गुराँस लाइफले घोषणा गर्याे हालसम्मकै उच्च लाभांश

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीकोले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले १३.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको लाभांश वितरण गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको लाभांश हालसम्मकै उच्च हो । इन्स्योरेन्स कम्पनीले यसअघि आर्थिक वर्ष २०७१/७२ मा १०.५२ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

नेष्डो समृद्ध लघुवित्तको ७३.६८ प्रतिशत लाभांश, बोनस र नगद कति ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद र ३.६८ प्रतिशत कर प्रयोजनका लागि गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पूँजी २५ करोड २५ लाख रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर बिक्रीमा, प्रतिकित्ता १ हजार ११५ रुपैयाँ

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ हजार २५५ कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले संस्थापक सेयरधनी नरेश नेपालको नाममा रहेको १३ हजार ४२० कित्ता, शंकर गिरीको ६ हजार ३३५ कित्ता र गंगा लक्ष्मि अवालको १ हजार ५ सय कित्ता गरी कूल २१ हजार २५५ कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तले बिक्री गर्न लागेको सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १ हजार ११५ रुपैयाँ तोकिएको छ । लघुवित्तले यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिनभित्र खरिद गर्न आह्वान गरेको थियो । संस्थापक सेयरधनीहरुले आवेदन नदिएको हुँदा खरिद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताहरुलाइ १५ दिन भित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको छ ।