नबिल बैंकले काठमाडौं उपत्यकासहित २७ ठाउँको जग्गा बेच्दै

काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले साविक नेपाल बङ्गलादेश बैंकको स्वामित्वमा विभिन्न शाखा स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोल मार्फत बिक्री गर्ने भएको हो । बैंकले काठमाडौं, ललितपुर, बारा, कैलाली, मोरङ्ग, झापा, सुनसरी, भोजपुर, पर्सा, दार्चुला र बाँकेका विभिन्न २७ स्थानमा रहेको जग्गा बिक्री गर्ने भएको हो बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिन अर्थात् जेठ १० गते भित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

लाभांश प्रस्ताव पारित गर्न नेशनल लाईफले बोलायो साधारण सभा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रताव पारित गर्न ३५ औँ वार्षिक साधारण सभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा जेठ २२ गते केन्द्रिय कार्यालय लाजिम्पाटमा बिहान साढे १० बजे बस्नेछ । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारणसभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

एशियन लाइफको नाफा बढ्यो, साढे ३६ अर्ब पुग्यो जीवन बीमा कोष

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५.८१ प्रतिशत बढेर १९ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ०.६५ प्रतिशत घटेर ५ अर्ब ८ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ११ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क ार्जन गरेको थियो । चालू आवको ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३३ प्रतिशत बढेर १ अर्ब ५४ करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १६ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १४ प्रतिशत बढेर २ अर्ब ९० करोड रुपैयाँ, जगेडा कोष १६ प्रतिशत बढेर ४९ करोड ७७ लाख रुपैयाँ, जीवन बीमा कोष २० प्रतिशत बढेर ३६ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ र महाविपत्ती कोष ४९ प्रतिशत बढेर १७ करोड १८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९३ पैसा, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ०३ पैसा र मूल्य आम्दानी अुपात ६८१० गुणा रहेको छ ।