नेपाल लाइफ इन्स्योरेन्सले दियो ५०० बढी अभिकर्तालाई तालिम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इटहरीमा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो । प्रशिक्षणले अभिकर्तार एजेन्सी म्यानेजरहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले बताएका थिए । कार्यक्रमका सहभागीहरुलाई भारतको जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झाले तालिम दिएका थिए ।   

सेवा सुविधा सुनिश्चित गरेर मात्रै मर्जर गर्न दुई बीमा कम्पनीका कर्मचारी संघको माग

काठमाडौं । प्राइम, गराँस र युनियन लाइफ इन्स्योरेन्सले सबै कर्मचारीको रोजगार सुनिश्चि गरेर मात्र मर्ज हुन पाउने कर्मचारीहरुले माग राखेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघ र गुराँस लाइफ इन्स्योरेन्स कर्मचारी संघले संयुक्त मर्जर समितिलाई चिठी लेख्दै यस्तो माग राखेका हुन् । कर्मचारीहरुको सम्मानजनक रुपमा समायोजन गरिनुपर्ने, कर्मचारीहरुले खाई(पाई आएको तलव भत्ता सुविधा एवं कर्मचारी विनियमावली एवं सामुहिक सौदावाजीको माध्यमबाट प्राप्त हुदै आएका सेवा सुविधा कटौती गर्न नहुने, मर्जर पश्चात कर्मचारीहरुले पाउने तलव भत्ता सुविधा र अन्य सेवा शर्तमा विभेद गर्न नहुने उनीहरुको माग छ । यस्तै, उनीहरुले कर्मचारीहरुका लागि सम्मानजनक र न्यायोचित स्वेच्छिक अवकास ९ भिआरएस० को योजना ल्याउनुपर्ने र मर्जर पश्चात कम्पनीको नयाँ बन्ने कर्मचारी विनियमावली बनाउंदा कर्मचारी संघको छलफल र सहमतिमा निर्माण गरिनुपर्ने माग राखेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स बीच एक आपसमा गाभिने अन्तिम सहमति भइसकेको छ । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स १:१:१ सेयर अनुपातमा गाभिने भएका हुन् । तसर्थ, यी तीन वटै कम्पनीमा १०० कित्ता सेयर हुने सेयरधनीहरूले मर्जर पछि बन्ने कम्पनीको पनि १०० कित्ताकै दरमा सेयर पाउनेछन् । मर्जरपछि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ ।

मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न संघस‌स्थालाइ सहयाेग गरेकाे छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रमहरु सम्पन्न गरेको हाे । बैंकले पोखरा महानगरपालिका–२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समुहलाई व्यवस्थापनका लागि डस्टविन ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम सम्बन्धी  सन्देशमुलक बोर्डहरु हस्तान्तरण गरेको छ । साथै, बैंकले घोराही उप– महानगरपालिका–१६, तेरोटे, दाङ स्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई क्यामेरा जडानको लागि र विदुर नगरपालिका वडा नं ०९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले श्री पिपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको छ ।