नेप्सेमा एक लघुवित्तको १५ प्रतिशत बोनस सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तका बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तको १५ प्रतिशत बोनस बापत २ लाख ५५ हजार ६५५.७७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सनराइज बैंकले वीरेन्द्रनगरमा दियो दुग्ध उत्पादन बारे सिपमुलक तालिम 

काठमाडौं । सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो । स्थानीय तहमा सुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने कार्यक्रमा गरेको बैंकले जनाएको छ । जेठ ८ गतेदेखि वीरेन्द्रनगरमा संचालन गरिएको कार्यक्रममा ३५ जना महिलाहरु सहभागी थिए ५ दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले दिएका थिए ।

सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगंजको ले रायरा रेष्टुरेन्टमा १० प्रतिशत सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकले नेपालगंज स्थित ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नेपालगंज शाखा प्रमुख किरण राणामगर तथा ले राएरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कका तर्फबाट प्रबन्ध निर्देशक सिभान्शु यादवले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले ले रायरा रेष्टुरेन्टमा खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कमा पार्क टिकट खरीदमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यम तर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।