बजेटमा लगानीकर्ताका मागः १५ खर्बको सेयर बजार २७ किलोमिटर भित्र, ब्रोकरको सिण्डीकेट कहिलेसम्म ?

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले १५ खर्ब रुपैयाँको सेयर बजारलाई २७ किलोमिटर भित्र नखुम्च्याउन माग गरेको छ । फोरमले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाउन तयार पारेको ज्ञापन पत्रमा सेयर बजार विस्तार सम्बन्धी आफ्ना धारणा अघि सारेको छ । फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले अर्थमन्त्रीलाई भेटेर सेयर बजारको विस्तार र विकासका लागि नयाँ बजेटमा आफ्ना सुझाव दिने तयारी भैरहेको बताए ।फोरमले १५ खर्ब रुपैयाँको सेयर बजारलाई २७ किलोमिटरको रिङरोडभित्र कैद नगर्न, सेयर बजारमा ब्रोकरको सिण्डीकेट तोड्न माग गरेका छन् । फोरमले यी बिषय समेटेर अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदैछ बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल कार्यान्वयन गर्ने बाटो खोलियोस् । ब्रोकर लाइसेन्स मर्चेण्ट बैंकरलाई दिए पनि हुन्छ । बैंक वा मर्चेण्ट बैंकरलाई ब्रोकर लाइसेन्स दिएर ७७ वटै जिल्लामा सेयर बजारलाई विस्तार गरियोस् । ५० वटा ब्रोकर कम्पनीबाट सेयर बजारलाई मुक्त गरियोस् । यातायात क्षेत्रको सिण्डीकेट अन्त्य भयो अब पुँजी बजारको सिण्डीकेट कहिले हट्छ ? उपत्यका भित्र ५० वटा र बाहिर ५० वटा गरि १०० ब्रोकरलाई लाइसेन्स दिनुपर्छ । ब्रोकर कमिसन घटाउनु पर्यो । ब्रोकर कमसिन नै पुँजी बजारको बाधक हो । यसलाई घटाएर बजार बढाउन सहयोग गर्नुपर्छ । एनआरएनलाई पनि सेयर बजारमा लगानीको वातावरण बनाउनु पर्छ । एनआरएनलाई लगानी गर्न झ्याल खुलेको छ अब ढोका खुलाउनु पर्छ । उनीहरुलाई सहि बाटोबाट लगानी गर्न दिने र त्यस्तो लगानीबाट आएको मुनाफा फिर्ता लैजाने वातावरण बनाइदिनु पर्छ । अनलाईन कारोबारलाई तोकिएकै समयमा ल्याउनु पर्छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई मार्केट डिलरको लाइसेन्स दिनुपर्छ । म्युचुअल फण्डलाई उचित नियमन गरिनु पर्छ । पुँजी बजारमा भ्याट लगाउनै हुन्न् । भ्याट भनेको अन्तिम उपभोक्ताले तिर्ने हो । सेयर बजारका लगानी कर्ता अन्तिम उपभोक्ता होइनन् । पुँजी बजार भनेको चल सम्पति हो । चल सम्पतिमा भ्याट लगाउने नियम संसारमै छैन् । नेपालमा पनि भ्याट लगाउने कुराले पुँजी बजारको विस्तार हुनै सक्दैन् ।

सरोज सिटौला सहित अन्य व्यवसायीको बैंक खाता रोक्का गर्न गृहको राष्ट्र बैंकलाई पत्र

काठमाडौं । गृहमन्त्रालयले सिन्डिकेटधारी व्यवसायीको बैंक खाता रोक्का गर्न राष्ट्र बैकलाई चिठी काटेको छ । व्यवसायीहरुको सम्पत्ति छानमिन गर्न मन्त्रालयले बैंक खाता रोक्का गरेको हो ।गृहमन्त्रीका प्रेस सल्लाकर किरण भट्टराई अनुसार सिन्डिकेटधारी सबै यातायात व्यवसायीको बैंक खाता रोक्का गर्न मन्त्रालयले बैंकलाई पत्र काटेको हो । यसअघि गृहमन्त्री रामबहादुर थापाले अत्यावश्यक ऐन २०१४ अनुसार सबै प्रक्रिया अपनाउन सबै जिल्लाका सिडियोलाई निर्देशन दिएका थिए ।

काठमाडौं प्रहरी प्रमुख विश्वराज पाेखरेल भन्छन्-सिण्डीकेटधारीलाई पक्रन प्रहरी परिचालन भैसक्यो

काठमाडौं । सिन्डिकेटको माग गर्दै आन्दोलनमा गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधीकारीलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ । गृहमन्त्री राम बहादुर थापाले आन्दोलनकारीलाई पक्रेर जेल हाल्न निर्देशन दिएपछि व्यवसायी पक्रन प्रहरी परिचालन गरिएको हो । काठमाडौंमा रहेका व्यवसायीलाई पक्रन प्रहरी परिचालन भैसकेको प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए । उपत्यका बाहिरका व्यवसायीहरु धमाधम पक्राउ पर्न थालेपछि काठमाडौंमा पनि व्यवसायीको खोजी सुरु भएको हो ।