भन्ने भ्रममा नबसौं (भिडियाेसहित)
कोरोनाको संक्रमणपछि मेरो पीसीआर परीक्षण नेगेटिभ आएपछि मैले तपाईहरुबाट जुन शुभकामना पाएँ । म त्यसबाट साँच्ची कै निकै भावविभोर भएँ । मलाई कोरोनाले कुन बेला छोइसकेछ थाहै भएन । मान्छे न हो कोरोना लागेको थाहा पाउने बित्तीकै एकछिन आत्तिएँ । तर, हिम्मत चाहिँ हारिन । खासै लक्षण पनि केही थिएन । साधारण रुघा, अलिकति नाक बग्ने, टाउको भारी बाहेक अन्य खासै लक्षण नदेखिएकोले पनि मलाई आफ्नो मनाेवल उच्च राख्न सहयोग पुगेको थियो । तत्काल मैले आफुलाई आइसोलेट गरेँ । नर्भिकका डाक्टर विप्लभ र उहाँले खटाउनु भएको सिस्टर दिक्षाको निर्देश्नमा मैले आफ्नो जीवनचर्या अगाडि बढाउन थालेँ । तर, सबैभन्दा ठूलो मेरो आत्मबल को स्रोतनै मैले जब सामाजिक सञ्जालमा मलाई संक्रमणले छोएको जानकारी गराएँ । त्यसबाट आएको प्रतिक्रिया र माया तथा शुभकामनाले मलाई सन्तोषको अनुभुति भयो । त्यतिखेर मैले सम्झेँ की मैले धेरै साथीभाई, इष्ट्रमित्र तथा शुभचिन्तकहरु धेरै नै कमाएको रहेछु भन्ने महसुस गरेँ । त्यसर्थमा सबैभन्दा ठूलो पुँजी पनि हो । मलाई लाग्छ कि यस्तै सकरात्मक सोच सद्भाव र मायाको खाँचो हरेक संक्रमितले अपेक्षा गरेको हुन्छ । म आज यो कोरोना लागेर निको भएको व्यक्तिको हैसियतले मेरो अनुभव बाँड्न लागेको मात्र होइन कि हामीले संक्रमण भएका व्यक्तिहरुलाई पन्छ्याउने होइन उनीहरुको आत्मबल बढ्ने किसिमका हाम्रा अभिव्यत्तिहरुले सहयोग गर्नु पर्दछ । कोरोना खासै केही होइन भन्ने भ्रममा नबसौं । साथसाथै यसको बारेमा सामाजिक सञ्जालमा आएका अतिरञ्जित प्रचारहरु हुने गरेका छन् । त्यसको पनि खासै स्थान छ जस्तो मलाई लाग्दैन । मेरो आफ्नो अनुभवमा यसको पहिलो लक्षण भनेकै साधारण रुघा जस्तो हो । त्यो रुघालाई हामीले ज्वरोको रुपमा अगाडि बढ्न नदिनु, खोकीको रुपमा अगाडि बढ्न नदिनु पहिलो चरणको चुनौती र सबैभन्दा पहिला गर्नु पर्ने प्रयास पनि हो । मेरो बुझाईमा कोरोना भनेको यस्तो किसिमको रोग होकि यो संक्रमण भएका कतिपयले थाहै नपाइकन गुज्रिसकेको हुन्छ । मान्छेले मलाई साधारण रुघा लाग्यो सोचेर वेवास्ता गरेका होलान् । हाम्रो जस्तो पीसीआर अत्यन्त सीमित रुपमा परीक्षण गर्ने वातावरणको सन्दर्भमा यो झनै सान्दर्भिक छ । कोरोनको लक्षण खोकी ज्वरो नै हो भनिरहेको सन्दर्भमा त्यो समय आउनै नदिऔं । लागेको रुघालाई कुनै हिसाबबाट अगाडि बढ्न नदिऔं । तातो पानी, अदुवा, बेसार, कागती गुरजाे लगायतका विभिन्न घरेलु उत्पादनहरुकाे निरन्तर सेवन र तापक्रमको मापन गर्न आवश्यक छ । जुन गर्नको लागि कुनै प्रोफेसनल डाक्टरको पनि आवश्यकता पर्दैन । आफ्नो कोरोना अनुभव वारे यसो भन्छन् विनोद चौधरी आफ्नो कोरोना अनुभव वारे यसो भन्छन् विनोद चौधरी Gepostet von Bikashnews.com am Freitag, 11. September 2020 आफ्नो नियमित व्यायामका साथसाथै योगालाई निरन्तरता दिनुपर्छ । यिनै कुराले मलाई मद्दत पुग्यो । यसमा कुनै डाक्टरको सहयोग चाहिँदैन । कोरोना सँग डराउने होइन । कोरोना अहिलेको अवस्थामा रियालिटी हो । कुनै न कुनै रुपले विश्व यो सँग जुधिरहेको छ । यो कहिले सम्म रहन्छ भन्ने कुरा अझै पनि ठेगान छैन । यसको उपचारको औषधि कहिले बन्छ अझै पनि ठेगान छैन । आफुलाई कोरोना नजिक जान नदिन र आफुलाई कोरोनाको संक्रमण भइहाले पनि अझ त्यसलाई बढ्न नदिनको लागि गर्नुपर्ने सम्पूर्ण प्रयासहरु गर्नै पर्छ । तर, यसबाट आँतिएर समस्याको समाधान हुँदैन । उच्च आत्मबल राख्ने, आफुलाई आइसोलेट राख्ने गर्नु पर्दछ । मैले मेरो परिवारका सदस्यहरुलाई कौसीबाट हात हल्लाएर भेट्थेँ । यिनै कुराहरुले मलाई मद्दत पुर्यायो भन्ने म ठान्दछु । फेरि पनि यहाँहरुबाट पाएको अपार प्रेम, सद्भावका लागि हृदयदेखि नै धन्यवाद दिन्छु ।
शुक्रबार उपत्यकामा ६९६ जना काेराेना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ सय ९६ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ६२०, ललितपुरको ३८ र भक्तपुरको ३८ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा ८ हजार ९ सय २६ ललितपुरका १०९२ र भक्तपुरमा ८९० संक्रमित पुगेका छन्। आज देशभर १४५४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।