अत्यधिक हाइपले एआई बजार अस्थिर बन्दै
काठमाडौं । पूर्व मेटा कार्यकारी तथा बेलायती राजनीतिज्ञ निक क्लेगले बुधबार कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बजार समायोजन (मार्केट करेक्सन) हुने सम्भावना ‘धेरै उच्च’ रहेको चेतावनी दिएका छन् । उनले कृत्रिम सुपर–इन्टेलिजेन्सको अवधारणामा पनि आपत्ति जनाएका छन् । बेलायतका पूर्व उपप्रधानमन्त्री रहेका क्लेगले पछि अमेरिकाको प्रविधि कम्पनी मेटामा नीति निर्माणको जिम्मेवारी सम्हालेका थिए । उनले भने, ‘एआईको बूमका कारण अहिले ‘क्रेजी भेलुएसन’ देखिएका छन् ।’ सीएनबीसीको अन्तर्वार्ताका क्रममा उनले भने, ‘अहिले लगभग दैनिक वा घण्टैपिच्छे सम्झौता हुने अति तीव्र लहर चलेको छ । तपाईंले सोच्नैपर्छ — यो बजार अब कुनै न कुनै समय समायोजनतर्फ जाँदैछ ।’ उनका अनुसार यस्तो बजार सुधार हुने सम्भावना ‘धेरै उच्च’ छ । सामान्यतया बजारमा ‘बबल’ भन्नाले कम्पनीको वास्तविक आर्थिक आधार (फण्डामेन्टल) भन्दा धेरै बढेर मूल्याङ्कन हुने अवस्थालाई जनाइन्छ । क्लेगका अनुसार बजार सुधार यस कुरामाथि निर्भर गर्छ — ठूला टेक कम्पनीहरू जसले सयौं अर्ब डलर लगानी गरेर विशाल डेटा सेन्टरहरू बनाइरहेका छन्, ती लगानीहरू फिर्ता गर्न र आफ्नो व्यापार मोडललाई दिगो सावित गर्न सक्षम हुनेछन् कि हुँदैनन् । ‘यसले केही चुनौतीहरू अवश्य ल्याउनेछ,’ क्लेगले भने, ‘विशेषगरी त्यो आधारभूत ढाँचा जसमा यो सम्पूर्ण उद्योग आधारित छ — अर्थात् ठूला भाषा मोडेलमा आधारित एआई प्रणालीहरू ।’ क्लेगका अनुसार यो ‘प्याराडाइम’ भनेको कृत्रिम सुपर–इन्टेलिजेन्स हो — जसमा एआईले मानव बौद्धिकताभन्दा माथि पुग्ने अवस्था जनाइन्छ । यसलाई प्रायः ‘पवित्र लक्ष्य’ का रूपमा हेरिन्छ । यसको विपरीत, कृत्रिम साधारण बौद्धिकता (एजीआई) ले मानव–स्तरको क्षमतासम्म सीमित रहने बुझिन्छ । धेरै ठूला प्रविधि नेताहरू र लगानीकर्ताहरू जस्तै सोफ्टबैंकका संस्थापक मासायोसी सोन र मेटाका सीइओ मार्क जुकरबर्ग, सुपर–इन्टेलिजेन्सको पक्षमा छन् । जुकरबर्गले यस वर्षकै सुरुमा सो प्रविधिको विकासका लागि विशेष एआई प्रयोगशाला पनि स्थापना गरेका छन् । तर क्लेग भन्छन्, ‘मलाई लाग्छ एआई प्रविधिको केही सीमाहरू छन् जसकारण यो सबैले सोचेजस्तो अद्भूत वा सर्वशक्तिशाली हुन सक्दैन । तर यसको अर्थ यो होइन कि यो प्रविधि हराउनेछ, यो अझै बढ्नेछ र संसारमा ठूलो प्रभाव पार्नेछ ।’ क्लेगले भनेजस्तै मेटा स्वयं ‘डटकम बबल’ फुटेपछि पनि जीवित रह्यो र अहिले विश्वकै ठूला कम्पनीहरूमध्ये एक बनेको छ । अमेजन र गुगल पनि त्यस्तै यात्राबाट गुज्रिएका थिए — जसले देखाउँछ, बजार बबल फुट्दा पनि सबै कम्पनीहरूको अन्त्य हुँदैन । भेन्चर क्यापिटल क्षेत्रमा प्रायः भनिन्छ, ‘सबैभन्दा सफल कम्पनीहरू कठिन आर्थिक अवस्थामा जन्मिन्छन् ।’ किनभने त्यतिबेला लगानीकर्ताहरूले नाफा–नोक्सानीमा बढी ध्यान दिन्छन् र विवेकपूर्ण लगानी मात्र गर्छन् । यसले व्यवसायीहरूलाई कम स्रोतमै दक्षतापूर्वक काम गर्न बाध्य बनाउँछ जसले दीर्घकालमा तिनै कम्पनीहरूलाई जीवित राख्छ । क्लेगको धारणा अरू धेरै लगानीकर्ता र प्रविधि नेताहरूसँग मिल्दोजुल्दो छ — उनीहरू मान्छन् कि एआई क्षेत्रमा बबल बनेको छ, तर यसको अर्थ एआई हराउँदैछ भन्ने होइन । अमेजनका संस्थापक जेफ बेजोसले समेत केही हप्ता अघि इटालियन टेक वीकमा भनेका थिए, ‘अहिले एउटा औद्योगिक बबल बनेको छ, तर एआई साँच्चिकै वास्तविक हो — यसले प्रत्येक उद्योग परिवर्तन गर्नेछ ।’ क्लेगका अनुसार एआई तत्काल लागू गर्न सकिने धेरै क्षेत्र छन्, तर समग्र समाजले यो प्रविधि विस्तारमा अपनाउन केही समय लाग्नेछ । ‘सिलिकन भ्यालीमा धेरै हाइप छ,’ उनले भने, ‘त्यहाँका मानिसहरू भन्छन्, मंगलबार प्रविधि बनायौं भने बिहीबार सबैले प्रयोग गर्छन् । तर वास्तविकता त्यस्तो होइन ।’ ‘डेस्कटप कम्प्युटिङ प्राविधिक रूपमा सम्भव भएपछि हामी सबैले त्यसमा पुग्न २० वर्ष लाग्यो,’ उनले थपे । त्यसैले यहाँ गति (पेस) नै मुख्य कुरा हो । यो क्षेत्रअनुसार देशअनुसार फरक पर्न सक्छ, तर अहिलेका प्रविधिविद्हरूले अनुमान गरेजस्तो तीव्र गतिमा एआई फैलिने सम्भावना त्यति धेरै नरहेको उनको निष्कर्ष छ । ट्रम्पको बयानले ऊर्जा बजारमा हलचलल, भारतले अब रूसको तेल नकिन्ने ! टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो
दिनेश प्रसाईं : दुई होटलका मालिक, त्रिविका ‘भिजिटिङ फ्याकल्टी’
काठमाडौं । दुई वर्षको व्यापक तयारीपछि ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीले बिहीबार दर्ता प्रमाणपत्र लिएर आफ्नो राजनीतिक गतिविधि अगाडि बढाइसकेको छ । पार्टीले आफ्नो राजनीतिक दस्तावेज सार्वजनिक गर्दै पार्टीको उद्देश्य र लक्ष्य तय गरेको छ । सुशासन, उद्यमशीलता र समतालाई मुख्य उद्देश्य राखेर दर्ता भएको पार्टीको अध्यक्ष भने दिनेश प्रसाईं बनेका छन् । पार्टीको महासचिव पीयूष कायस्थ र सदस्य वीरेन्द्रबहादुर बस्नेत बनेका छन् । निर्वाचन आयोगमा गतिशील लोकतान्त्रिक पार्टी दर्ता भएसँगै यसको नेतृत्वको विषयमा पनि धेरैको चासो बढेको छ । पार्टीका अध्यक्ष प्रसाईं एक पर्यटन व्यवसायी हुन् । उनी विगत १५ वर्षदेखि होटल व्यवसायमा आबद्ध रहेको बताउँछन् । उनले चन्द्रागिरिको मातातीर्थमा ‘जंगल महल वेलनेस रिसोर्ट’ सञ्चालन गरिरहेका छन् भने पोखरामा पनि होटल ‘जल महल’ सञ्चालन गर्दै आएका छन् । ‘म विगत १५ वर्षदेखि पर्यटन व्यवसायमा छु, पर्यटन क्षेत्रको मसँग राम्रो अनुभव छ,’ प्रसाईंले विकासन्युजसँग भने । प्रसाईंको घर मन्थली नगरपालिका रामेछाप हो । अध्यक्ष प्रसाईं र बस्नेतले बुढानीलकण्ठ स्कुलमा अध्ययन गरेका थिए । उनीहरू सानैदेखिको साथी हुन् । प्रसाईंले मातातीर्थमा करिब १६ रोपनी क्षेत्रफलमा होटल सञ्चालन गर्दै आएका छन् । उनका अनुसार झन्डै ७० करोड रूपैयाँ लगानीमा उनले सो रिसोर्ट सञ्चालनमा ल्याएका थिए । त्यसका अलावा प्रसाईं त्रिभुवन विश्वविद्यालयको राजनीति तथा समाजशास्त्र विषयमा भिजिङ फ्याकल्टी पनि हुन् । विगत १२ वर्षदेखि एमफील र पिएचडीका विद्यार्थीलाई पढाउँदै आएको जानकारी दिए । उनले समाजशास्त्रमा विद्यावारिधि पनि गरेका छन् । प्रसाईंले विगत दुई वर्षदेखि पार्टी निर्माणको तयारी गरेको सुनाए । ‘हामीले विगत दुई वर्षदेखि तयारी गरेका थियौं, धेरै अनुभवी साथीहरू पार्टीमा जोडिनु भएको छ, धेरै जोडिने तयारीमा हुनुहुन्छ,’ उनले भने, ‘हाम्रो पार्टी सबै क्षेत्रको अनुभवी र विज्ञहरूको पार्टी बन्छ ।’ उनले अहिले निर्वाचन आयोगले दिएको समयसीमाभित्र रहेर पार्टी दर्ता गर्नु पर्ने भएकोले दर्ता गरेको र एक महिनापछि सबै पदाधिकारी तथा केन्द्रीय सदस्यको सार्वजनिक गरिने बताए । ‘सुशासन कायम गर्ने, उद्यमशीलता र समता हाम्रो पार्टीको मुख्य ध्येय हो, धेरै व्यवसायी तथा अनुभवी विज्ञहरू हाम्रो पार्टीमा अटाउनु हुन्छ,’ उनले भने । प्रसाईंका अनुसार पार्टीका पदाधिकारी पार्टीको काममा मात्र केन्द्रित रहने र अरू चुनावी प्रतिस्पर्धामा जाने योजना बनाइएको छ । पदाधिकारी चुनाव लड्ने परिस्थितिमा ६ महिनाअघि नै राजीनामा दिनुपर्ने व्यवस्था गरेको उनको भनाइ छ । पार्टीमा अहिलेसम्म एक अध्यक्ष, पाँच महासचिव र एक कोषाध्यक्ष राख्ने व्यवस्था गरिएको छ । अहिले पार्टीको महासचिव पीयूष कायस्थ छन् । कायस्थ कृषिविज्ञ हुन् । उनले पूर्वी नेपालमा किसानसँग मिलेर कृषिलाई कसरी यान्त्रिकिकरणसँग जोड्ने भनेर काम गर्दै आइरहेका छन् । सदस्य बस्नेत बुद्ध एयरका मालिक हुन् । अध्यक्ष प्रसाईंले गतिशील लोकतान्त्रिक पार्टीले आफूलाई वर्तमान दलहरूबाट अलग रूपमा प्रस्तुत गर्दै व्यवसाय, शैक्षिक विचार र सामाजिक उत्तरदायित्वको समीश्रण भएको नयाँ शक्ति को रूपमा देखाउने दाबी गरे । उनले अब व्यवसाय परिवारको जिम्मेवारीमा छोडेर पूर्ण रूपमा राजनीतिमा लाग्ने बताएका छन् । बुद्ध एयरका मालिकले खोले नयाँ पार्टी, अध्यक्ष बने प्रसाईं
बुद्ध एयरका मालिकले खोले नयाँ पार्टी, अध्यक्ष बने प्रसाईं
काठमाडौं । नेपाली राजनीतिमा एक नयाँ दलको उदय भएको छ । बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री डा. दिनेश प्रसाईं तथा अन्य व्यक्तिहरंको संलग्नतामा गतिशील लोकतान्त्रिक पार्टी नामक नयाँ राजनीतिक दलको निर्वाचन आयोगमा दर्ता भएको हो । आयोगले बिहीबार सो पार्टी औपचारिक निवेदन दिएर दर्ता भएको जानकारी दिएको छ । पार्टीको नेतृत्वमा समाजशास्त्र र नीतिगत विश्लेषणमा लामो अनुभव भएका डा. दिनेश प्रसाईं छन् । उनी पार्टीका अध्यक्ष रहेका छन् । महासचिव पीयूषप्रसाद कायस्थ रहेको केन्द्रीय समितिमा बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत भने सदस्यको हैसियतमा रहेका छन् । पार्टीको विधानमा २० प्रतिशतभन्दा कम मत ल्याएमा सरकारमा नजाने व्यवस्था गरिएको छ । यस्तै, पदाधिकारीले आमनिर्वाचनमा भाग लिन नपाउने व्यवस्था समेत विधानमा गरिएको छ । व्यवसायी बस्नेत कार्य समिति सदस्य रहेकोले निर्वाचनमा उमेदवार बन्न पाउने छन् । पार्टीले आफ्नो घोषणापत्रमा वर्तमान नेपाली राजनीतिलाई विरोधमुखी, पेशागत स्वार्थप्रेरित, र जनताबाट टाढिएको उल्लेख गर्दै यसको विकल्पका रूपमा सिर्जनशील, सोचयुक्त र इमान्दार राजनीतिका लागि प्रतिबद्धता जनाइएको छ । पार्टीको घोषणापत्रमा भनिएको छ, ‘अबको चुनावमा पनि विरोधको राजनीति र पेशागत स्वार्थको राजनीति चलिरह्यो भने नेपाल गहिरो अँध्यारो खोंचमा फस्नेछ । त्यस खोंचबाट निस्कन देशलाई ठूलो मेहनत र बलिदान आवश्यक पर्छ ।’ पार्टीले अबको राजनीति इमान्दारी, त्याग, र नवीन सोचमा आधारित हुनुपर्ने आवश्यकता औंल्याएको छ । घोषणापत्रमा भनिएको छ, ‘त्यसैले अब सोचयुक्त र सिर्जनशील राजनीति गरौं । इमान्दारीको राजनीति गरौं । त्यागको राजनीति गरौं ।’ गतिशील लोकतान्त्रिक पार्टीले आफूलाई वर्तमान दलहरूबाट अलग रूपमा प्रस्तुत गर्दै व्यवसाय, शैक्षिक विचार, र सामाजिक उत्तरदायित्वको समिश्रण भएको नयाँ शक्ति को रूपमा देखाउने प्रयास गरेको छ । पार्टीले युवा पुस्ताको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिने बताएको छ । राजनीतिमा लामो समयदेखि देखिएको विरोधमुखी अभ्यास, पार्टीगत संकीर्णता, र शक्तिकेन्द्रित मानसिकता लाई चुनौती दिँदै यो दलले विकास, रोजगारी सुशासन र समावेशी नेतृत्वलाई आफ्नो प्रमुख एजेन्डा बनाउने उल्लेख गरेको छ ।