इच्छाराजको बयान : १९ अर्बको सम्पत्ति बिक्री गरेर बचतकर्ताको ६ अर्ब फिर्ता गर्छु, जेलमुक्त गरियोस्

काठमाडौं । सिभिल सहकारीका संस्थापक अध्यक्ष इच्छाराज तामाङले आफूलाई जेलमुत्त गर्न आग्रह गरेका छन् । सहकारी बचत रकम ठगी सम्बन्धि अनुसन्धान गर्न बनेको संसदीय विशेष समितिसँगको बयानमा उनले सरकारले मुद्दा फिर्ता लिएर आफूलाई जेलमुक्त गर्नुपर्ने धारणा राखेका हुन् । उनले तयसपछि आफूले बचतकर्ताको बचत फिर्ता गर्ने बताएका छन् । उनले बयानमा भनेका छन्, ‘सिभिल सहकारीको नाउमा रहेको घरजग्गा र सिभिल मल लगायतका चल अचल सम्पत्तिको बद्धार मूल्य करीब १९ अर्ब रुपैयाँ रहेको छ । सिभिल सहकारीको बचतकर्ताहरूको निक्षेप दायित्व ६ अर्व रुपैया रहेको छ, त्यसैले उक्त चल अचल सम्पत्ति बिक्री गरी सजिलै बचतकर्ताहरूको निक्षेप रकम फिर्ता गर्न सकिन्छ, यसका लागि सरकारले म र मेरो परिवारमाथि दायर गरेको, गी तथा संगठित अपराध मुद्दा (हाल काठमाडौ जिल्ला अदालतमाविचाराधिन) र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिई मलाई कारागार मुक्त गरेमा तिन वर्ष भित्रमा सहकारीमा आएको समस्या समाधान गर्न सकिन्छ ।’ उनले सहकारीको सञ्चालकहरुलाई थुन्नु समाधान नभएको बताएका छन् । यसरी सबै सहकारीका सञ्चालकहरुलाई थुन्दै जाने हो भने तीन लाख व्यक्ति थुन्नु पर्ने अवस्था आउन सक्ने बयान उनले दिएका छन् । यस्तो छ उनको बयान : आफ्नो नाम सहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस् । परिवारका सदस्य हाल को कहाँ हुनुहुन्छ ? खुलाइदिनुहोस् । मेरो नाम इच्छाराज तामाङ हो, बाजे अङ्गजित तामाङ, बुवा चन्द्र बहादुर तामाङ र आमा स्व. शुरेखा तामाङ हो। मेरो परिवारमा श्रीमती सिर्जना शाक्य तामाङ, छोरीहरू प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङ छौ मेरो छोरीहरू अध्ययनको सिलसिलामा बेलायतमा छन् । मेरो स्थायी ठेगाना किर्तिपुर नपा वडा नं १ ट्याइलाफाट हो । मेरो ना प्र नं २४५६/१४१० र मोबाइल नं ९८५१०३५२०० हो । तपाइको शारीरिक अवस्था कस्तो छ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ ? मेरो शारीरिक र मानसिक अवस्था ठीक छ सोधिएका प्रश्नको उत्तर दिन सक्छु । तपाईं आबद्ध रहेका र सञ्चालकको भूमिकामा रहेको सहकारी संस्थाहरूको नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस्। सम्बद्ध कुनै कागजात भए पेस गर्नुहोस् । म २०६७ सालदेखि कुनै पनि सहकारीमा सञ्चालकको भूमिकामा छैन । २०५७ सालदेखि २०६७ सालसम्म सिभिल बचत तथा ऋण सहकारी संस्था लि.मा अध्यक्षको रूपमा रहेको थिए। त्यस पश्चात कुनै अन्य सहकारी मा संलग्न छैन। त्यस अघि गोरखा बचत तथा ऋण सहकारी लि. २ वर्ष अध्यक्ष भएको थिए। यस सहकारीको प्रधान कार्यालय काठमाडौ मनपा वडा नं १३ कालिमाटीमा रहेको छ र काठमाडौ सुन्धारा स्थित सिटिसी मलमा सेवा केन्द्र रहेको थियो। सहकारी ऐन र प्रचलित कानून बमोजिम सहकारी संचालन भएको छ/ थियो ? मेरो कार्यकाल २०५७ देखि २०६७ सम्म उक्त सहकारी संस्था सहकारी ऐन र प्रचलित कानून बमोजिम नै सञ्चलन गरिएको थियो । सहकारी संस्था सञ्चालन बाहेक अन्य कुनै पेशा वा व्यवसाय पनि छ/ थियो ? सहकारी संस्था संचालन वाहेक अन्य पेशा अन्तर्गत म ईन्जिनियरिङ र हाउजिङ व्यवसाय गर्दथे। म पुलचोल ईन्जिनियरिङ कलेजमा १९९५ देखि १९ वर्ष सहप्राध्यापकको रूपमा । तपाईं पूर्व अध्यक्ष रहेको सिभिल वचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंको सशालक समितिमा को-को हुनुहुन्छ/हुनुहुन्थ्यो ? उक्त संस्थामा हाल म कुनै पनि पद तथा जिम्मेवारीमा रहेको छैन। उक्त संस्थाको संचालक समितिमा हाल अध्यक्ष केशवलाल श्रेष्ठ, सचिव प्रविण मुखिया, कोषाध्यक्ष सुमन नन्द वैद्य, सदस्य अष्टरत्न तुलाधर, मुकुन्द प्रसाद न्यौपाने र दानहिरा कंसाकार रहेका छन्। म संचालक समितिमा रहँदा अध्यक्षमा म स्वयं सचिव केशवलाल श्रेष्ठ, कोषाध्यक्ष प्रवीण मुखिया, सदस्यहरू हरिहर लामिछाने, जयन्द्रलाल श्रेष्ठ प्रविन प्रसाद प्रधान र सुमन नन्द वैद्य थियौं । हाल उक्त संस्था संचालनमा छ/छैन ? उक्त संस्था समस्यामा पर्नुको कारण के हो ? हाल उक्त संस्था सञ्चालनमा छैन। बागमती प्रदेश सहकारी मन्त्रालयबाट मिति २०६०/०५/२१ गते समस्याग्रस्त घोषित भएको छ। उक्त संस्थाको ऋणी लालकाजी गुरुङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठ मिली सिभिल सहकारीको ५० प्रतिशत शेयर स्वामित्व रहेको सिभिल मल जसको हालको बजार मूल्य नं. १४ अर्थ जति पर्छ सो सम्पत्ति हडप्ने नियतले सिमित सहकारीको सम्बन्धमा २०७५ सालमा विभिन्न मिडियामा सहकारीको नकारात्मक र भ्रामक समाचारहरू सम्प्रेषण गरेको, त्यसैगरी मिति २०७२ सालको महाभूकम्पको कारण सिभिल होम्स लगायतका सहकारी सस्थाको लगानीमा संचालित हाउजिङ परियोजनामा ठूलो हानि नोक्सानी भएको र मिति २०७५÷०७६ मा विश्वव्यापी कोभिड १९ को कारण व्यापार व्यवसायमा ठूलो नोक्सानी र गिरावट आएकोले सहकारी र सिभिल होम्स लगायतमा नकारात्मक असर परेकोले सहकारी समस्यामा परेको हो। साथै सहकारीको विरोध गर्न पिडीत ३० प्रतिशत र बाँकी ७० प्रतिशत सहकारी के ऋणी सडकमा आउने र सहकारीको विरोध गर्ने र समस्या समाधान गर्न नदिने कार्य गर्दै आउनु । संचालक समितिका सदस्यमध्ये तपाईंको आफ्नो परिवार वा नातागोताका व्यक्ति को को हुनुहुन्छ हुनुहुन्थ्यो ? सञ्चालक समितिका सदस्यमध्ये मेरो आफ्नो परिवार वा नातागोताका व्यक्ति कोही पनि छैनन् । अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति तपाईं संस्थापक अध्यक्ष रहेको सहकारीको सञ्चालक समितिमा पनि छन् वा छैनन् थिए वा थिएनन् यदि थिए भने उक्त कुरा कानूनसम्मत हो, होइन ? खुलाइदिनुहोस् । अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति म संस्थापक अध्यक्ष भएको सहकारीको सञ्चालक समितिमा छैनन् थिएनन् । सञ्चालकहरू कर्मचारी पनि रहेका छन् वा छैनन् ? व्यवस्थापक या कर्मचारी छनौट गर्दा के-कस्तो विधि र पद्धति अपनाउने गर्नु भएको छ÷ थियो ? उक्त सहकारीमा संचालकहरू कर्मचारी रहेका थिएनन/छैनन् । व्यवस्थापक वा कर्मचारी छनौट गर्दा संस्थाको विनियम अनुसार नै गराउने गरिएको थियो । सहकारी संस्थाका सदस्य वाहेक व्यक्तिको बचते जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छ वा छैन/थियो या थिएन ? सहकारी संस्थाका सदस्य बाहेक व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको थिएन । शेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोवास भएका व्यक्तिलाई मात्र सदस्य बनाउनु भयो वा अन्य जोसुकैलाई पनि बनाउनु भएको छ थियो ? शेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा वसोवास भएका व्यक्तिलाई मात्र सदस्य बनाइएको थियो । सहकारी संस्थाको सम्पत्ति कहाँ-कहाँ के कुन स्वरूपमा छ ? छ भने आवश्यक कागज प्रमाण समेत पेस गर्नुहोस् । सहकारी संस्थाको सम्पत्ति कहाँ कुन रूपमा छ भन्ने सम्पूर्ण विवरण सम्मानित काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दासँग पेस गरिएको अभियोग पत्रमा उल्लेख भएको छ। केही कागज प्रमाण आज क्यान साथ पेस गरेको छु । अन्तरसहकारी कारोबार गर्नु भएको छ ? छ भने कुन-कुन संस्थासँग ? खुत्ताउनुहोस् । मेरो कार्यकालमा अन्तरसहकारी कारोबार गरिएको थिएन । तपाईं पूर्वअध्यक्ष रहेको सहकारी संस्थामा २०६८/२०६९ सालमा स्थलगत निरीक्षण हुँदा १५३४ शेयर वितरण गरेको, लेखापरीक्षण प्रतिवेदनमा ६०५ उल्लेख भएको, शेयर दर्ता रजिष्ट्ररमा ४५१ जना र व्यक्तिगत शेयर रजिष्ट्रर खातामा ९६१ रहेको र सदस्य संख्या नै यकिन नभएको भनी कैफीयत जनाइएको रहेछ । त्यतिबेलादेखिका यस्तै बेथितिलाई सुधार नगरेका कारण सहकारी समस्यामा परेको हो ? उक्त मितिमा म संस्थाको कुनै पदीय जिम्मेवारीमा नभएकोले यस विषयमा मलाई केही जानकारी भएन । सोही प्रतिवेदन अनुसार तपाइहरूले त्यतिबेला नै कानून विपरीत शेयर सदस्य र कारोबारी सदस्य भनी सदस्य बाहिरको कारोबार सुरु गर्नुभएको देखिन्छ, किन सुधार गर्नु भएन ? उक्त मितिमा म संस्थाको कुनै पदीय जिम्मेवारीमा नभएकोले यस विषयमा मलाई केही जानकारी भएन । सहकारी संस्थाबाट सिभिल होम्स प्रा.लि. लगायत १६ वटा कम्पनीहरूमा ऋण प्रवाह कुन कानून बमोजिम गर्नुभएको हो ? वचत तथा ऋण कारोबार गर्ने तपाईंको सहकारी संस्थाको कार्यक्षेत्र घरजग्गा र रियल स्टेटमा काम गर्ने त देखिदैन नी ? के भएको हो ? उक्त कार्य संस्थाको स्वीकृत विनियमावली बमोजिम गरिएको थियो। सहकारी ऐन, २०४८ बमोजिम संस्थाको स्वीकृत विनियमावली बमोजिम घर, जग्गा र रियल स्टेटमा लगानी गरिएको हो । २०६८/०६९ को प्रतिवेदन अनुसार तपाई आफै अध्यक्ष रहेको सिभिल होम्स प्रा.लि.बाट ऋण माग गर्ने र आफै अध्यक्ष रहेको सहकारीको कूल ऋणको ७५ प्रतिशत ऋण आपने कम्पनीमा लगानी गर्ने निर्णय र तमसुकमा समेत दुवै तर्फ तपाईले नै हस्ताक्षर गरेको भन्ने देखिन्छ। यो त स्वार्थको द्वन्द भएन र ? उक्त समयमा म संस्थाको कुनै पनि पदीय जिम्मेवारीमा थिइन सो विषयमा मलाई जानकारी छैन। सिभिल होम्स प्रा.लि. सिभिल सहकारीको सतप्रतिशत शेयर लगानीमा स्थापित भगिनी कम्पनी भएको हुनाले नियम विनियम बमोजिम नै कर्जा लगानी भएको हुनु पर्छ। व्याजलाई हरेक छ महिनामा पुँजीकरण गर्नुभएको देखिन्छ, यसो गर्न मिल्छ ? मेरो कार्यकालमा व्याजलाई पुँजीकरण गरिएको थिएन त्यसपछि के भयो मलाई जानकारी भएन । संविधान सभा र तत्कालीन रूपान्तरित व्यवस्थापिका संसदको सदस्य समेत रहनुभएका तपाईंलाई सहकारी ऐन, २०७४ निर्माणमा सहकारीलाई नियमनबाहिर राख भूमिका खेलेको तथा राजनीतिक आड र संरक्षणमा रही बचतकर्ताको बचत हिनामिना गर्नुभयो भन्ने आरोप छ नि, के भन्नु हुन्छ ? यो झुटो आरोप हो, यसमा सत्यता छैन र यसमा मेरो भन्नु केही छैन। सिभिल समूहका ३ वटै कम्पनीलाई मात्र कूल रु. ७ अर्व ४२ करोड ७३ लाख कर्जा के-का लागि प्रवाह गरिएको हो ? मेरो कार्यकालमा करीब २ अर्ब जति मात्र ऋण लगानी भएको थियो मेरो कार्यकालपछि भएको लगानीको विषयमा मलाई जानकारी भएन र विगत ३ वर्षदेखि कारगारमा भएको हुनाले यकीन साथ भन्न सक्दिनँ । सहकारीले घर जग्गामा कूल ऋणको २५ प्रतिशत मात्र लगानी गर्नु पर्नेमा ९० प्रतिशत भन्दा बढी किन गरियो ? २५ प्रतिशत लगानी भनेको नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार हो । सहकारी ऐन विनियममा कर्जा लगानीको सीमा उल्लेख नभएको हुनाले लगानी भएको हुन सक्छ मेरो कार्यकालमा कूल ऋणको करीब २० प्रतिशत मात्र घर जग्गा तथा हाउजिङमा लगानी थियो । उक्त कर्जा प्रवाह गर्दा पर्याप्त धितो लिएको छ कि छैन ? मेरो कार्यकालमा पर्याप्त धितो राखेर र सिधै सहकारीको नाउँमा नै जग्गा खरीद गरी लगानी भएको थियो । नियम अनुसार कुनै सदस्यलाई कुल पुँजीको १० प्रतिशत भन्दा बढी ऋण दिन मिल्दैन तर एकै समूहलाई करिव ९० प्रतिशत ऋण किन दिएको हो? मेरो कार्यकालमा यदि ठूलो रकम लगानी भएको थिएन त्यसपछी के भयो मलाई जानकारी भएन । सिभिल बचत तथा ऋण सहकारीमा रु ७ करोड बराबरको जम्मा रकम लगानी गर्न रोजगारी आय र व्यापार व्यवसायबाट प्राप्त आयश्रोत भनिएको छ के यो यथार्थ हो? यथार्थ हो । कर चुक्ता प्रमागहरू पेस गरेर भेरीफाई गरेको छ । सहकारीको स्वमित्वमा रहेको सिभिल बिजनेस कम्प्लेक्स प्रा. लि. को शेयर तपाईले खरिद गरेको हो कि होइन ? सिभिल विजनेस कम्प्लेक्स प्रा.लि.को मेरो नाममा शेयर छैन । उक्त शेयर सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिवको नाममा ५० प्रतिशत र लालकाजी गुरुङ र मिना गुरुङको नाममा मा ५० प्रतिशत शेयर रहेको छ । हाल निज लालकाजी गुरुङ र मिना गुरुङको शेयर धितो राखेर लिएको ऋण नतिरेको हुनाले सहकारीले निजहरुको २५ प्रतिशत धितो लिलाम गरी ७५ प्रतिशत सहकारीको नाममा स्याउने प्रक्रियामा छ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालि.ले पुँजी कोषको सिमा (१५) गुणा नाघी बचत संकलन किन गरेको ? मेरो कार्यकालमा यो कार्य भएको थिएन र हाल के छ मलाई थाहा भएन। विद्यमान अवस्थामा तपाईंको सहकारीको समस्या समाधान गर्न सक्नुहुन्छ? के कुन प्रबन्ध भयो भने समाधान सहज हुन्छ ? विद्यमान अवस्थामा उक्त सहकारीको नाउँमा रहेको चल अचल सम्पत्ति बेचविखन गरी र सिभिल मलको शेयर र सहकारीका सदस्यहरूमा गरिएको कर्जा लगानी विषेश गरी ठूला ऋणीहरू लालकाजी गुरुङ र मिना गुरुङ समेतबाट कर्जा असूल उपर गरी समस्या समाधान गर्न सकिन्छ । म मेरो श्रीमति र छोरीहरू माथि लगाइएको ठगी मुद्दा र सम्पत्ति शुद्धीकरण मुद्दा सरकारले फिर्ता लिई कारागारमुक्त गरेमा तिन वर्ष भित्रमा सहकारीको नाउमा रहेको सम्पत्ति बिक्री गरी र ऋणी सदस्यहरूवाट कर्जा रकम असुल उपर गरी सम्पूर्ण बचतकर्ता सदस्यहरूको निक्षेप रकम फिर्ता गर्न सकिन्छ । तपाईं मुख्य संचालक/शेयर सदस्य रहेको सिभिल बचत तथा ऋण सहकारी संस्था लि. को समस्या समाधान गर्न तपाई, तपाईको परिवार, सरकार र कर्जा लिएको बैइले के-के गर्नु पर्ला ? म शेयर सदस्य रहेको सहकारी संस्थाको समस्या समाधान गर्न सरकारले म र मेरो परिवार माथि लगाएको मुद्दा फिर्ता लिनुपर्छ । अन्त्यमा तपाईंको थप भन्नु केही छ ? सिभिल सहकारीको नाउमा रहेको घर जग्गा र सिभिल मल लगायतका चल अचल सम्पत्तिको बद्धार मूल्य करीब १९ अर्व रुपैया रहेको छ । सिभिल सहकारीको बचतकर्ताहरूको निक्षेप दायित्व ६ अर्व रुपैया रहेको छ त्यसैले उक्त चल अचल सम्पत्ति विकि गरी सजिलै बचतकर्ताहरूको निक्षेप रकम फिर्ता गर्न सकिन्छ। यसका लागि सरकारले म र मेरो परिवारमाथि दायर गरेको, गी तथा संगठित अपराध मुद्दा (हाल काठमाडौ जिल्ला अदालतमाविचाराधिन) र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिई मलाई कारागार मुक्त गरेमा तिन वर्ष भित्रमा सहकारीमा आएको समस्या समाधान गर्न सकिन्छ । सहकारीको सञ्चालकहरुलाई थुन्नु समाधान होइन यसरी सबै सहकारीका सञ्चालकहरुलाई थुन्दै जाने हो भने तिन लाख व्यक्ति थुन्नु पर्ने हुन्छ जबकी नेपालको कारागारको क्षमता ४५ हजार मात्र छ। तसर्थ सहकारीको समस्या समाधानको उपयुक्त उपाय निकाल्न राज्यले उचित कदम चालोस् ।

जापानमा आफ्नैहरूबाट ठगिन्छन् नेपाली विद्यार्थी, कोठा पाउन मुस्किल

जापान । नेपाली विद्यार्थीहरूको शैक्षिक गन्तव्यका रूपमा पछिल्लो समय जापान अग्रस्थानमा आउँछ । जापानमा आएर अध्ययन तथा काम गर्ने नेपाली विद्यार्थीहरूको संख्या बढ्दै गएको छ । हाल करिब ६० हजार नेपाली विद्यार्थी जापानका विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययनरत रहेको विभिन्न सरकारी तथ्यांकले देखाउँछ । विद्यार्थीले अनुमति लिएर सातामा २८ घण्टासम्म काम गर्दै भाषा तथा व्यावसायिक शिक्षा लिन सक्ने सुविधा भएकोले पनि जापानमा आउने नेपाली विद्यार्थीको संख्या बढेको हो । यो सुविधाले नै नेपाली विद्यार्थीलाई आकर्षित गरिरहेको छ । भाषा तथा सिप विकास भइसकेपछि रोजगारीका अवसरहरू प्रशस्त भएकोले पनि नेपाली यहाँका विभिन्न शहरमा आउने गरेका छन् । अवसरहरू राम्रो भएपनि पछिल्लो समय विद्यार्थीको संख्या बढेसँगै गलत क्रियाकलापले पनि प्रशय पाइरहेका छन् । पछिल्लो समय नेपाली विद्यार्थीले नेपालीलाई नै ठग्ने गलत क्रियाकलाप जापानमा बढेका छन् । रोजगारीको अभाव, भाषा र सिपको कमीले नेपाली विद्यार्थीले नेपालीलाई नै ठगी गर्ने घटनाहरू बढ्दै गएका हुन् । जापानको फुकुओका सहर अवस्थित निसिनिहोन कोकुसाई निहोंगो गाक्कोमा अध्ययनरत केही नेपाली विद्यार्थीले आफ्नै देशका नागरिकबाट ठगीमा परेको गुनासो गरेका हुन् । पीडित विद्यार्थीहरूको भनाइअनुसार उनीहरूलाई कोठा खोजिदिने बहानामा ठूलो रकम असुलेर ठगिएको हो । उनीहरूले होस्टलबाट कोठा खोज्दा एक नेपाली दिदीको सहयोग मागेको तर उनले ठूलो रकम असुलेर सम्पर्कविहीन भएको पीडित एक विद्यार्थीले भने । ‘हामीले जापानमा सहयोग गर्ने गरेको सुनेर परिचित नेपाली दिदी (युमी गुरुङ) सँग सहयोग माग्यौं । तर, उनले जनक थापा र उमेश तामाङ नामका व्यक्तिसँग सम्पर्क गराइन्, उनीहरूले हाम्रो जाइरो कार्ड र इनकान समेत लिए । कोठा नखोजेर पैसा लिएर सम्पर्कविहीन बने,’ ती विद्यार्थीले गुनासो गरे । कोठा व्यवस्थापनको क्रममा नक्कली कागजात बनाइ विद्यार्थीहरूलाई कोठा सारिएको थियो । उनीहरूले बैंकबाट भाडा काटिने र पानी निःशुल्क हुने आश्वासनसमेत दिएका थिए । तर, पछि पानीको बिल अरूकै नाममा अएको र रुम भाडा नगदमा मागिएको उनीहरूको भनाइ छ । आफूहरूले आफ्नो गाक्कोमा गएर कागजात देखाउँदा नेपाली शिक्षकले कागजात नक्कली भएको जानकारी दिए । पछि उनीहरूले प्रहरीलाई पनि खबर गरेको बुझिएको छ । प्रहरीले अनुसन्धान गर्दा रकम ठगी गर्ने नियतका साथ उनीहरूले आपतकालीन सम्पर्क नम्बर र पानी–बिजुलीमा मनलाग्दी नाम राखेको फेला परेको छ । उनीहरूका अनुसार उनीहरूले ४ लाख रुपैयाँसम्म ठगी गरेका छन् । पछि प्रहरीको सहयोगमा ठगी गर्नेले पैसा फिर्ता गरिसकेको पनि बुझिएको छ । उनीहरूले अरूलाई पनि यस्तो ठगीबाट बच्न आग्रह गरेका छन् । जापान कानूनी रूपमा निकै सशक्त देश भएकोले ठगीको शिकार भएर चुप बस्नुभन्दा कानूनी सहायता लिनु नै उचित हुने राय उनीहरूको छ । जापानमा नेपाली विद्यार्थीहरू अलपत्र पर्ने, हराउने तथा चोरी डकैतीको शिकार बन्ने गरेका घटनाहरू बेला बखत सार्वजनिक हुने गरेका छन् । यसबाट बच्नका लागि विद्यार्थीलाई सरोकारवालाले सुझाव दिएका छन् ।

वैदेशिक रोजगार बीमाको पुलले चार कम्पनीलाई फाइदैफाइदा, ६ कम्पनी मारमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई पुल प्रणालीमा लैजान केही साताअघि एउटा मोडालिटी निर्माण गर्‍यो । चालु आर्थिक वर्ष २०८१/०८२ को सुरुदेखि नै पुल प्रणाली लागू गर्नेगरी प्राधिकरणले निर्देशिका नै बनायो । वैदेशिक रोजगार म्यादी बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै प्राधिकरणले पुल प्रणाली लागू गरेको जनाएको छ । वैदेशिक रोजगार म्यादी बीमाको व्यवसाय पाउन बीमा कम्पनीहरूसँग म्यानपावर कम्पनीले कमिसन लिने गरेको भन्दै यस व्यवसायलाई पुल प्रणालीमा लैजानुपर्ने धारणा केही जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले गर्दै आएका थिए । यस्तै, अन्य केही कम्पनीका सीईओहरूले भने म्यानपावर कम्पनीसँग ती जीवन बीमा कम्पनीले उधारोमा पोलिसी बिक्री गरेको आरोप लगाएका थिए । म्यानपावरले उक्त उधारो तिर्न आनाकानी गरेपछि पुल प्रणालीमा जान उनीहरूले दबाब सिर्जना गरेको आरोप पनि छ । बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्ने निचोड निकालेर प्राधिकरणले पुल प्रणाली नै लागू गर्‍यो । कस्तो छ मोडालिटी ?  प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशन, २०८१ सार्वजनिक गरेको छ । सो निर्देशनअनुसार अब कुनै पनि कम्पनीले जति नै व्यवसाय गरे पनि त्यसको ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्छ । एक प्रतिशत भने प्रशासनिक, उक्त पोलिसी जारी गर्दा लाग्ने खर्चलगायत खर्चका लागि कम्पनीले स्वयं आफैले राख्न पाउँछ । यसैगरी, सबै कम्पनीले आफूले संकलन गरेको बीमाशुल्कको बाँकी ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्ने निर्देशनमा भनिएको छ । उक्त पुलमा जम्मा भएको रकमको ३१ प्रतिशत रकम सबै बीमा कम्पनीहरूले आफूले गरिएको व्यवसायको अनुपातमा विभाजन हुन्छ । त्यसैगरी, बाँकी ६९ प्रतिशत रकम यस बीमा व्यवसाय गर्ने सबै कम्पनीलाई बराबर भाग हुन्छ । निर्देशनअनुसार चालु आवका लागि १५ वटा कम्पनीले यस व्यवसाय गर्न इच्छुक रहेकाले उनीहरूलाई त्यो ६९ प्रतिशत रकम बराबर अर्थात ४.६० प्रतिशतका दरले बाँढिन्छ । त्यस्तै, आव २०८२/०८३ मा संकलन गरेको रकमको १ प्रतिशत स्वयं कम्पनीले राख्ने र ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्छ । पुलमा जम्मा गरिएको रकमको ८५.५० प्रतिशत रकम सबै बीमा कम्पनीलाई बराबर भाग लाग्छ । बाँकी १४.५० प्रतिशत भने कम्पनी व्यापार गरेको अनुपातमा भाग लाग्छ । त्यस्तै, आव ०८३/०८४ मा भने पुलमा जम्मा गरिएको सबै रकम सबै कम्पनीलाई बराबर भाग लाग्छ । यसो गर्दा केही धेरै व्यवसाय गर्ने कम्पनीहरूले आफूले संकलन गरेको रकम पनि अन्य कम्पनीलाई बाँढिन्छ । कम व्यवसाय गर्ने अर्थात तुलनात्मक रूपमा कम बीमाशुल्क संकलन गर्ने कम्पनीले आफूले गरेको व्यवसायभन्दा बढी थप रकम प्राप्त गर्ने अवस्था सिर्जना हुन्छ । अर्थात् केही कम्पनीलाई यस प्रणालीले फाइदा र केही कम्पनीलाई यसले घाटा पुर्‍याएको बीमाका जानकारहरू बताउँछन् । कति हुन्छ नाफा-घाटा ? कुन कम्पनीलाई यो प्रणालीबाट कति फाइदा र कुन कम्पनीलाई कति घाटा भनेर विश्लेषण गर्नुपूर्व नेपालमा हाल कति जीवन बीमा कम्पनी छन् ? त्यसमध्ये गत चालु आवमा कुन-कुन कम्पनीले यो बीमा पोलिसी जारी गरे ? कुन-कुन कम्पनीले गरेनन् ? भन्ने कुरा बुझ्नु जरुरी छ । हाल नेपालमा तीन लघु जीवन बीमा कम्पनी छन् । १४ वटा ठूला जीवन बीमा कम्पनी छन् । समग्रमा १७ जीवन बीमा कम्पनी छन् ।  विदेशी २ जीवन बीमा कम्पनी मेट लाइफ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले भने यो पोलिसी जारी नगर्ने भएका छन् । तसर्थ यो पोलिसि जारी गर्ने कम्पनीको संख्या १५ वटा रह्यो । कुन कम्पनीलाई कति फाइदा भन्नुपूर्व यो पोलिसी जारी गर्ने कम्पनीले गत आवमा गरेको कारोबारका आधारमा यहाँ विश्लेषण गरिएको छ । गत आवमा १५ मध्ये हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगार म्यादी बीमा पोलिसी बिक्री गरेका थिएनन् । यसैगरी, तीन लघु जीवन बीमाहरू गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले पनि गत वर्ष याे पोलिसी बिक्री गरेका थिएनन् । तयी कम्पनीहरूलाई पुल प्रणालीले घाटा हुन्छ या नाफा हुन्छ भनेरे विश्लेषण गर्ने आधार नै छैन । यीबाहेक गत आवमा १० जीवन बीमा कम्पनीले वैदेशिक रोजगार पोलिसी बिक्री गरेका थिए । अब हामीले कुन कम्पनीलाई कति नाफा वा घाटा भनेर विश्लेषण गर्न गत वर्षको तथ्यांकलाई केलाएर विश्लेषण गर्नेछाैं । उल्लेखित तथ्यांकअनुसार गत वर्ष ३ अर्ब १२ करोड ६८ लाख रुपैयाँ वैदेशिक रोजगारी म्यादी जीवन बीमाबापत बीमा शुल्क संकलन भएको रहेछ । यही तथ्यांकलाई आधार मानेर हिसाब गर्दा उक्त रकमको ९९ प्रतिशत रकम बीमा पुलको कोषमा जम्मा हुन्छ । अर्थात् ३ अर्ब ९ करोड ५५ लाख रुपैयाँ पुलमा जम्मा हुन्छ । सो पुलमा जम्मा गरिएको रकमको ३१ प्रतिशत अर्थात ९५ करोड ९६ लाख रुपैयाँ कम्पनीको व्यापारको अनुपातमा भाग गरिन्छ । बाँकी ६९ प्रतिशत अर्थात २ अर्ब १३ करोड ५८ लाख रुपैयाँ १५ कम्पनीलाई बराबर भाग लगाइन्छ । यो रकम १५ कम्पनीलाई भाग गर्दा एक कम्पनीको भागमा १४ करोड २३ लाख ८६ हजार रुपैयाँ हुन जान्छ । सन नेपाल लाइफ सन नेपालले गत आवमा ८६ करोड ३० लाख ४९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । त्यसको एक प्रतिशत अर्थात ८४ लाख ३० हजार कम्पनीले खर्च कटाएर बाँकी ८३ करोड ४६ लाख १८ हजार रुपैयाँ पुलमा जम्मा गरिदिन्छ । यस कम्पनीले पुलको ६९ प्रतिशत अर्थात २ अर्ब १३ करोड ५८ लाख रुपैयाँबाट १४ करोड २३ लाख ८६ हजार प्राप्त गर्छ । र, ३१ प्रतिशत अर्थात् ९५ करोड ९६ लाख रुपैयाँको २६.९६ प्रतिशत रकम प्राप्त गर्छ । सो बापत २५ करोड ८७ लाख रुपैयाँ प्राप्त गर्छ । समग्रमा सन नेपालले ८४ लाख ३० हजार, १४ करोड २३ लाख ८६ हजार र २५ करोड ८७ लाख गरी कुल ५० करोड ५७ लाख ३८ हजार रुपैयाँ प्राप्त गर्छ । यहाँ कम्पनीलाई ३३ करोड ७३ लाख १० हजार रुपैयाँ घाटा भएको देखिएको छ । नेपाल लाइफ  नेपाल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत बापत ६२ लाख ०८ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट १९ करोड ४ लाख ८० हजार गरी कुल ३३ करोड ९० लाख ७४ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ६२ करोड ८ लाख ६ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात् कम्पनीलाई २८ करोड १७ लाख ३१ हजार रुपैयाँ घाटा लागेको छ । आइएमई लाइफ  आइएमई लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत बापत ३५ लाख ३५ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट १० करोड ८४ लाख ३४ हजार गरी कुल २५ करोड ४३ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ३५ करोड ३५ लाख ७३ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ९ करोड ९२ लाख १७ हजार रुपैयाँ घाटा हुने भएको छ । एशियन लाइफ  एशियन लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत ३० लाख ३१ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ९ करोड २९ लाख ८५ हजार गरी कुल २३ करोड ८४ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ३० करोड ३१ लाख ४० हजार बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ६ करोड ४७ लाख ३७ हजार रुपैयाँ घाटा हुने भएको छ । नेशनल लाइफ  नेशनल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २७ लाख १ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ८ करोड २८ लाख १३ हजार गरी कुल २२ करोड ७९ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २७ करोड १ लाख ११ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ४ करोड २२ लाख ११ हजार रुपैयाँ घाटा हुने भएको छ । सूर्यज्योति लाइफ सूर्यजोति लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २५ लाख रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ७ करोड ६६ लाख ७२ हजार गरी कुल २२ करोड १५ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २५ करोड ८६ हजार बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई २ करोड ८५ लाख २७ हजार रुपैयाँ घाटा हुने भएको छ । सानिमा रिलायन्स लाइफ  सानिमा रिलायन्स लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २० लाख ५६ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ६ करोड ३० लाख ४५ हजार गरी कुल २१ करोड १० लाख ४३ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २० करोड ५६ लाख बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ५६ लाख ३१ हजार रुपैयाँ नाफा हुने देखिएको छ । रिलायबल लाइफ  रिलायबल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १७ लाख ८० हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ५ करोड ४६ लाख १ हजार गरी कुल १९ करोड ८७ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १७ करोड ८० लाख बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई २ करोड ७ लाख ६६ हजार रुपैयाँ फाइदा हुने देखिएको छ । सिटिजन लाइफ  सिटिजन लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १० लाख ५ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ३ करोड ८ लाख गरी कुल १७ करोड ४१ लाख ९४ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १० करोड ५ लाख बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ७ करोड ३६ लाख २२ हजार रुपैयाँ फाइदा हुने देखिएको छ । प्रभु महालक्ष्मी लाइफ  प्रभु महालक्ष्मी लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १ लाख ८० हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ५६ लाख ६१ हजार गरी कुल १४ करोड ८२ लाख २७ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १८ लाख ७८ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात् कम्पनीलाई १४ करोड ६३ लाख ५३ हजार रुपैयाँ फाइदा हुने देखिएको छ ।