एनएमबि बैंकको नाफा साढे ३ अर्ब, ईपीएस १८.५७ रुपैयाँ

काठमाडौं । एनएमबि बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३.६३ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेर ८ अर्ब ३४ करोड २४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ५.०४ प्रतिशत बढेर १ अर्ब ५४ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी २१ प्रतिशत बढेर १० अर्ब ३३ करोड रुपैयाँ र सञ्चालन मुनाफा ६.११ प्रतिशत बढेर ४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ६५ पैसा बढेर १८.५७ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.७९ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ, जगेडा कोष २०.५० प्रतिशत बढेर १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ, निक्षेप १३.७९ प्रतिशत बढेर २ खर्ब १० अर्ब ३० करोड रुपैयाँ र कर्जा लगानी ८.२२ प्रतिशत बढेर १ खर्ब ८९ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा १.४५ प्रतिशतबाट बढेर २.७२ प्रतिशत पुगेको छ । यस्तै बैंकको कस्ट अफ फण्ड ७.३४ प्रतिशत, आधार दर १०.३७ प्रतिशत र सीडी रेसियो ८३.४६ प्रतिशत रहेको छ ।

लक्ष्मी सनराइज बैंकले मार्याे अधिकांश सूचकमा छलाङ, वितरणयोग्य नाफा २ अर्ब

काठमाडौं । लक्ष्मी सनराइज बैंकको गत आर्थिक वर्षको असारसम्म खुद नाफा ४९.४५ प्रतिशत बढेर २ अर्ब २६ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा झण्डै २ अर्ब रहेको छ । बैंकका अनुसार वितरणयोग्य नाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशत बढेर ५ अर्ब ५० करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७६ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ३.५० प्रतिशत बढेर ९९ करोड ६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३५.६५ प्रतिशत बढेर ७ अर्ब २२ करोड ५४ लाख रुपैयाँ र सञ्चालन नाफा ५८.८९ प्रतिशत बढेर ३ अर्ब ४२ करोड २७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८७.६० प्रतिशत बढेर २१ अर्ब ६७ करोड २ लाख रुपैयाँ, जगेडा कोष १९५.७१ प्रतिशत बढेर १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ, निक्षेप ११२.३० प्रतिशत बढेर २ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ र कर्जा लगानी १००.१३ प्रतिशत बढेर २ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ घटेर १०.४४ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १६.५७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३.५५ रुपैयाँ रहेको छ । यस्तै, बैंकको खराब कर्जा ०.८९ प्रतिशतबाट बढेर २.८१ प्रतिशत पुगेको छ । साविक लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भई गत असार २९ गतेदेखि एकीकृत कारोबार गरेका हुन् ।

नबिल बन्यो सबैभन्दा धेरै नाफा गर्ने बैंक, वितरणयोग्य नाफा मात्रै ४ अर्ब रुपैयाँ

काठमाडौं । नबिल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ७६.८६ प्रतिशत बढेर ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल नै रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता १४.६४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशत बढेर १७ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८ अर्र्ब ९१ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ८३.६२ प्रतिशत बढेर २ अर्ब ८९ करोड ९१ लख रुपैयाँ, कुल सञ्चालन आम्दानी ८८.९६ प्रतिशत बढेर २१ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ र सञ्चालन नाफा ७५.३७ प्रतिशत बढेर ११ अर्ब १ करोड ६० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १८.५० प्रतिशत बढेर २७ अर्ब ५ कराड करोड ६९ लाख रुपैयाँ, जगेडा कोष २.९३ प्रतिशत बढेर ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ, निक्षेप २१.६५ प्रतिशत बढेर ३ खर्ब ९६ अर्ब ८४ करोड रुपैयाँ र कर्जा लगानी १०.८२ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ९.१८ रुपैयाँ बढेर २७.८२ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २१.५४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१४.६९ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.६२ प्रतिशतबाट बढेर ३.२ प्रतिशत पुगेको छ । यस्तै, बैंकको कस्ट अफ फण्ड ७.८१ प््रतिशत, आधार दर ९.५२ प्रतिशत, स्प्रेड दर ४.९९ प्रतिशत र सीडी रेसियो ८७.६८ प्रतिशत रहेको छ ।