हेलिकोप्टरमा आधा अर्बको लगानी थप्दै फिस्टेल एयर, एक साताभित्रै १५ कराेडकाे हेलिकोप्टर काठमाडौंमा

फिस्टेलले खरीद गर्ने हेलिकाेप्टरकाे फाइल तस्बीर काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी फिस्टेल एयरले हेलिकोप्टरमा  मात्रै आधा अर्बको लगानी थप गर्दै छ । फिस्टेल गोमा ग्रुप अन्तर्गत संचालन भइरहेको यो कम्पनीले तीनवटा हेलिकोप्टर थप गर्दै छ । फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पाण्डेका अनुसार पहिलो हेलिकोप्टर आज वा भोलीमै कलकत्ता आउँदै छन् । क्यानेडियन एक वायुसेवाले उडान गरेको यो हेलिकोप्टर फिस्टेलले खरिद गरेको हो । फिस्टेलले करीब १५ करोड रुपैयाँका किनेको यो हेलिकोप्टर काठमाडौं ल्याउन भने एक साताको समय लाग्ने उनले बताए । उनका अनुसार फिस्टेलले एयरवस हेलिकोप्टर कम्पनीको एसएस ३५० बी ३ प्लस नामक ६ सिटर हेलिकोप्टर ल्याउँदै छ । यसपछि यो वायुसेवाले सन् २०१८ भित्रमै अर्को दुई वटा हेलिकोप्टरको लागि ३० करोड रुपैयाँसम्म खर्च गर्ने भएको छ । पाण्डेका अनुसार फिस्टेलले यस अघि अमेरिकी कम्पनी वेल हेलिकोप्टर ल्याउने सम्झौता गरिसकेकोले सोही कम्पनीको दुईवटा जहाज ल्याउने भएको छ । उनका अनुसार वेलको जहाज ल्याउदाँ कम्तिमा २५ करोड रुपैयाँ खर्च हुने छ । फिस्टेलसँग अहिले नै २ वटा हेलिकोप्टर उडानमा रहेको छ । एक सातामा ३ वटा पुग्ने भएको छ । यो वायुसेवाले अर्को २ वटा हेलिकोप्टर ल्याउने टुङ्गो समेत लगाइसकेकोले आगामी एक वर्षभित्रै यसका हेलिकोप्टर संख्या ५ वटा पुग्ने पाण्डलेको भनाइ छ । हेलिकोप्टर सेवामा आफ्नो छुट्टै छवि बनाएको फिस्टेल ग्रुपले एयरलाइन्स क्षेत्रमा आक्रामक बजार विस्तार गरिरहेको छ । गोमा एयरमार्फत नियमति उडानमा र फिस्टेल एयरमार्फट हेलिकोप्टर सेवामा यसले आफ्नो बजार विस्तार गरिरहेको छ । गोमाले भर्खरै ७० करोड रुपैयाँ खर्च गरेर दुई वटा लेट ४१० नामक १९ सिट क्षमताको हजाईजहाज थप गरेको छ । यो वायुसेवासँग २ वटा लेटका जहाज नियमति उडानमै थिए । हाल यसका नियमित उडान रहेका मल्टि इन्जिनका जहाज चार वटा र २ वटा सिंगल इन्जिनको जहाज रहेको छ । फिस्टेलले नयाँ बजार रणनीति बनाएर बजार विस्तार गर्दै जाने र आन्तरिक उडानमा फिक्स विंग्स तथा हेलिकोप्टर सेवाको पहुँच बढाउन थालेको पाण्डेले बताए । उनका अनुसार विकास राणा अध्यक्ष रहेको यो कम्पनीले नेपाली हवाई क्षेत्रमा बलियो पहुँच बनाएर अगाडि बढ्ने दीर्घकालिन रणनीति बनाइरहेको हो । हाल नेपाली आकासमा १० वटा हेलिकाेप्टरले उडान सेवा दिइरहेका छन् । यी वायुसेवाको हेलिकोप्टर संख्या २ दजर्नन रहेको छ । पछिल्लाे समय हेलिकाेप्टरकाे बजार नेपालमा निकै बढेकाे छ । नेपालीकाे पनि हेलिकाेप्टर चढ्न सक्ने क्षमता बढेकाे, उद्धार र पर्यटकीय गतीविधिमा यसकाे उपयाेग बढेकाे उल्लेख छ ।

राजधानीमा ‘सेकेन्ड जेनेरेसन’को लगानी सम्मेलन सुरु, नेपालले हाइड्रोपावरको विकासका माध्यमबाट फाइदा लिन सक्ने – जेट्ली

काठमाडौं।  ‘हार्नेसिङ इन्भेष्टमेन्ट अपर्च्युनिटिज इन नेपाल’ नारा सहित सरकारले आयोजना गरेको नेपाल लगानी सम्मेलन राजधानीमा सुरु भएको छ। सरकारले सेकेन्ड ‘जेनेरेसन इन्भेष्टमेन्ट’को थालनी गर्ने अवसरका रुपमा व्याख्या गरेको सम्मेलनमा विश्वका विभिन्न देशका नेपालीसहित एक हजारभन्दा धेरै लगानीकर्ता सहभागी भएका छन्। भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया लगायत मुलुकका २५० भन्दा बढी कम्पनीले सम्मेलनमा भाग लिएका छन्। त्यस्तै नेपालका ८५० भन्दा धेरै कम्पनी सहभागी छन्। विदेशी कम्पनी तथा फोरमहरुले लगानीका लागि पैसा लिएर आए बाँकी सबै प्रकृया सरकारले सहज बनाइदिने उनले प्रतिबद्धता जनाए। नेपालको कुनै पनि राजनीतिक दल या संगठन विकासको विरोधि नभएको हुँदा लगानी सुरक्षाप्रति निश्चिन्त रहन उनले आग्रह समेत गरे। उनले नेपालमा पब्लिक प्राइभेट पार्टनरसिप ‘पिपिपी’ मोडेल सबैभन्दा उत्कृष्ट रहेको भन्दै सरकारले पूर्वाधार निर्माण लगायमा नीजि क्षेत्र र बैदेशिक लगानीलाई प्राथमिकताका साथ सहयोग र सहकार्य गर्ने जानकारी दिए। अर्थमन्त्री कृष्णबहादुर महाराले नेपालमा लागनीका लागि धेरै क्षेत्र रहेको र त्यसको सुरुवातका रुपमा भर्खरै सरकारले २४ सै घण्टा विजुलीको उपलब्ध  गराउन थालेको बताए। उनले लगानीका लागि सेज ऐन तथा अन्य नियम/कानुन समयानुकुल परिवर्तन गर्न सरकार तत्पर रहेको भन्दै बैदेशीक लगानी र नाफावापतको रकम फर्काउनका कुनै समस्या नहुने जानकारी दिए। उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालले दोस्रो ‘जेनेरेसन’को लगानी सम्मेलन आयोजना गरि स्वदेशी बजारलाई विश्वस्तरमा अझ फराकिलो बनाउन चाहेको बताए। सम्मेलनमा एसियन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैङ्क (एआइआइवी)का प्रेसिडेन्ट जिन लि क्विननले नेपालका ठूला प्रोजेक्टहरुमा लगानी गर्न इच्छुक रहेको बताए। त्यसका लागि नेपाली नीजिक्षेत्रसँग सहकार्य गरेर जाने उनको भनाइ छ। उनले ठूला आयोजनामा काम गर्न चाहेको भन्दै लगानी पनि ठूलो गर्ने र रिजल्ट पनि ठूलो लिन चाहेको बताए। एआइआइवीले नेपालमा परिवर्तनको चरणमा पुग्ने र ग्रिन सस्टेनेवल इकोनोमीका लागि सहयोग तथा सहकार्य गर्ने स्पस्ट पारे। लगानी सम्मेलनमा तत्काल बनाउन सकिने ८ वटा परियोजना प्रस्तुत गरिएको छ। सम्मेलनमा लगानी बोर्डले पूर्व–पश्चिम रेलमार्ग, काठमाडौं उपत्यका मेट्रो, तामाकोसी तेस्रो हाइड्रोपावर, काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्ग, काठमाडौ–पोखरा रेलमार्ग, रासायनिक मल कारखाना, पूर्वपश्चिम विद्युतीय रेलमार्ग र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई  लगानीयोग्य आयोजनाका रुपमा प्रस्तुत गरेको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानीको अवसर शीर्षकको सत्रमा ८ वटा परियोजना तत्काल सुरु गर्न सकिने खालका भएको बताए । सम्मेलनका विशेष अतिथि भारतीय वित्तमन्त्री अरुण जेट्लीले के भने लगानी सम्मेलका लागि विशेष तथा प्रमुख अतिथि रहेका भारतका कन्दीय वित्तमन्त्री अरुण जेट्लीले अर्थतन्त्रले गति लिने कुराको प्रारम्भिक बिन्दु लगानी रहेको बताएका छन्। उनले लगानीका कारण आर्थिक गतिविधिहरु सुरु हुन्छन् त्यसले रोजगारी सिर्जना गर्ने बताए। उनले लगानीले आर्जन गर्ने नाफा अर्थतन्त्रका लागि ‘इन्सेन्टिभ’ हुने बताए। कुनै एउटा लगानीले नाफा कमाएको देखेपछि अरु लगानीकर्ता पनि आकर्षित हुने र त्यसैले लगानीले थप लगानीको अवसर सिर्जना गर्ने बताए। नाफायुक्त लगानीले अझै बृहत्तर लगानीको ढोका खुला गर्ने र त्यसले ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने बताए। जेट्लीले भारत नेपालको आर्थिक विकासमा सघाउन अत्यन्त प्रतिबद्ध रहेको बताए। ‘यहाँको हाइड्रो प्रोजेक्ट देखि ट्रान्समिसन लाइनसम्म, सडक देखि रेल्वे लिंकसम्ममा हामीले गरेको सहकार्य त्यसैको परिणाम हो’ उनले भने ‘शैक्षिक संस्था, मेडिकल कलेज, स्वास्थ्य संस्था देखि सिञ्चाइ आयोजनासम्म हाम्रो हातेमालो रहँदै आएको छ।’

रकमान्तर काण्डमा अख्तियार तानिँदै अर्थमन्त्री कृष्ण बहादुर महरा

काठमाडौं । अर्थमन्त्री कृष्ण बहादुर महराले रोल्पा जिल्लामा गरेको करोडौं रकमान्तर प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अर्थमन्त्री महराले आफ्नो निर्वाचन जिल्ला रोल्पामा खुद्रे आयोजना खडा गरेर ६६ करोड रुपैंयाँ भन्दा बढि रकमान्तर गरेपछि आयोगले छानविन थालेको हो । ‘बजेटमा नभएका कार्यक्रममा भएको रकमान्तर प्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ, हामी अनुसन्धान गरिरहेका छौं, गैर बजेटरी रकमान्तरलाई छाड्दैनौं’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दिप बस्न्यातले भने । व्यवस्थापिका संसदको विकास समितिमा स्थानिय तथा राष्ट्रिय विकासको कार्यप्रगति समिक्षामा उपस्थित कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले नियम मिचेर भैरहेको रकमान्तरलाई टुलुटुलु हेरेर नबस्ने स्पष्ट पारेका हुन् । ‘बर्षेनी बजेट आउँछ, त्यसमा कार्यक्रमहरु राखिन्छन, त्यसमा पनि पैसा पुगेन रकमान्तर गर्ने कानुन सम्बत व्यवस्था नै छ, तर यहाँ त बजेटमै नभएका कार्यक्रममा करोडौं रकम पठाइएको छ जुन गम्भिर कुरा हो’, कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले भने । अर्थमन्त्री महराले रोल्पामा ६६ करोड रुपैंयाँ भन्दा बढि रकमान्तर गरेका छन् । अर्थमन्त्री महराले निर्णय नम्बर १ मार्फत रोल्पा जिल्लामा उपभोक्ता समितिले निर्माण गर्ने २५ वटा सडकका लागि २० लाख देखि ५९ लाख रुपैंयाँसम्म रकमान्तर गरेका छन् । त्यस्तै, ठेक्का मार्फत निर्माण गर्नुपर्ने ११ वटा सडकका लागि एक एक करोड रुपैंयाँ रकमान्तर गरेका छन् । बजेटमै नभएका कार्यक्रम खडा गरेर रकमान्तर गरेपछि अख्तियारले छानविन थालेको हो ।