अध्ययन समितिको निष्कर्षः काठमाडौंका दुई रुटमा स्वचालित रेल

काठमाडौं । काठमाडौं उपत्यकाको दुई रुटमा स्वचालित(आफैँ गुड्ने) रेल बनाउन सकिने अध्ययन रिपोर्ट तयार भएको छ । लगानी बोर्डले गठन गरेको अध्ययन समितिले काठमाडौं उपत्यकाका २ वटा रुटमा अटोमेटिड गाइडवे ट्रान्जिट(स्वचालित रेल) निर्माण गर्न सकिने निष्कर्ष निकालेको हो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा गत पुस २४ गते बसेको लगानी बोर्डको बैठकले राष्ट्रिय योजना आयोगका पुर्वाधार हेर्ने सदस्य हिरेन्द्रमान प्रधानको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । तीन महिनाको समय पाएको सो समितिले ६ महिना लगाएर अध्ययन गरेको प्रतिवेदनले उपत्यकाका २ वटा रुटमा स्वचालित रेल बनाउन सकिने निष्कर्ष निकालेको हो । ‘उपत्यकाका २ वटा रुटमा स्वचालित रेल(अटोमेटिड गाइडवे ट्रान्जिट) बनाउन सकिन्छ भन्ने निष्कर्ष निकालेका छौं’, अध्ययन समितिका संयोजक प्रधानले विकासन्युजसँग भने । उनको अध्ययन समितिले ती दुई रुटमा स्वचालित रेल निर्माणका लागि तत्काल डिपिआर निर्माण र वित्तिय व्यवस्थापनका लागि नितीगत निर्णयसँगै विकास साँझेदार, योजना आयोग, अर्थ मन्त्रालय र अन्य सम्बद्ध निकायहरुसँग सल्लाह गर्न पनि सरकारलाई सुझाव दिएको छ । एक नम्बरका रुटका रुपमा थानकोट, कलंकी, त्रिपुरेश्वर, बानेश्वर, तिनकुने, कोटेश्वर हुँदै भक्तपुरको जगातिसम्म त्यस्तो रेल बनाउन सकिने जनाएको छ । दोश्रो रुटका रुपमा बुढानिलकण्ठदेखि रत्नपार्क हुँदै लगनखेलबाट गोदाबरीसम्म निर्माण गर्न सकिने जनाएको हो । समितिलाई सुरुमा तीन महिनाको समय दिइएको थियो भने पछि फेरी अर्काे तीन महिना समय थपिएको थियो । यतिबेला भने समितिको समय सकिएको छ र समितिले केहि दिन समय थप गरिदिन आग्रह पनि गरेको छ ।‘हामीले ६ महिना लगाएर अध्ययन गरेका हौं, अब निर्वाचित जनप्रतिनिधीसँग एक चरण छलफल गर्न मात्रै बाँकी छ, अध्ययन सबै सम्पन्न गरिसकेका छौं, केहि दिन समय थपिदिन लगानी बोर्डमा आग्रह गरेका छौं’, प्रधानले भने । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पनि काठमाडौंमा मेट्रो/मोनो वा अन्य प्रकारको रेल निर्माण सम्बन्धी अध्ययन अन्तिम चरणमा पुगेको बताए ।‘बोर्डले गठन गरेको समितिले अध्ययन सम्पन्न गरिसकेको छ, औपचारिकताका लागि समय थपिदिएर प्रतिवेदन ग्रहण गर्दैछौं’, अधिकारीले भने । काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणका लागि लगानी सम्मेलनमै चिनियाँ लगानी कर्ताहरुले प्रतिवद्धता व्यक्त गरेकाले पनि चाँडै अध्ययन प्रतिवेदन सार्वजनिक गरेर डिपिआर निर्माण थाल्ने अधिकारीले बताए ।

सिमेन्टमा १०५ अर्ब वैदेशिक लगानी थपिँदै, पहिलो पटक अफ्रिकी मुलुकबाट ५५ अर्ब आउने

काठमाडौं । चीन र अफ्रिकी मुलुक नाइजेरियाबाट गरी ३ बहुराष्ट्रिय कम्पनीले नेपालमा सिमेन्ट उत्पादन गर्न १ खर्ब ५ अर्ब रुपैयाँ बढी (१ अर्ब ५ करोड डलर) लगानी गर्ने भएका छन् । अफ्रिकाको डाँगोटे सिमेन्ट कम्पनी, चीनको होङसी शिभम् सिमेन्ट र चीनकै हुवाजिनले सिमेन्ट उत्पादन गर्न नेपालमा यो रकम लगानी गर्न लागेका हुन् । डाँगोटेले ५५ अर्ब रुपैयाँ ( ५५ करोड डलर), होङसीले ३६ अर्ब ८५ करोड रुपैयाँ (३५ करोड ,९१ लाख अमेरिकी डलर) र हुवाजिनले १४ अर्ब रुपैयाँ (१४ करोड डलर) लगानी ल्याउने छन् । ३ वटै उद्योगले सिमेन्टमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउन अनुमति पाएका छन् । यी उद्योगले मात्र १५५ मेगावाट बिजुली खपत गर्देछन् । यी उद्योगले नेपालमा दैनिक १५ हजार टन र वार्षिक ७६ लाख ६५ हजार टन सिमेन्ट उत्पादन गर्ने छन् । होङसीले नवलपरासीमा कारखाना स्थापनाको काम सुरु गरेको छ । लगानी बोर्डसंग आइतबार आयोजना लगानी सम्झौता (पीआईए) गरेको छ । डाङोटे र हुवाजिन उद्योग पीआईएको तयारीमा रहेको बोर्डका प्रवत्ता उत्तमभक्त वाग्लेले बताए । खानी पाएपछि पीआईए हुने उनले जानकारी दिए । डाङगोटे र हुवाजिनले खानी लिनका लागि प्रतिस्पर्धामा भाग लिएका छन् । खानी तथा भुगर्भ विभागले खानी क्षेत्र उपलब्ध गराउन ढिलाइ गरेपछि उद्योगले काम अघि बढाउन ढिलाइ भएको छ । खानी प्राप्त हुने बित्तीकै अन्य काम सुरु हुने उनको भनाई छ । होङसीको ७० र नेपालीको ३० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । सिमेन्ट उद्योग दर्ता र अन्य स्वीकृतिको काम सकिएको छ । चीनको होङसी र नेपालको शिमभ् सिमेन्टको संयुक्त लगानीमा नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाका लागि आवश्यक पुर्वाधार निर्माणको काम भइरहेको छ । उद्योगबाट सन् २०१८ को सुरुदेखि सिमेन्ट उत्पादन हुनेछ । उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चावस्तुका लागि पाल्पामा खानीका लागि स्वीकृति पाएको छ । उद्योग आफैले कच्चा वस्तु क्लिङकर उत्पादन गर्ने भएको छ । होङसीले दैनिक ६ हजार टन र पछि उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पु¥याउने लक्ष्य राखेको छ । वार्षिक ४३ लाख ८० हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योग सञ्चालनका लागि मात्र ८० मेगावाट बिजुली आवश्यक पर्नेछ । उद्योगबाट प्रत्यक्ष रुपमा १ हजार र अप्रत्यक्ष रुपमा १० हजारले रोजगारी पाउने अनुमान गरिएको छ । यस्तै डाङोटेले दैनिक ६ हजार र वार्षिक २१ लाख ९० हजार टन सिमेन्ट उत्पादन गर्ने प्रस्ताव पेश गरेको छ । डाङगोटेलाई सिमेन्ट उत्पादन गर्न ५० मेगावाट बिजुली आवश्यक पर्ने छ । यो पुर्ण विदेशी लगानीमा निर्माण हुन लागेको हो । हुवाजिनले दैनिक ३ हजार र वार्षिक १० लाख ९५ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको लगानी बोर्डले जनाएको छ । विदेशि लगानीमा स्थापना भएका सबै उद्योगले आफै खानीबाट कच्चा वस्तु क्लिकर उत्पादन गर्ने भएका छन् । पछिल्ला वर्षमा निर्माण व्यवसायले गति लिएपछि स्वदेशी तथा विदेशीले सिमेन्टमा लगानी बढाएका छन् । भारतको रिलायन्स इन्डष्ट्रिजले नेपालमा सिमेन्ट उत्पादनमा लगानी गर्ने प्रस्ताव गरेपनि खासै अघि बढ्न नसकेको बोर्डले जनाएको छ । डाङोटेले मकवानपुरको भीमफेदीमा, हुवाजिनले नारायणी र रिलायन्सले नेपालको मध्य क्षेत्रमा कारखाना राख्ने तयारी गरेका छन् । नेपालमा हालसम्म ७३ सिमेन्ट उद्योग रहेका छन् । मुलुक सिमेन्टमा आत्मनिर्भरतर्फ उन्मुख हुदै गएको छ । कुल मागको ८५ प्रतिशत हाल सञ्चालनमा रहेका स्वदेशी उद्योगले पुरा गरेका छन् । बाँकी १५ प्रतिशत बाँकी रहेको छ । विदेशी लगानीका ठुला उद्योगले उत्पादन थालेपछि सिमेन्ट निकासी हुने बोर्डको प्रक्षेपण छ । पछिल्लो समया नेपालमा क्लिङकर उत्पादन गर्ने उद्योग स्थापना भएपछि स्वदेशमै सिमेन्टका लागि कच्च पदार्थ उपलब्ध हुने अवस्था आएको छ ।    

तराई डुबानः पौने २ अर्बको दाबी, कुन कम्पनीमा कति ?

काठमाडौं । साउन अन्तिम साता तराई मधेशमा आएको बाढी र डुबानपछि बीमा कम्पनीहरुमा पौने २ अर्बको दावी परेको छ । बीमा समितिका अनुसार १५ वटा निर्जीबन बीमा कम्पनीहरुमा ५३० वटाको संख्यामा एक अर्ब ८१ करोड ९ लाख ६७ हजार ८ सय १५ रुपैंयाको दावी परेको हो । प्रभु इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने दावीको विवरण अझै बुझाएका छैनन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार अग्नी, मोटर र इञ्जिनियरिङ तर्फ ४६० वटा संख्याका लागि एक अर्ब ७५ करोड ३९ लाख ३ हजार २ सय १५ रुपैंयाँको दावी परेको छ । त्यस्तै, बाली तथा पशुधन तर्फ ७० वटाको संख्यामा ५ करोड ७० लाख ६६ हजार ६ सय रुपैंयाँको दावी परेको छ । सबै भन्दा धेरै नेशनल इन्स्योरेन्स कम्पनीमा ५६ करोड ८४ लाखको दावी परेको छ भने सबै भन्दा थोरै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा २२ लाखको मात्रै दावी परेको छ । कुन बीमा कम्पनीमा कति पर्यो दावी ?