घोराही सिमेन्टको रेटिङ्ग पनि गैरकानुनी, सर्वसाधारणको १० अर्ब रुपैयाँ होल्ड

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको रेटिङ प्रक्रिया गैरकानुनी भएको बुझिएको छ । विशाल ग्रुपको स्वामित्व रहेको केयर रेटिङ नेपालले गैरकानुनी रुपमा घोराही सिमेन्टको रेटिङ गरेको बुझिएको हो । मुख्य लगानीकर्ता त्रिवेणी ग्रुपसँगै विशाल ग्रुपको पनि घोराही सिमेन्टमा लगानी छ । रेटिङ एजेन्सी केयर नेपालले आफ्नै कम्पनीको रेटिङ गरेपछि यसभित्र बदमासी भएको हुन सक्ने शंका नेपाल धितोपत्र बोर्डले पनि गरेको छ । सोही शंका गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)ले केयर रेटिङ नेपाललाई स्पष्टिकरण सोधेको थियो । तर, कम्पनीले त्यसको जवाफ नदिई समय थप्न अनुरोध गरेको बोर्डले जनाएको छ । केयर रेटिङ नेपाललाई पनि कम्पनीको रेटिङका विषयमा स्पष्टीकरण सोधेको भएपनि चित्तबुझ्दो जवाफ नआएको धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए । त्यसपछि बोर्डलाई शंका लागेर आईपीओ निष्काशन समेत रोक लगाएको उनको भनाइ छ । ‘कम्पनीको रेटिङ्गका विषयमा बोर्डमा उजुरी परेपछि क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भएरनभएको बारेमा गत जेठ ३० गते केयर रेटिङ्ग नेपाललाई ३ दिन भित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको थियो, तर, केयर रेटिङ्ग नेपालले स्पष्टीकरण नपठाई बिना आधार समय थप माग गरेपछि आईपीओ निष्काशन प्रक्रिया रोकेका हौं,’ श्रेष्ठले भने । क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ मा क्रेडिट रेटिङ्ग संस्थाले गर्न नहुने तथा जानकारी प्रवाह गर्नु पर्ने विषयमा उल्लेख गरेको छ । उपनियम १ मा क्रेडिट रेटिङ्ग संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मूख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ्ग गर्न नहुने व्यवस्था छ । यस्तै, उपनियम २ मा क्रेडिट रेटिङ्ग संस्थाले आफ्नोे मुख्य सेयरधनी वा मुख्य सेयरधनी कुनै कम्पनीमा आधारभूत सेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ्ग गर्न नपाउने व्यवस्था छ । आधारभूत सेयरधनी भन्नाले प्रचलित कम्पनी ऐनमा भएको व्यवस्था बमोजिमको आधारभूत सेयरधनीलाई जनाउँछ । बोर्डले कम्पनीको आईपीओ निष्काशन प्रक्रिया स्थगन गरेसँगै आवेदन दिएकाहरुको हकमा के हुन्छ भन्ने चासोको विषय बनेको छ । कम्पनीको आईपीओमा आवेदन दिएकाहरुको रकम २ दिनसम्म होल्ड रहने सेबोनले बताएको छ । सोमबार पौने ५ बजेसम्म कम्पनीको आईपीओमा झण्डै १० अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमबार ४ः४५ बजेसम्म कम्पनीको आईपीओमा ५ लाख ६२ हजार ४३ जना आवेदकले २ करोड २६ लाख १७ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । जसमा उनीहरुले ९ अर्ब ८३ करोड ८५ लाख ५५ हजार ९५० रुपैयाँ बराबरको आवेदन परेको सिडिएससीले जानकारी दिएको छ । ‘अहिलेलाई केही भन्न सकिँदैन, उहाँहरुले त्यो रकम चलाउन पाउनु हुन्न तर, यो रकम धेरै दिन होल्ड भएर बस्दैन, छानविन वा जाँचबुझ हुँदै छ, बोर्डले एकदुई दिनमै निर्णय गर्छ,’ श्रेष्ठले भने । उनका अनुसार यदि २ दिनमा अनुसन्धान सकिएन भने रकम फुकुवा गरेर अनुसन्धान निरन्तर जारी राखिनेछ । सम्बन्धित सामाग्री : घोराही सिमेन्टको आईपीओ निष्काशन स्थगित गर्न सेबोनको निर्देशन घोराही सिमेन्टको आईपीओमा बदमासी, पैसा नभएको खाताबाट लाखौंको आवेदन घोराही सिमेन्टको ८१ प्रतिशत सेयर बिकेन, प्रतिकित्ता ३५ रुपैयाँ सस्तो दिँदा किनेनन् स्थानीयले घोराहीको सेयर स्थानीयले नकिन्ने, पैसा उठाएर भाग्ने चिन्ता घोराही सिमेन्टको आईपीओ मूल्य विवादमा, प्रत्याभूतिकर्ता सम्झौता भंग गर्ने पक्षमा

घोराही सिमेन्टको आईपीओमा बदमासी, पैसा नभएको खाताबाट लाखौंको आवेदन

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा ठूलो बदमासी गरेको आशंका गरिएको छ । कम्पनीको आईपीओ खरिद गरेर पनि ठूलो मात्रामा अस्वीकृत (अनभेरिफाइड) भएपछि मिलेमतोमा बदमासी गरेको आशंका गरिएको हो । कम्पनीको आईपीओमा माग गरिएको भन्दा बढी आवेदन परेको भएपनि समय थप गर्दा शंकाको घेरामा राखिएको छ । कम्पनीको आईपीओमा ठूलो संख्यामा आवेदन अनभेरिफाइड हुँदा शंकाको घेरामा राखिएको सिडिएस एण्ड क्लियरिङ्ग स्रोतले विकासन्युजलाई जानकारी दिएको छ । स्रोतका अनुसार झण्डै ८०/८१ लाख कित्ता सेयर खरिद गरेर पनि अनभेरिफाइड भएको छ । अन्य कम्पनीको आईपीओमा २०/२५ हजार कित्तासम्म अनभेरिफाइड हुने गरेको भएपनि घोराही सिमेन्टको आईपीओमा भने ठूलो सख्यामा हुनु शंका उत्पन्न भएको उनको भनाइ छ । ‘अन्य कम्पनीमा १२/१५ लाखले आवेदन दिँदा २०/२५ हजार कित्ता मात्रै अनभेरिफाइड हुन्थ्यो तर, यस कम्पनीको आईपीओमा रकम नभएको खाताबाट पनि आवेदन दिएको देखिन्छ, किन रकम नभएको मान्छेहरुले आवेदन दिए भनेर प्रश्न गर्ने ठाउँ छ,’ सिडिएस स्रोतले भन्यो । कम्पनीकै मान्छेले ठूलो रकम आवेदन दिन लगाएर सर्वसाधारणलाई आकर्षित गर्न खोजेको हुन सक्ने आशंका सिडिएस स्रोतले गरेको छ । कम्पनीको मान्छेले मिलेमतो गरेर रकम नभएको डिम्याट खाताबाट सेयर खरिद गरी सर्वसाधारणलाई आर्षित गर्न खोजेको जस्तो देखिएको छ । ‘ब्यालेन्स नभएको डिम्याट खाताबाट सब्सक्राइब देखाउनका लागि आवेदन दिएको पनि हुन सक्छ, यसरी ओभर सब्सक्राइब गरेको देखेपछि सर्वसाधारणले पनि राम्रो कम्पनी रहेछ, खरिद गर्नु पर्याे भनेर आवेदन दिन सक्छन्,’ उनले भने, ‘८०/८१ लाख कित्ता अनभेरिफाइड हुनु भनेको आश्चर्य नै हो, अनभेरिफाइड धेरै आउनुको कारण के हो ? यसमा केही बदमासी भएको छ की भनेर अनुसन्धानका लागि धितोपत्र बोर्डमा पनि जानकारी गराइसकेका छौं ।’ बिना रकमको चेक काट्यो भने चेक बाउन्सको कारवाही हुन्छ । यसमा पनि अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउन सिडिएसले माग गरेको छ । स्रोतका अनुसार धितोपत्रबार्डलाई यस विषयमा जानकारी पनि गराइसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित क्षेत्रका स्थानीयले कम्पनीको सेयरमा पूर्ण आवेदन दिएका थिएनन् । बाँकी रहेको सेयरसहित कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्दा बिक्री नहुने डरले ब्यालेन्स नभएको एकाउन्टबाट आवेदन दिन लगाएको हुन सक्ने सिडिएस स्रोतको दाबी छ । साथै, अझै १० कित्ता आवेदन भर्नेको भेरिफाइड गर्न बाँकी छ । अहिले लाखौं आवेदन दिनेको मात्रै भेरिफाइड गर्दा यो समस्या आएको हो । यसअघि आईपीओ जारी गरेका कम्पनीको सेयरमा कम्तिमा पनि १२ लाख जनाले आवेदन दिएका छन् । तर, घोराहीको आईपीओमा ५ लाखले आवेदन दिँदैमा ओभर सब्सक्राइब हुँदा पनि शंका गर्ने ठाउँ रहेको स्रोतको भनाइ छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग प्रमुख कार्यकारी अधिकृत (सीईओ) यथोचित संख्यामा आवेदन प्राप्त भएता पनि आवेदनहरु प्रमाणित हुने प्रक्रियामा रहेकोले समयावधि थप गरिएको बताउँछन् । यदि सोमबार नै रितपूर्वक प्रमाणित भए भोलि नै आवेदन बन्द गर्ने उनको भनाइ छ । उनका अनुसार अनभेरिफाइड आवेदनको चाम रहेको छ । ‘सिआश्वा सदस्य बैंकहरुबाट सबै आवेदन भेरिफाइड भएर आएको थिएन, अनभेरीफाइडमा ठूलो चाम देखिन्छ, जसले गर्दा हामीले समय थप गर्नु परेको हो, आजको तथ्याङ्क आउँछ, माग अनुसार भेरिफाइड भयो भने भोलि नै बन्द गर्छाैं,’ उनले भने ।

नाफामा नबिल र ग्लोबलबीच प्रतिस्पर्धा, एक महिनामा साढे ८ अर्बले बढ्यो २१ बैंकको नाफा

कामठमाडौं । चालू आर्थिक वर्षको बैशाखसम्ममा वाणिज्य बैंकहरुले कुल ५७ अर्ब १७ करोड २० लाख रुपैयाँ नाफा गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाखसम्म सो नाफा गरेका हुन् । गत चैतसम्म ४८ अर्ब ७० करोड नाफा गरेका बैंकहरुले बैशाखमा८ अर्ब ४७ करोडले नाफा बढाएका हुन् । यो अवधिसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । बैशाखसम्म नबिल बैंकले कुल ६ अर्ब १२ करोड, ग्लोबल आइएमईले ५ अर्ब ३४ करोड, एनआइसी एशिया बैंकले ४ अर्ब ३९ करोड र राष्ट्रिय वाणिज्य बैंकले पनि ४ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको छ भने आठ वटा वाणिज्य बैंकले २ अर्बको हाराहारीमा नाफा गरेका छन् । आठ वटा वटा वाणिज्य बैंकले १ अर्ब बढी नाफा गरेका छन् ।