प्राधिकरणले बढी भएको बिजुली नकिन्दा चिलिमे हाइड्रोपावरले गुमायो ७० लाख, ९३ करोड ८७ लाख नाफा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बढी उत्पादन भएको बिजुली नकिन्दा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले ७० लाख रुपैयाँसम्म आम्दानी गुमाएको छ । थप आम्दानी गुमाएपछि कम्पनीले नाफा बढाउन सकेको छैन् । चिलिमे विद्युत प्राधिकरणको सहायक कम्पनी हो । यो वर्षदेखि विद्युत खरिद सम्झौता (पीपीए) भन्दा बढीको बिजुली नकिनेपछि सो रकम गुमाएको चिलिमेका प्रवन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले बताए । पीपीएमा बढी उत्पादन भएको बिजुली किन्नु पर्ने व्यवस्था नभएपछि प्राधिकरणले खरिद गर्दै आएको श्रेष्ठको भनाई छ । प्राधिकरणले गत वर्षदेखि बढी भएको बिजुली किन्न छाडेको उनले जानकारी दिए । प्राधिकरणले पीपीएको आधि मूल्यमा बढी भएको बिजुली किन्दै आएको थियो । चिलिमेले २२ मेगावाट क्षमताको आयोजना सञ्चालन गर्दै आएको छ । “खै के कारणले हो, यो वर्षदेखि चिमिलेको बढी उत्पादन भएको बिजुली प्राधिकरणले किनेन” उनले भने “बढी उत्पादन भएको बिजुली नकिन्दा चिलिमेले ५० देखि ७० लाख रुपैयाँ आम्दानी गुमाएको छ ।” पीपीएमा बढी भएको बिजुली किन्नु पर्ने प्रावधान नभएपनि विगतका वर्षमा बढी उत्पादन भएको बिजुली खरिद गर्दै आएको उनको भनाई छ । प्राधिकरणले थप बिजुली नकिन्दा आम्दानीमा कमी आएको छ । गत आर्थिक वर्ष ०७४/०७५ मा ९३ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा १६ लाख रुपैयाँ मात्र बढाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७३/०७४ मा ९३ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकबाट प्राप्त ब्याज आम्दानीले नाफा बढाएको चिलिमेले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणले बढी भएको बिजुली नकिन्दा र बिक्रीबाट हुने आम्दानी ४.८८ प्रतिशत घटेर १ अर्ब १३ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष १ अर्ब १९ करोड ६८ लाख रुपैयाँ बिजुली बिक्रीबाट आम्दानी भएको चिलिमेले जनाएको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६८ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी २८ रुपैयाँ थियो । २७० मेगावाट क्षमताका ४ जलविद्युत आयोजना निर्माण गरिरहेको चिलिमेले ४२० मेगावाटको बुढीगण्डकी प्रोक, १६५ मेगावाटको सेती नदी ३ र ६० मेगावाटको स्यारखोला आयोजना बनाउनका लागि सर्वेक्षणको काम थाल्न अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ ।
बसेर पूजा गर्नु, भाँडा माझ्नु र सुकुलमा बसेर खाना खानु मेरुदण्ड दुखाईको मुख्य कारण
मेरुदण्डको दुखाई समस्याबाट विश्वका लाखौं मानिसलाई पिरोलिरहेको छ । विश्वव्यापी रुपमा हेर्ने हो भने टाउको दुख्ने भन्दा पनि खतरानक दुखाई भनेको ब्याकपेन हो । हाम्रो देशमा यो रोगको अवस्था भयावह छ । किनभने मेरुदण्ड रोग र हाम्रो संस्कृतबीच प्रत्यक्ष सम्बन्ध रहेको छ । हाम्रोमा हरेक कुरा निहुरेर गर्ने चलन रहेको छ । कुनै पनि अङ्ग जसरी रहनुपर्ने त्यसरी नभएपछि त्यसमा दुखाई सुरु हुन्छ । मेरुदण्ड बाङ्गिने समस्यामा वृद्धवृद्धा मात्र होइन, बालबालिका समेत मेरुदण्ड बाङ्गिने समस्याबाट ग्रसित छन् । नेवारी संस्कृतिमा भुईमै बसेर भोज खानु पर्ने, बसेरै छलफल गर्ने चलन छ । धेरै बिरामीहरु यहाँ आउनुहुन्छ अनि भुँईमा बसेको २ घण्टा उठ्नै भएन भन्नुहुन्छ । तर शरीर नै नरहे कसरी गुठी रहन्छ ? बसेर पूजा गर्नुपर्ने, भाँडा बसेर माझ्नु पर्ने हाम्रो संस्कार छ । यसले मेरुदण्डको रोग निम्त्याएको हुन्छ । उठेर भाँडा धुने ठाउँ मात्र बनाईदिए सधैं धेरै नेपाली महिलाहरु मेरुदण्डको रोगबाट बच्न सक्नेछन् । भुईमा बसेर बाटा समातेको छ, भाँडा माझेको छ, लुगा धोएको छ । अन्तिममा तिनै महिलालाई मेरुदण्डको रोग हुने सम्भावना दुई गुणा बढी हुन्छ । त्यसैले हामीले हाम्रो संस्कृति नै बदल्नु पर्छ । यसको लागि हामीले मुख्य अभिभावक, विद्यार्थी र शिक्षकलाई समात्यौ भने उनीहरुले यसलाई परिवर्तन गर्न मुख्य भूमिका खेल्नेछन । ९०/९५ प्रतिशत मेरुदण्ड दुख्नुको कारण जीवनशैली नमिलाउदा देखिएको छ । पानी कम खाने कारणले मेरुदन्डको रोग लागिरहेको हुन्छ । लडेर, दुर्घटना भएर मेरुदण्डमा समस्या ल्याउँछ । टिभी, क्यान्सर, टिउमर यस्ता कारणले पनि मेरुदण्डमा समस्या आउँछ । मेरुदण्डको दुखाई उमेर बढ्दै गएपछि आफै बढदै जान्छ । बच्चाहरु र टिनएजभन्दा मुनि रहेको बच्चाहरुलाई ब्याक पेन हुन्छ । यस्तो हुनुमा मुख्य कारण भनेको दुर्घटना हो । तिनीहरुलाई फरक तरिकाले सम्बोधन गर्नुपर्छ । किनभने त्यो लाग्नुको कारण नै फरक छ । फरक उमेर समूहलाई फरक तरिकाले रोगको सम्बोधन गर्न जरुरी छ । कहिलेकाही जन्म दोषको कारणले हुन सक्छ । खानपानसँगको सम्बन्ध मेरुदण्ढमा लाग्ने रोगमा खानपानको पनि सम्बन्ध हुन्छ कालन्तरमा । तर मेरुदण्डका रोगहरु खानपानले नै तुरुन्तै पैदा गर्ने होइन । आज खायो र भोलि मेरुदण्डको दुखाई आउने भन्ने हुँदैन । खानपानले मेरुदण्डको रोग चाँही लगाउन सक्छ । सेतो भात, चिनी, बिस्कुट, चाउचाउ, पाउरोटी, डुनोट, माछामासु यी सबै हड्डी खियाउने तत्व हुन् । यसले रक्तको अम्लियता बढाउँछ । मान्छेको शरीरमा ८० प्रतिशत अल्कालाईन हुन्छ । त्यसलाई नियन्त्रण गर्न सकेन भने समस्या हुन्छ । विश्वव्यापी रुपमा र नेपालमा मेरुदण्डको स्थिति हेर्दा एकदमै भिन्न छ । विश्वको रिपोर्टहरु हेर्दा सबैभन्दा पहिला हड्डी खिईने घुडा र हिपको हो तर नेपालको सन्दर्भमा घुडाको अलिक पछि खिईन्छ, हिपको प्राय जस्तो खिईदै खिईदैन । नेपालको बढी खिईने भनेको गर्दनको हड्डी हो । म अहिले १०/११ बर्षको बच्चाको उपचार गरिरहेको छु । जसको गर्दनको हड्डी खिईएको छ । हाम्रो जीवनसैली पनि त्यस्तै रहेको छ र खानपान पनि त्यस्तै छ । सागपातले चिसो बनाउँछ, गेडागुडीले युरिक एसिड बढाउँछ भन्ने हामीमा भ्रम छ । सबैभन्दा बढी क्याल्सियम सागपात र गेडागुडीमा पाईन्छ । तिनै खानेकुरा खान हामी जोड गर्दैनौ । सिन्की, गुन्द्रुक, तोफु राम्रो राम्रो खानेकुरा होइनन् । यसले युरिक एसिड बढाउँछ, बाथ रोग लगाउँछ । नेपालीहरु यस्ता छन् जे खाएर स्वस्थ भईन्छ, त्यही खादैनन् । जे खानु हुँदैन, त्यही खान्छन् । चिनी नै चिनी भएको चियामा बिस्कुट चोपेर खान्छन् । त्यो बिस्कुट र चिया खाएर कति हड्डी खियिएको छ, उनीहरुलाई मतलब छैन । अमृत समान गेडागुडी र सागपात खान नहुने, सिन्की, गुन्द्रुक खान हुने प्रवृति हामी माझ छ । युरोप, अमेरिकामा, उत्तरअमेरिकामा घाम लाग्दैन । किनभने त्यो ईक्वेडर भन्दा धेरै माथि रहेको छ । भिटामिन डी पैदा गर्ने किरणहरु त्यहाँ पाइन्दैन, स्वच्छ बातावरण छैन, पानी छैन । हामीलाई त प्रकृतिले दिन सक्ने सबै कुरा दिएको छ तर ती जडिबुटी, स्वाच्छ हावाको हामी उपयोग गर्दैनौ । यी भनेका फ्रिमा पाईने औषधी हुन । घामले भिटामिन डी दिन्छ । यो सिधै छालामा पुग्नुपर्छ । एउटा बिदेशी घाम ताप्नको लागि लाखौं खर्च गरेर क्यारिबियन कन्ट्री जान्छ, क्युबा जान्छ तर हामीलाई त्योसँग मतलब छैन । नेपालमा जताततै घाम लाग्छ । हामीलाई त सन स्क्रिन लोसन लाउनु छ, छाता ओढ्नु छ । मसँग यस्ता बिरामी छन जसको ५०/६० बर्षको उमेरमा ढाँडका ६/७ वटा हड्डी भाचिएको छ । हामीहरुले हरेक तरिकाले मेरुदण्डलाई यातना दिईरहेका छौ । थोरै समय मेरुदण्डले आरम पाउनुपर्ने त्यो पनि पाउदैनन् । रोकथाम उपयुक्त जीवन शैली र खानपान रोकथामको पहिलो विधि हो । मेरुदण्ड दुख्न थालेपछि लगत्तै जाँच गराउँनुपर्छ । रोग लागे लगत्तै जचाँउदा उपचार सरल हुन्छ । जतिपछि भयो उपचार त्यति नै बढी जटिल बन्छ । १० वर्ष लामो मेरुदण्डको रोग पनि निको हुन्छ । फरक यति हो कि समय अवधि जति बढ्छ त्यति नै रोग निको हुने सम्भावना कम हुँदै जान्छ । वास्तवमा अमेरिका, बेलायतको डाटा हेर्न हो भने सामाजिक सुरक्षा कोषको रकम ब्याक पेन, स्पाइनल पेन उपचारमा खर्च भएको छ । त्यसैले त्यहाँ सरकारले आँफै बच्चादेखि नै प्रशिक्षण दिने गर्दछ । हरेक ब्यक्ति स्पेसल हुन्छ । हरेक व्यक्तिलाई छुट्टै खानाको जरुरत पर्दछ । उसको सबै इतिहास बुझेर मात्रा उसले के खाने के नखाने भन्ने निर्णय गर्नुपर्छ । एउटा डाक्टरले यस्तो सबै चिज हेर्दैन । एउटा दबाई लेखिदिन्छ । नामै त दबाई, यसले दबाईराख्छ । यसलाई औषधी नै बनेको छैन जसले पूर्णरुपमा ठीक पार्छ । जबकी कारण आँफै भित्र छ भने कसरी अर्कोले ठीक गराउन सक्छ ? त्यसैले यसको सबैभन्दा मुख्य उपचार भनेको बिरामीलाई शिक्षित गराउने हो । तर जब बिरामी यो रोगको बारेमा अनविज्ञ हुन्छन, उनीहरु उपचार गराईरहन्छन् । तर जीवनशैली परिवर्तन नगरेसम्म केही हुने वाला छैन । त्यही भएर बच्चा बेलादेखि नै यस विषयमा ज्ञान दिन जरुरी छ । विद्यालयको पाठ्यक्रममा यस बिषयलाई राख्न एकदमै जरुरी छ । बस्ने डेस्क, बेन्च कस्तो राख्ने, कतिसम्मको भारी ब्याग बोक्ने किनभने यसले पनि ब्याक पेन गराईरहेको छ । हामीले यस विषयमा निःशुल्क स्वास्थ्य क्याम्प गर्दै आएका छौं । हामीकोमा उपचार गर्न आउने सबैलाई सबै कुरा सिकाएर मात्र पठाउँछौ । ब्याक पेन लिएर आएपछि हाम्रो अस्पतालमा एउटा किताब किन्नै पर्छ जसमा हामीले मेरुदण्ड सम्बन्धी सबै कुरा राखेका छौ । त्यसले पनि नभएर अहिले हामी आउनुहुने सबैलाई हाम्रो यूटुबको भिडियो जसमा सबै कुरा सिकाईएको छ त्यो हेर्न आग्रह गर्छौ । नेपालमा स्वास्थ्य मन्त्रालय भन्ने ठाउँ नै छैन यहाँ त केवल रोग मन्त्रालय मात्रै छ । किनभने स्वास्थ्य दिनलाई प्रयास नै गरेको छैन । आजसम्म ९९ प्रतिशत बजेट सबै रोग नियन्त्रणमा जान्छ । त्यसैले त्यसलाई रोग नियन्त्रण विभाग भन्दा केही फरक पर्दैन । स्वास्थ्य मन्त्रालय छुट्टै बनाउन पर्छ जसले स्वास्थ्य दिनलाई मेहेनत गरोस । स्वास्थ्य कसरी दिने । रोग लागेपछि कताबाट स्वास्थ्य आउँछ त्यसपछी त केवल व्यवस्थापन आउँछ । त्यहीभएर स्वास्थ्य मन्त्रालय नेपालमा छैन र यो नयाँ बनाउन जरुरी छ । (स्पार्क हेल्थ होम हस्पिटलका संस्थापक निर्देशक तथा व्याकपेन एक्पर्ट पौडेलसँग गरिएको कुराकानीमा आधारित)
विद्युत प्राधिकरण डुवाउने हिमाल पावरको ७ रुपैयाँमा बिजुली बेच्ने प्रस्ताव, नयाँ पीपीए हुदै
काठमाडौ । ६० मेगावाटको खिम्ती जलविद्युत आयोजनाको प्रवद्र्धक हिमाल पावर लिमिटेडले नेपाली रुपैयाँमा बिजुली बेच्ने प्रस्ताव गरेको छ । आगामी २ वर्षपछि अमेरिकी डलरमा भएको खरिदबिक्री (पीपीए ) सकिने भएपछि हिमाल पावरले नेपाल विद्युत प्राधिकरणसंग नयाँ दर प्रस्ताव गरेको हो । हिमालले नेपाली रुपैयाँमा पीपीए गर्न निवेदन दिएको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । पीपीएपछि आधि स्वामित्व प्राधिकरणको हुने भएकाले संयुक्त कम्पनी गठन हुने उनले जानकारी दिए । पीपीएका लागि छलफल थालिने अधिकारीले बताए । उनले हिमालसंग सस्तोमा पीपीए हुने जानकारी दिए । हिमाल पावरले हाल चलनमा रहेको दर वर्षादमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसा प्रस्ताव गरेको हो । औसत प्रतियुनिट ७ रुपैयाँ ३० पैसा हुने छ ।पीपीए अनुसार सन् २०२० को जुलाईको मध्यदेखि खिम्ती आयोजनाको आधा स्वामित्व विद्युत प्राधिकरणमा आउने छ । सन् २००० जुनलाईदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता भएको थियो । आधा स्वामित्व हस्तान्तरणका अतिरित्त अमेरिक डलरमा भएको पीपीए पनि सोही मितिदेखि सकिने छ । खिम्तीको डलर पीपीए महंगो छ । डलर मजवुत भएका कारण विद्युत प्राधिकरणले खिम्तीको बिजुली अहिले प्रतियुनिट ११ रुपैयाँ ७८ पैसामा खरिद गर्दै आएको छ । विद्युत प्राधिकरणले बिजुली बिक्रीबाट औसत ९ रुपैयाँ पाउदै आएकोमा खिम्तीको बिजुली खरिदमा झण्डै प्रतियुनिट ३ रुपैयाँ नोक्सान व्योर्दै आएको छ । रोयल्टीको रकम भुक्तानी जोड्दा प्रतियुनिट झण्डै ५ रुपैयाँ महंगो छ । प्राधिकरणले खिम्तीको बिजुली खरिद गरेवापत हिमाल पावरलाई डलरमा भुक्तानी गर्दे आएको छ । विदेशी मुद्रा विनियमय जोखिम पनि विद्युत प्राधिकरणले वहन गर्नुपर्ने छ । विद्युत प्राधिकरणले खिम्ती आयोजनाको रोयल्टी मात्रै वार्षिक ४८ करोड रुपैयाँ बराबरको बुझाउदै आएको छ । रोयल्टी समेत जोड्दा खिम्तीको बिजुलीको मूल्य प्रतियुनिट १३ रुपैयाँ २८ पैसा पर्छ । प्राधिकरणले हिमाल पावरलाई वार्षिक ३ करोड २४ लाख ४ हजार ९५६ डलर अर्थात साढे ३ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ । खिम्तीको डलर पीपीए सुरुदेखि नै विवादित बन्दै आएको छ । खिम्तीबाट प्राप्त हुने आम्दानी विद्युत प्राधिकरण र हिमाल पावरबीच आधारआधा बाँडिने छ । खिम्ती बुट नीतिअन्र्तगत निजी तथा विदेशी लगानीबाट निर्माण भएको पहिलो आयोजना हो । आयोजनाले सन् २००० को जुलाइ ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ । हिमाल पावरमा नेपालको बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी), नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ । त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो । बीपीसीले हिमालबाट ५० करोड रुपैयाँ लाभांश पाउदै आएको छ । विद्युत प्राधिकरणसंग डलरमा पीपीए गदा १ डलर बराबर ५२ नेपाली रुपैयाँ थियो । २ दशकको अन्तरालमा डलर मजवत भएर ११० रुपैयाँ पुगेको छ । आयोजनाबाट वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ ।