उपत्यकामा ५९७ जना काेराेना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५ सय ९७ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ४८३, ललितपुरको ३३ र भक्तपुरको ८१ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा हजार ९५८६ ललितपुरका ११६२ र भक्तपुरमा ९८८ संक्रमित पुगेका छन्। आज देशभर १०३९ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।
अब पीसीआर शुल्क मात्र २ हजार
काठमाडाैं । सरकारले पीसीआर शुल्क घटाउँदै २ हजार बनाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सरकारले पीसीआर शुल्क प्रति व्यक्ति २ हजार रूपैयाँ मात्र लाग्ने बताएका हुन् । याे मूल्य सबै निजी तथा सरकारी ल्याबहरुमा लागू हुने उनले बताए । निजी ल्याबहरुले सरकारले ताेकेकाे शुल्कभन्दा ४५ प्रतिशतसम्म कम शुल्कमा परीक्षण गराइरहेकाे र सरकारले नै पीसीआर शुल्कमा कालाेबजारी गर्दै आएकाे समाचार विकासन्युजमा प्रकाशित भएका थिए । सरकारले शुरुवाती चरणमा पीसीआर परीक्षण शुल्क ५५ सय ताेकेकाे थियाे जसमा १० प्रतिशत सेवा शुल्क सहित गरेर ६०५० पर्न जान्थ्याे । पछि निजी क्षेत्रले प्रति व्यक्ति ४ हजार ५ रूपैयाँमा पीसीआर टेष्ट गर्न थालेपछि सरकारले ४ हजार ४ सय रूपैयाँ शुल्क ताेकेकाे थियाे । सम्बन्धित समाचार कोरोना परीक्षण शुल्क प्रतिव्यक्ति २००० रुपैयाँ घट्न सक्ने निजीको हस्तक्षेपपछि पीसीआर परीक्षणको शुल्क घट्यो, सरकारको कालोबजारी कायमै पीसीआर परीक्षण सरकारकाे कालाेबजारी, निजी क्षेत्र प्रवेशसँगै ४० हजार पर्ने पीसीआर टेष्ट ४ हजारमा झर्याे
नेपालभर एक हजार ३९ जना काेराेना संक्रमित थपिए, ९ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३९ जना जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५४ हजार १ सय ५९ जना पुगेको छ । हाल क्वारेन्टिनमा ६ हजार ५ सय ३६ जना रहेका छन् भने आजसम्म ८ लाख ४० हजार ५ सय २७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ११७३ जना निकाे भएसँगैं हालसम्म ३८ हजार ६ सय ९७ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ९ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ३४५ पुगेकाे छ ।