गुराँस, प्राइम र यूनियन मर्जपछि हिमालयन लाइफ सञ्चालनमा, यस्तो बन्यो नयाँ नेतृत्व
काठमाडौं । आजदेखि गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्दैछन् । आजदेखि यी तीन कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने हिमालयन लाइफको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ हुनेछ । गुराँस लाइफको हाल चुक्ता पूँजी दुई अर्ब ५३ करोड ६५ लाख ६३ हजार रुपैयाँ, यूनियन लाइफको दुई अर्ब ३४ करोड २८ लाख र प्राइम लाइफको ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अध्यक्ष सुलभ अग्रवाल चयन भएका छन् । उनी यूनियन लाइफका अध्यक्ष थिए । संयुक्त मर्जर कमिटीले तीन वटै कम्पनीबाट दुई दुई जना सञ्चालकमा प्रतिनिधित्व हुने गरी सञ्चालक समिति गठन भएको हो । युनियन लाइफको तर्फबाट अध्यक्ष सुलभसहित जीवन कुमार अग्रवाल नियुक्त भएका छन् । त्यस्तै प्राइम लाइफको तर्फबाट राजिव प्रसाद प्याकुरेल र प्रमिल केसी थापा नियुक्त भएका छन् । गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर नियुक्त भएका छन् । स्वतन्त्र सञ्चालक भने नियुक्त गर्न बाँकी छ । हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कणर्ले निरन्तरता पाएका छन् । उनी यूनियनमा प्रमुख कार्यकारी अधिकृत थिए । नायव प्रमुख कार्यकारी अधिकृत भने दुई जना रहने भएका छन् । गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल कणर् र युनियन लाइफका कपिल कुमार दाहालले हिमालयनमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार दाहालले भने राजीनामा दिएको स्रोतले बतायो । बैशाख १३ गते बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका यी तीन कम्पनी बराबरी हैसियतमा गाभिन लागेका हुन् । एकिकृत कारोबार सुरु गर्नको वैशाख २३, २४ र २५ गतेसम्म ३ वटै कम्पनीको सेयर कारोबार र बीमा सेवाहरु बन्द रहेको थियो ।
सिटिजन्स बैंकका ग्राहकलाई होटल इच्छामा छुट
काठमाडौं । सिटिजन्स बैंक र बारा सिमरा स्थित होटल इच्छाबीच समझदारी भएको छ । बैंक र बारा होटल इच्छाबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पश्चात् बैंकका कार्डबाहकले होटल इच्छामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछ । यस बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजारभन्दा बढि ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
हिमालयन बैंकले दियो न्यूरोडको संकटा क्लबलाई १० लाख रुपैयाँ
काठमाडौं । हिमालयन बैंकले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी प्रायोजन गरेको छ । बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो । बैंकले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको छ । बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेका छन् । उक्त समारोहमा नायब प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी लगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित वडा नं २२ का वडा अध्यक्ष चिनीकाजी मर्हजन लगायत क्लबका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेका थियो ।