अर्बौं ठगेर जेलमा रहेका सञ्चालक सिंहदरबारमा
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा मुछिएका सञ्चालकहरूसँग बयान लिएको छ । समितिले हाल जेलमा रहेका सञ्चालकहरुलाई सिंहदरबारमा बोलाएर बयान लिएको हो । विभिन्न सहकारीको अर्बौं बचत ठगेको आरोपमा हाल जेलमा रहेका उनीहरुलाई गृह मन्त्रालयको सहयोगमा बयान लिइएको समितिका सभापति सुर्य थापाले बताए । सभापति थापाका अनुसार शिवशिखर बहुउद्देश्यीय संस्थका पूर्व केदार शर्मा र उनकी श्रीमती गिता शर्मा, पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्वअध्यक्ष सीबी लामा र श्री लालिगुराँस सहकारीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको बयान लिइएको हो । यस्तै, नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बाको पनि समितिले बयान लिएको छ । लामालाई केन्द्रीय कारागार जगन्नाथ देवल र सुब्बालाई नख्खु जेलबाट बैठकमा झिकाइएको थापाले जानकारी दिए । यस्तै, गिता शर्मालाई केन्द्रीय कारागार जगन्नाथ देवल र केदारनाथलाई नख्खु जेलबाट झिकाएर बयान लिइएको हो । विशेष समितिको कार्यविधिअनुसार उनीहरुसँग बयान लिइएको थापाले जानकारी दिए । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा सुरेन्द्र भण्डारीसहित चार जना पक्राउ भएका थिए । प्रहरीले सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरेको थियो । भण्डारीबाहेक अन्य धरौटीमा छुटिसकेका छन् । यस्तै, कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्वअध्यक्ष लामा गत जेठमा पक्राउ परेका थिए । हाल उनी पनि जेलमै छन् । उनले ८ अर्ब बढी रकम ठगेको आरोप छ । यस्तै, हाल पुर्पक्षका लागि जेलमा रहेका शिबशिखरका पूर्व अध्यक्ष केदार शर्मा र उनकी श्रीमतीले पनि सहकारीको १४ अर्ब रुपैयाँ ठगेको आरोप बचतकर्ताको छ । समितिलिे उनीहरुसँग सहकारीको रकमको विषयमा सोधपुछ गरेको जानकारी दिएको छ । उनीहरुले सकेसम्म चाँडै बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्धता गरेका छन् । समितिका अनुसार आफूहरु पक्राउ नभएको भए हालसम्म बचतकर्ताको बचत तिरिसक्ने र सबै रकम तिर्न नसके पनि अधिकांशको समस्या समाधान गर्न तर्फ आफूहरुले लागेको हुने धारणा राखेका छन् । सम्बन्धित सामग्री : सहकारी ठगी : समितिले जेलमा रहेका भीआईपी सञ्चालकसँग छलफल गर्ने, ‘फरारहरु पनि सम्पर्कमा’
गाउँमा ‘हिट’ भएर काठमाडौं छिरेको टेक्नो मोबाइल
काठमाडौं । नेपाली बजारमा आएका जुनसुकै सामान वा वस्तु होस्, त्यो सुरुमा काठमाडौंमा बढी चल्छ र बिस्तारै गाउँघरतिर जान थाल्छ । तर, यसको ठिक विपरीत नेपालमा यस्तो एउटा वस्तु छ जुन पहिला हिमाल र पहाडतिरका मानिसका हात-हातमा पुगेर ‘हिट’ भएपछि बल्ल संघीय राजधानी काठमाडौं प्रवेश गर्दैछ । त्यो के होला ? त्यो हो- ‘टेक्नो मोबाइल’ । टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारी टेक्नोलाई मानिसहरूले पहाडको ‘आइफोन’ भन्ने गरेको बताउँछन् । ‘हामी सबैभन्दा सुरुमा हिमाल, पहाडका हरेक मानिसको हात-हातमा पुग्यौं, त्यसपछि बिस्तारै सहर छिर्यौं र अहिले मात्रै हामी काठमाडौं पस्दैछौं,’ उनी भन्छन्, ‘जो कुनै ब्रान्ड सहरमा छाएर त्यसपछि गाउँघरसम्म पुग्छन्, तर हामी मात्रै यस्तो ब्रान्ड हौं जो पहिलै नै गाउँघरमा हरेकको रोजाइ बनिसकेर अहिले मात्रै काठमाडौं प्रवेश गर्दैछौं ।’ सुरुको दिनमा सहरबाट प्रतिस्पर्धा गर्न एकदमै गाह्रो पनि थियो त्यसैले गाउँघरमा छाएर मात्रै सहर पस्ने निर्णय गरेको उनी सुनाउँछन् । गाउँघरमा हरेकले आफ्नो ब्रान्ड प्रयोग गरिसकेपछि उनीहरूको प्रतिक्रिया राम्रो आएको उनको भनाइ छ । ‘पहिले धरातल राम्रो बनाएर त्यसपछि चलेका ब्रान्डसँग प्रतिस्पर्धा गरौं भन्ने हाम्रो सोच भयो र साेहीअनुसार हामीले काम गर्यौं,’ उनी भन्छन् । अहिले टेक्नोलाई ‘पहाडको हिरो’, ‘पहाडको आइफोन’ लगायत उपनाम दिने गरेको उनी बताउँछन् । ‘सबैभन्दा कम मूल्यमा पर्फमेन्स राम्रो दिने, फोरजी राम्रोसँग चल्ने यदि कुनै पनि फोन छ भने त्यो टेक्नो मोबाइल मात्रै हो,’ उनी दाबीका साथ भन्छन्, ‘हामीले सधैं ‘बिलो द लाइन’ बसेर काम गर्यौं जसको प्रतिफल अहिले टेक्नो मोबाइल नेपालको टप पाँच ब्रान्डभित्र परेको छ ।’ मोबाइल भन्नेबित्तिकै जो कोहीले मनमा आइफोन सम्झिनु स्वभाविक हो । तर, नेपालको भौगोलिक अवस्थाका कारण यहाँको हरेक क्षेत्रमा आइफोन सम्भव छैन । जसको फाइदा उठाउँदै टेक्नो माेबाइल पहाडको आइफोन बनेकाे उनी बताउँछन् । अन्य मोबाइलको तुलानामा टेक्नो मोबाइल सस्तो रहेको उनी दाबी गर्छन् । टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले पनि आफूहरू पहाडको हिरो भएर चिनिन पाउँदा खुसी लागेको भनाइ राखे । ‘जब म सबैभन्दा सुरुमा टेक्नो मोबाइलको ब्राण्डिङका लागि काठमाडौं आएँ, त्यतिबेला मलाई धेरै मानिसहरूले न्यूरोडको २,४ वटा पसल लैजानुभयो र भन्नुभयो कि यो न्यूरोडमा जति पसल छ त्यसमा आफ्नो उपस्थिति देखाउन सकियाे भने मोबाइलको बजार खाइन्छ,’ उनले विगतलाई सम्झिँदै सुनाए, ‘तर, मलाई त बजार खानु मात्रै थिएन त्यसैले मैले भने कि म पहिले गाउँघरमा टेक्नो मोबाइल बेच्छु र मात्रै सहर पस्छु, त्यसपछि सबैको आवश्यकता भइसकेपछि अनि मात्रै काठमाडौंको न्यूरोडका पसलमा मोबाइल बेच्छु, मेरो यो चाहना पूरा भएको छ, आज त्यो दिन आएको छ ।’ छोटो समयमा नै नेपालको टप ५ ब्राण्ड बन्न सकेको उनी बताउँछन् । ‘टेक्नाे माेबाइल यति छोटो समयमा नै नेपालको टप ब्राण्डहरूसँग प्रतिस्पर्धा गर्न सक्ने भएको छ,’ उनी भन्छन्, ‘ग्रहकहरूको चाहना अनुसारको उत्पादन र ग्रहकको सन्तुष्टि हाम्रो पहिलो रोजाइ हो ।’ मोबाइल ब्राण्ड टेक्नोले बिहीबार मात्रै नेपाली क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो बाण्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले एक कार्यक्रमबीच उनीहरूलाई बाण्ड एम्बेसडर घोषणा गरेको हो । एम्बेसडर घोषणा भएपछि आरिफ र आसिफ दुवैले आफू टेक्नोसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । आरिफले एक क्रिकेटरको हैसियतमा आफूले टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्ने बताए । आसिफ टेक्नो नेपालको उत्कृष्टता आफ्नो जोश र जाँगरसँग मिल्दोजुल्दो रहेको बताए । आफ्नो नवीन शैली र पहुँचका कारण लोकप्रिय रहेको टेक्नोले आरिफ र आसिफले ब्राण्डको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’ भावलाई दर्शाउने विश्वास लिएको छ । अरिजित तलपात्राले खेलाडीहरूको खेलकुदप्रतिको समर्पण आफूहरूको ब्राण्डको स्टप एट नथिङसँग मेल खाने बताएका छन् । टेक्नोसँगको आरिफ र आसिफको सम्बन्धले आफूहरूको ब्राण्ड छवि र युवाहरूको संलग्नतालाई अझ उच्च बनाउने विश्वास लिएको उनले बताए । टेक्नो नेपालका सबै जिल्लामा आफूहरूको बलियो उपस्थिति रहेको र १० प्रतिशत बजार हिस्सा ओगटेको दाबी भण्डारीले गरेका छन् । साथै टेक्नो नेपालको पाँचौ शीर्ष ब्राण्ड भएको उनको दाबी छ । कम्पनीले ग्रहकहरूको सन्तुष्टिलाई पहिलो नम्बरमा राख्दै १०० दिने रिप्लेसमेन्ट वारेन्टी समेत प्रदान गरेको छ । यसरी सय दिनसम्म कुनै समस्या आए तुरुन्तै फिर्ता गरिदिने टेक्नो मात्रै पहिलो मोबाइल रहेको पनि उनी दाबी गर्छन् । टेक्नो ७० भन्दाबढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो । टेक्नोले स्मार्टफोन, स्मार्ट वेयरेबल्स, ल्यापटप, ट्याब्लेट एचआईओएस अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूको विस्तृत शृंखलामार्फत अत्याधुनिक आविष्कारहरू प्रदान गर्दै आएको छ । ब्रान्डको नेपालमा अधिकारिक विक्रेता महालक्ष्मी मोबाइल्स प्रालि रहेको उनले बताएका छन् । कम्पनीले उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यहरूमा स्टाइलिस र नवीन प्रविधिहरू प्रदान गर्ने क्रम जारी राख्ने बताएको छ । टेक्नो ७० भन्दा बढी देशमा रहेको प्रविधि ब्राण्ड हो । टेक्नो मोबाइल उत्कृष्ट र नयाँ प्रविधिहरू अनलक गर्न प्रतिबद्ध रहेको बताउँदै स्टाइलिस र बौद्धिक उत्पादनहरूसँगै टेक्नोले विश्वभरिका उपभोक्ताहरूलाई आफ्नो उत्कृष्ट शैली र उत्कृष्ट भविष्यका लागि निरन्तर अग्रसर रहन प्रेरित गर्ने कम्पनीले बताएको छ । यो ब्रान्डमा ग्राहकले रोजे र खोजेअनुसार मोबाइल पाउने र सर्भिस तथा पार्टसहरू सहजै पाउने पनि कम्पनीले बताएको छ ।
बंगलादेशबाट भागेकी शेख हसिनाको सम्पत्ति कति छ ?
काठमाडाैं । बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर ज्यान बचाउनका लागि देश नै छाड्नुपर्यो । शेख हसिना बंगलादेशमा आफ्नो विलासी बंगला र घरजग्गा छोडेर आफ्नो ज्यान बचाउन राजधानी ढाकाबाट भारत पुगिन् । बंगलादेशमा सेनाले अन्तरिम सरकार गठन गरेको छ । हसिनाले बंगलादेशमा १५ वर्ष शासन गरिन् । बंगलादेश छाडेसँगै उनीसँग कति सम्पत्ति थियो भन्ने विषयमा चर्चा चलेको छ । करिब एक महिनाअघि बंगलादेशमा शेख हसिनाको घरमा काम गर्ने कामदारको सम्पत्तिको मुद्दाले निकै चर्चा पाएको थियो । शेख हसिनाको घरमा काम गर्ने चपरासी जहाँगीर आलमसँग २ अर्ब ८४ करोड भारुको सम्पत्ति भेटिएपछि उनी विदेश फरार भएका थिए । यदि उनका घरमा काम गर्ने कामदारसँग २ अर्ब ८४ करोड भारतीय रुपैयाँ सम्पत्ति थियो भने शेख हसिनाको योभन्दा धेरै सम्पत्ति होला ? सन् २०२४ को चुनावी सपशपत्रअनुसार शेख हसिनाको कुल सम्पत्ति ४ कराेड ३६ लाख बंगलादेशी टका अर्थात् करिब ३ कराेड १४ लाख भारतीय रुपैयाँ रहेको बताइएको छ । शेख हसिनाको आम्दानीको सबैभन्दा ठूलो हिस्सा कृषिबाट आउँछ । शेख हसिनाको नाममा ६ एकड खेतीयोग्य जमिन छ । यसबाहेक माछापालनबाट पनि आम्दानी हुन्छ । यसबाहेक उनले आफ्नो पैसा धेरै व्यवसायमा लगानी गरेकी छन्, जसबाट उनले वार्षिक १२ लाखभन्दा बढी आउने बताइएको छ । उनले कपडा, दूरसञ्चार, बैंकिङलगायत धेरै ठाउँमा लगानी गरेकी छन् । उनले दूरसञ्चार क्षेत्रमा ठूलो लगानी गरेको बताइएको छ । यसबाहेक बैंकिङ क्षेत्रमा पनि उनले लगानी गरेकी छन् । शेख हसिनाको बंगलादेशको कपडा र परिधान उद्योगमा ठूलो लगानी भएकाे बताइएकाे छ । सन् २०२२ मा शेख हसिनाले खेतीबाट ७८ लाख कमाएकी थिइन् । उनीसँग करिब १३ लाखको सुन रहेको छ । उनको नाममा रहेको ६ एकड जमिनको मूल्य ६ लाख टका रहेको छ । उनीसँग ३४ लाख टकाभन्दा बढीको प्लट छ । ब्लूमबर्ग रिपोर्टका अनुसार शेख हसिनाको लन्डनमा पनि एउटा घर छ, यद्यपि त्यो उनको नाममा नभएकाे उल्लेख छ । त्यस्तै, पर्प्लेक्सिटी एआईका अनुसार शेख हसिनाको सम्पत्ति धेरै देशमा फैलिएको छ । हसिनाको ढाकामा ३ करोड डलरको हवेली छ । सिलहटमा एउटा अपार्टमेन्ट छ, जसको मूल्य करिब १ करोड डलर रहेको बताइएको छ । उनले सिंगापुर र दुबईमा पनि केही सम्पत्ति किनेकी छन् । उनीसँग ४७ लाखको कार छ । यद्यपि, उनले यो उपहारको रूपमा पाएका थिइन् । उनको अधिकांश सम्पति बहिनी र छोराको नाममा रहेको बताइएकोे छ । एजेन्सी