यी ५ बैंकमा राष्ट्रिय बीमा कम्पनीको करोडौंको सेयर

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न ५ वटा वाणिज्य बैंकमा करोडौंको सेयर लगानी गरेको छ । कम्पनीले नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक र नेपाल पुनर्बीमा कम्पनीमा सेयर लगानी रहेको हो । यी ५ वटा संस्थामा कम्पनीको ४ करोड ८० लाख १४ हजार १७८ कित्ता सेयर लगानी रहेको छ । जसमध्ये नबिल बैंकमा २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता सेयर, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा २ करोड २९ लाख ६७ हजार ७९६ कित्ता, ग्लोबल आईएमई बैंकमा ५ लाख ६१ हजार ०८६ कित्ता, नेपाल बैंकमा २ लाख ९९ हजार ५३७ कित्ता र नेपाल पुनर्बीमा कम्पनीमा ३५ लाख ४८ हजार ७७३ कित्ता सेयर लगानी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाल आयल निगम, हिमालयन बैंक, नेपाल ल्युव आयल लगायतका संस्थामा समेत लगानी छ । २०८१ असारसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ६ अर्ब ८१ करोड रुपैयाँको लगानी रहेको कम्पनीको तथ्याङ्क छ । सरकारको प्राथमिकतामा रहेका तथा नेपाल बीमा प्राधिकरणद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरूमा लगानी गरेको कम्पनीले जनाएको छ । साथै विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेञ्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको कम्पनीको भनाइ छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (तत्कालीन राष्ट्रिय बीमा संस्थान) को संयुक्त रूपमा भोगचलन गरिरहेको रामशाह पथस्थित १५ रोपनी जग्गा तथा भवनको अतिरिक्त कम्पनीको वीरगञ्जमा ६ कठ्ठा जग्गा, धनगढीमा ६ कठ्ठा जग्गा रहेको छ भने भैरहवामा ४ कठ्ठा १० धुर जग्गा र सोमा आफ्नो भवन समेत रहेको छ ।

सरकारले कुनै पनि शिर्षकमा लक्ष्यअनुसारको कर उठाउन सकेन, भ्याट तीन खर्ब मात्रै

काठमाडौं । गत वर्ष सरकारले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा २५.५६ प्रतिशत कम राजस्व संकलन गरेको हो । सरकारले गत आर्थिक वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ कुल राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, सरकारले १० खर्ब ५८ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ मात्रै कुल राजस्व संकलन गरेको हो । जुन तोकिएको लक्ष्या भन्दा २५.५६ प्रतिशत कम हो । सरकारले गत वर्ष कुनै पनि शिर्षकमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन । १३ खर्ब ५ अर्ब रुपैयाँ जम्मा कर राजस्व र १ खर्ब १७ अर्ब रुपैयाँ अन्य राजस्व (गैरकर) संकलन गर्ने सरकारको लक्ष्य थियो । तर, २७.६४ प्रतिशत कम अर्थात् ९ खर्ब ४४ अर्ब रुपैयाँ मात्रै कर र २.३२ प्रतिशत अर्थात् १ खर्ब १४ अर्ब रुपैयाँ गैरकर संकलन गरेको हो । भन्सार महशुल कर शिर्षकमा ३ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यभन्दा ३४.६१ प्रतिशत कम अर्थात् २ खर्ब १ अर्ब २ करोड रुपैयाँ मात्रै भन्सार महशुल उठाउन सफल भयो । यस्तै, पैठारी शिर्षकमा २ खर्ब ४४ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले ३४.९४ प्रतिशत कम अर्थात् १ खर्ब ५९ अर्ब २९ करोड रुपैयाँ मात्रै संकलन गरेको छ । तर, हरित करमा राजस्व संकलन गर्ने लक्ष्य राखेको थिएन । सो शिर्षकमा गत वर्ष ४५ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । सरकारले गत वर्ष निकासीतर्फ ६९ करोड ९१ लाख रुपैयाँ, पूर्वाधारतर्फ ३१ अर्ब ६७ करोड रुपैयाँ, भन्सारको अन्य आयतर्फ १ अर्ब ५२ करोड रुपैयाँ, कृषि सुधार शुल्कतर्फ १३ अर्ब १७ करोड रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुरतर्फ १० अर्ब ९२ करोड रुपैयाँ, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ ४ अर्ब ५७ करोड रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ४ खर्ब २५ अर्ब ८९ करोड रुपैयाँ, उत्पादन, बिक्री, सेवातर्फ १ अर्ब ५७ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, निकासीतर्फ ५८.२७ प्रतिशत कम अर्थात् २९ करोड १७ लाख रुपैयाँ, पूर्वाधारतर्फ ३४.८५ प्रतिशत कम अर्थात् २० अर्ब ६३ करोड रुपैयाँ, भन्सारको अन्य आयतर्फ ५६.७३ प्रतिशत कम अर्थात् ६६ करोड १९ लाख रुपैयाँ, कृषि सुधार शुल्कतर्फ ५०.३८ प्रतिशत कम अर्थात् ६ अर्ब ५३ करोड रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुरतर्फ १९.०९ प्रतिशत अर्थात् ८ अर्ब ८४ करोड रुपैयाँ, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ ५.८३ प्रतिशत अर्थात् ४ अर्ब ३१ करोड रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ २७.१० प्रतिशत कम अर्थात् ३ खर्ब १० अर्ब रुपैयाँ र उत्पादन, बिक्री, सेवातर्फ १७.२४ प्रतिशत कम अर्थात् १ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलन गरेकोछ । यस्तै, पैठारी शिर्षकमा २ खर्ब ६८ अर्ब रुपैयाँ, अन्तःशुल्कमा २ खर्ब ७ अर्ब रुपैयाँ, आन्तरिक उत्पादनमा १ खर्ब ५५ अर्ब रुपैयाँ, पैठारीमा ५१ अर्ब ६३ करोड रुपैयाँ, आयकरमा ३ खर्ब ६२ अर्ब रुपैयाँ, आयकरमा ३ खर्ब २ अर्ब रुपैयाँ, ब्याज करमा ५९ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, पैठारीमा ३२.८७ प्रतिशत कम अर्थात् १ खर्ब ८० अर्ब रुपैयाँ, अन्तःशुल्कमा २९.३७ प्रतिशत अर्थात् १ खर्ब ४६ अर्ब रुपैयाँ, आन्तरिक उत्पादनमा २९.८० प्रतिशत अर्थात् १ खर्ब ९ अर्ब रुपैयाँ, पैठारीमा २८ प्रतिशत अर्थात् ३७ अर्ब १४ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको हो ।

करोडका आयोजनामा अर्बौं रकमान्तर, कुनमा कति ?

काठमाडौं । असारमा मात्रै एक करोडभन्दा बढीको आयोजनामा ११ अर्ब ३७ करोड रुपैयाँको रकमान्तर भएको छ । अर्थमन्त्रालयले असारमा मात्रै १ करोड बढीको आयोजनामा ११ अर्ब ३७ करोड ३१ लाख १० हजार रुपैयाँ बजेट रकमान्तर भएको बताएको हो । विभिन्न मन्त्रालयका विभिन्न निकायमार्फत् ठूलो रकम रकमान्तर भएको देखिएको छ । सरकारी निकायले आर्थिक वर्षको अन्त्यतिर नियमविपरीत ठूलो रकम रकमान्तर गर्ने गरेको विगतको प्रवृतिअनुसार गत वर्षको असारमा पनि सो बजेट रकमान्तर गरेको देखिएको हो । सरकारी निकायको खर्च गर्ने प्रवृत्तिमा सुधार हुन नसक्दा बर्सेनि अनियमित तरिकाले रकमान्तर हुने छ । विभिन्न मन्त्रालयहरूले कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई कारोबार गर्ने, लेख्नुपर्ने लेखा नराख्ने लगायत कारण खर्च नभएर अन्ततः रकमान्तर गर्ने प्रतवृति बढ्दै गइरहेको हो । अर्थमन्त्रालयका अनुसार सबैभन्दा ठूलो बजेट रकमान्तर अर्थमन्त्रालयमार्फत् भएको छ । अर्थमन्त्रालयले जेठ महिनामा १ करोडभन्दा बढी रकमका आयोजनामा २ अर्ब ५९ करोड रुपैयाँ रकमान्तर भएको थियो । विभिन्न ४३ वटा कार्यक्रम तथा आयोजनाका लागि ३ अर्ब २८ करोड ३८ लाख रुपैयाँ थप निकासा पनि गरेको जानकारी दिएको छ । यस्तै, आव २०८०/८१ मा ७ अर्ब ७५ करोड ५१ लाख रुपैयाँ बजेट थप गरेको पनि जानकारी दिएको छ । [pdf id=501239]