तपाईको गाउँ/शहर प्रदेश सभाको कति नम्बर क्षेत्रमा पर्छ ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । पहिलो चरणको निर्वाचनको लागि ३२ जिल्लामा मनोनयन समेत दर्ता भैसकेको छ । तर अधिकांश नागरिकलाई आफ्नो गाउँ/शहर प्रदेश सभाको कति नम्बर निर्वाचन क्षेत्रमा पर्छ भन्ने समेत जानकारी छैन। राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेपछि मत माग्न गरेको प्रचार प्रसारमा प्रदेश सभा क र ख भनिरहेका छन् । एउटा प्रतिनिधी सभा निर्वाचन क्षेत्रमा २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहने प्रावधान छ । (तपाईको गाउँ/शहर प्रदेश सभाको कति नम्बर क्षेत्रमा पर्छ ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ) तर निर्वाचन क्षेत्र निर्धारण आयोगले सार्वजनिक गरेको सूचिमा भने प्रदेश सभामा पनि एक नम्बर र २ नम्बर नै उल्लेख गरिएको छ । निर्वाचन आयोगले प्रदेश सभामा उम्मेदवारी दर्ता गराउँदा भने क र ख उल्लेख गरेको छ ।‘आयोगले प्रदेश सभामा उम्मेदवारी दर्ता गराउँदा निर्वाचन क्षेत्र क र ख भनेको छ, एक र २ नम्बर भन्दा नागरिकलाई बुझाउन कठिन हुने भएकाले क र ख भनेका हौं’, निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले विकासन्युजसँग भने । उता, निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य माधव अधिकारीले प्रदेश सभा निर्वाचन क्षेत्रमा आयोगले १ र २ नम्बर गरि विभाजन गरेको बताए । उनले पुर्वी क्षेत्रलाई १ र पश्चिम क्षेत्रलाई २ नम्बर बनाउने सिद्धान्त अनुसार अधिकांश निर्वाचन क्षेत्र निर्धारण गरिएको जानकारी दिए । ‘हामीले १ र २ गरेका हौं, आयोगले क र ख गरेको छ । प्रतिनिधी सभालाई संघिय भनेका छौं, प्रदेशको लागि प्रादेशिक सभा निर्वाचन क्षेत्र भनेका छौं । नम्बर राख्ने बेलामा सुर्य उदाउने तिर एक नम्बर र घाम अस्ताउने तिर २ नम्बर भनेका छौं’, अधिकारीले भने ।
के तपाईँ इलेक्ट्रिक भेइकल चलाउनु हुन्छ ? विद्युत प्राधिकरणले बनाउँदै छ ‘हाइ भोल्टेज चार्जिङ स्टेशन’
काठमाडौं । विद्युतिय सवारी साधन चलाउनेहरुका लागि खुसीको खबर आएको छ । आफ्नो सवारी साधनलाई घरमै चार्ज गरेर गुडाउनुपर्ने बाध्यता अब अन्त्य हुँदैछ, किन की नेपाल विद्युत प्राधिकरणले विद्युतिय सवारी साधनका लागि हाइ भोल्टेज चार्जिङ स्टेशन बनाउने भएको छ । विद्युतीय सवारीसाधनको प्रयोग बढाउन र पेट्रोलियम निर्भरता कम गर्न प्राधिकरणले हाइ भोल्टेज चार्जिङ स्टेशन बनाउन लागेको हो । यसका लागि प्राधिकरणले चार्जिङ स्टेशन निर्माण नीतिको मस्यौदा धमाधम लेखिरहेको छ । प्राधिकरणले पहिलो चरणमा आफैले विद्युतीय सवारीसाधन खरिद गरेर प्रयोगमा ल्याउने तयार गरेको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिल्वालले बताए । यसका लागि प्रारम्भिक गृहकार्य सुरु भइसकेको उनले जानकारी दिए । केही वर्षपछि पर्याप्त ऊर्जा उत्पादन हुने भएकाले त्यसको सदुपयोग विद्युतीय परिवहनमा गर्न लागेको उनको भनाई छ । प्राधिकरणले पहिलो चरणमा आफनो कार्यलयमा चार्जिङ स्टेशन राख्ने तयारी गरेको छ । प्राधिकरणले आफना कर्मचारीलाई विद्युतीय सवारीसाधन खरिद गर्ने सिल्वालले जानकारी दिए । विद्युतीय सवारीसाधनको प्रयोग युरोप र अमेरिकामा धेरै वर्षदेखि सुरु भएको हो । “भारतले आगामी सन् २०३५ सम्म विद्युतीय परिवहनमा जान लागेको छ” उनले भने “नेपालले पनि यसमा ढिलाइ गर्नु हुन्न भन्ने हो ।” विद्युत प्राधिकरणले मात्र यो काम गर्न नसक्ने भन्दै उनले यसका लागि राज्यले पनि लगानी गर्नुपर्ने बताए । सिल्वालले काठमाडौं उपत्यका लागायत विराटनगर, पोखरा, भैरहवा, नेपालगन्जलगायत प्रमुख शहरमा विद्युतीय परिवहनका लागि चार्जिङ स्टेशन निर्माण गर्ने सोँच बनाएको हो । हाइभोल्टेज चार्जरले बढीमा आधा घण्टामा चार्ज गर्न सकिने छ । वातावरणमैत्री भएकाले यसको आवश्यकता बढ्दै गएको उनको भनाई छ । युरोपका अधिकाँश मुलुकले आगामी सन् २०३० पछि पेट्रोलियमबाट चल्ने सवारीसाधनलाई विस्थापन गरी विद्युतीयमा जाने तयारी थालेका छन् । यो सवारीसाधन वातावरणमैत्री भएकाले प्राधिकरणले गृहकार्य अघि बढाएको हो ।
नेपाल हाइड्रो डेभलपर्सले ६.८ मेगावाटको चर्नावती आयोजना बनाउने
काठमाडौं । सर्वसाधारणको सेयर लगानी रहेको नेपाल हाइड्रो डेभलपर लिमिटेडले अर्को ६.८ मेगावाटको तल्लो चर्नावति आयोजना निर्माण गर्ने भएको छ । साढे ३ मेगावाटको चर्नावती आयोजना सम्पन्न गरी सञ्चालन गरिरहेको नेपाल हाइड्रोले सोही खोलामा अर्को आयोजना निर्माण गर्न लागेको हो । नदीको बहावमा आधारित (रन अफ दी रिभर ) आयोजना निर्माणका लागि कम्पनीले पहिलो चरणमा प्रारम्भीक वातावरणीय परीक्षण अध्ययन सुरु गर्न लागेको छ । आयोजना दोलखाको भिमेश्वर नगरपालिका र सैलुङ गाउँपालिकामा पर्छ । आयोजनाको बाँध भिमेश्वर र सैलुङमा पर्छ । आयोजनामा हाइड्रो सलुसन्स समूह, केएल दुगड ग्रुप, मुरारका समूह र देवेन्द्र समूहको लगानी रहेको छ । कम्पनीले ३ लाख ९० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरिसेको छ । कम्पनीको चूक्तापूँजी २६ करोड रुपैयाँ छ । यसअघि आयोजना प्रभावित स्थानीयका लागि २ करोड ६० लाख रुपैयाँ बराबरको २ लाख ६० हजार कित्ता शेयर निष्काशन गरी गरिसकेको छ ।