आइसिएफसि फाइनान्सको ब्याज आम्दानी ५५ करोड रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । आइसिएफसि फाइनान्सले गत वर्ष झण्डै ५५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत असारसम्म फाइनान्सको खुद ब्याज आम्दानी ५४ करोड ९३ लाख ९३ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ४७ करोड ६ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको असारसम्म १६ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले २० करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । फाइनान्ससँग वितरणयोग्य नाफा ९ करोड २४ लाख ७७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ र जगेडा कोष ५७ करोड ३३ लाख ३६ हजार रुपैयाँ रहेको छ । गत वर्ष फाइनान्सले १५ अर्ब ९८ करोड ६८ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ७६ करोड ८१ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको खराब कर्जा ०.५४ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेको छ । यस्तै, फाइनान्सको आधार दर १३.०५ प्रतिशत, स्प्रेड दर ४.५९ प्रतिशत, कस्ट अफ फण्ड १०.६९ प्रतिशत र सीडी रेसियो ७३.७२ प्रतिशत रहेको छ ।
गोर्खाज फाइनान्सको नाफा साढे १५ करोड रुपैयाँ, जगेडा कोषमा १ अर्ब
काठमाडौं । गोर्खाज फाइनान्सले गत वर्ष १५ करोड ६७ लाख ६१ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ३५ करोड १२ हजार रुपैयाँ ऋणात्मक थियो । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी बढेर ३६ करोड ६१ लाख ३९ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १८ करोड ३३ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ र जगेडा कोष ९९ करोड ८३ लाख ५९ हजार रुपैयाँ सञ्चिती छ । गत वर्ष फाइनान्सले ७ अर्ब ७२ करोड ८४ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४९ करोड ४० लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष फाइनान्सले खराब कर्जा घटाएको छ । १३.९१ प्रतिशत रहेको खराब कर्जा घटाएर १०.४७ प्रतिशतमा झारेको हो । यस्तै, फाइनान्सको कस्ट अफ फण्ड ८.८४ प्रतिशत, आधार दर १२.१३ प्रतिशत, स्प्रेड दर ४.५७ प्रतिशत र सीडी रेसियो ८०.२५ प्रतिशत रहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३४.३७ करोड रुपैयाँ, अन्य सूचक कस्ता छन् ?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले आघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१ लख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८० करोड ४१ लाख ६० हजार रुपैयाँ गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६९ करोड १२ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकका अनुसार गत असारसम्म वितरणयोग्य नाफा २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ छ । सो आधारमा बैंकको लाभाश क्षमता ७.६२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब २६ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ३ करोड ९१ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकले ५० अर्ब ५६ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब १० करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकका अनुसार खराब कर्जा १.३९ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.५२ रुपैयाँ रहेको छ ।